Monday, 30 January 2017

धमलाका अनेक धन्दा, जिल्ला प्रशासनमा उजुरी

काठमाडौं, ८ माघ । पर्यटन व्यवसायी रमेश धमला विभिन्न विवादमा फसिरहने व्यक्ति हुन् । नेपाल ट्रेकिङ एजेन्ट एशोसिएसन अफ नेपाल (टान)का पूर्वअध्यक्षसमेत रहेका उनी टानको कोष हिनामिना प्रकरणमा तानिएका छन् ।

तर, उनले कांग्रेस नेताहरूमार्फत उक्त भ्रष्टाचार मिलाएको चर्चा टानमा चलेको छ । दृष्टि साप्ताहिकले समाचार छापेको छ ।

अहिले उनीविरुद्ध बालबालिकाका नाममा बिदेशबाट पैसा ल्याएर हिनामिना गरेको आरोप लगागिरहेको छ । उनी अध्यक्ष रहेको बाल भविष्य संगठन नेपाल (सिएफओ) नामक संस्थाविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले धमलामाथि छानविन अघि बढाएको छ ।

उनीविरुद्ध ५० लाखको जग्गालाई १ करोड १० लाखमा खरिद गरेको भनेर भ्रष्टाचार गरेको भन्दै संस्थाकै कर्मचारीले सीडीओ कार्यालयमा उजरी दिएका हुन् ।

संस्थाले धादिङकै ग्रामीण क्षेत्रमा खरिद गरेको जग्गामा भ्रष्टाचार भएको हो । संस्थाले धादिङको पोखरीटारमा बालबालिकाहरूलाई राखेर पढाउँदै आएको थियो ।

त्यही नाममा एक वर्षमा पाँच करोड भन्दा धेरै रकम उनले भित्र्याउने गरेको खुलेको छ

No comments:

Post a Comment