Tuesday, 31 January 2017

चीनलाई टक्कर दिन नेपालमा यिनलाई पठाउँदैछ भारतले ?


काठमाडौं, १८ माघ । एक महिना अघि मात्रै चीनले नेपालका लागि चिनियाँ राजदूतमा महिला पठायो । दक्षिण एसियाबारे जानकार ५१ वर्षीय वरिष्ठ कुटनीतिज्ञ यो होङ चीनबाट नेपालका लागि पहिलो महिला राजदूत बनिन् ।

चीनले महिला राजदूत पठाउनुको कारणमध्ये एउटा थियो अमेरिका । दक्षिण एसियामा नेपालबाटै प्रभाव राख्ने अमेरिकाले नेपालका लागि महिला राजदूत अनाइना बी टेप्लिजलाई पठायो । अमेरिकाबाट महिला राजदूत नेपालमा आएपछि चीनले पनि ‘सन्तुलन’ मिलाउन महिला राजदूत पठाएको जानकारहरु बताउँछन् ।

अब कुरा गरौं भारतको । चीन र अमेरिकापछि सम्भवतः भारतले पनि महिला राजदूत नेपाल पठाउन लागेको छ । भारतले महिला राजदूत पठाउने कारण भनेको चीनलाई ‘सन्तुलन’मा ल्याउन हो भन्छन् परराष्ट्रविद्हरु । ‘उसै त भारत पछिल्लो समय नेपालमा बढ्दो चिनियाँ प्रभावले चिन्तित छ’, एक कुटनीतिज्ञले भने- ‘चिनियाँ प्रभाव रोक्न र नेपालसँग सम्बन्ध सुधार्न भारतले राजदूतमा महिला रोज्नसक्छ ।’

अबको एक महिनापछि नेपालका लागि भारतीय राजदूत रञ्जीत रेको कार्यकाल सकिँदैछ । उनको ठाउँमा को आउने भन्ने चर्चा भइरहेका बेला महिला राजदूत पठाउने तयारी भारतबाट भएको बताइन्छ ।

उसो त राजदूतमा टीएस तिरूमूर्ति र पूर्वजनरल दलवीर सिंहको नाम चर्चामा छ । तर, भारतीय विदेश मन्त्रालयका अधिकारीहरु भने अब चीन र अमेरिकाले जस्तै भारतले पनि नेपालमा महिला राजदूतलाई पठाउने सम्भावना देख्छन् ।

नेपालको राजदूत बन्ने प्रबल सम्भावना बोकेकी कुटनीतिज्ञ हुन् प्रिति सिंह । सुत्रहरुका अनुसार डिप्लोम्याटिक करिअरका कारण उनले नेपालको जिम्मेवारी सम्हाल्ने सम्भावना बढी देखिन्छ ।

अंग्रेजीमा स्नातकोत्तर गरेकी प्रिति शरण हाल भारतीय विदेश मन्त्रालयमा इस्ट डेस्क हेर्ने सचिव हुन् । उनी भियतनामकी पूर्वराजदूत हुन् । वर्तमान राजदूत रञ्जीत रे पनि भियतनाममा पूर्वराजदूत थिए ।

प्रिति शरणको सिंगै परिवार कूटनीतिक क्षेत्रमा कार्यरत छ । उनका पति पंकज शरण हाल रुसका लागि भारतीय राजदूत छन् । उनीहरुका दुई छोरा छन् । प्रितिले सन् १९८२ देखि भारतको परराष्ट्र सेवामा काम गर्न थालेकी हुन् यसवीचमा उनले सन् २००५ देखि २००८ सम्म सार्क एवं नर्थ डेस्क हेरेको अनुभव छ र यही कारणले उनी नेपालको राजदूतमा छानिन सक्ने प्रवल सम्भावना रहेको स्रोत बताउँछ ।

भारतीय विदेश मन्त्रालयको करिअरमा राम्रो प्रभाव भएकाले प्रिति शरण पूर्वराजदूत जयन्तप्रसाद, श्याम शरण आदिको रोजाइमा परेको बताइन्छ । विदेश सचिव जयशंकरले पनि उनैलाई समर्थन गर्ने धेरैको अनुमान छ ।

No comments:

Post a Comment