‘यो कार छक्का पञ्जाको टिमको उपहार हो ?’ भन्ने हाम्रो प्रश्नमा दीपाले भनिन्, ‘सबैले माया गरेर यो कार किनिदिनु भएको हो । मलाई यो रंगको कार फाप्छ भनेर नि भन्नु भएको छ ।’ दीपाले किनेको यो कारको मूल्य झण्डै ४० लाख पर्छ ।
मैलै गाडी र घर किन्छु भन्ने सोचेकै थिइन
दीपाले यो गाडीसम्म आइपुग्दा धेरै संघर्ष गरेकी छन् । दुई दशकभन्दा बढी कलाकारिता क्षेत्रमा बिताएपछि नै दीपाले यो ४० लाखको कार चढ्ने सौभाग्य पाएकी हुन् । ‘यो गाडीसम्म आइपुग्दा कति जोर जुत्ता फाटाउनु भयो दिदी ?’ भनेर हामीले सोध्दा उनले हाँस्दै भनिन्, ‘जुत्ता त कति फाट्यो कति । यो गाडीमा पनि अट्दैन ।
संघर्ष गरेपछि नै मीठो फल पाएको हो । संघर्ष नगरेर पाएको फल पनि मीठो हुँदैन फेरि । संघर्ष भएर पाएको कुराको कुनै पनि मुल्य हुँदैन । निकै अमूल्य हुन्छ ।’ दीपाले आफ्नै कमाईले मध्यबानेश्वरमा एउटा घर पनि किनिसकेकी छन् ।
Ujyaalo Online
No comments:
Post a Comment