थुप्रै कुराले हाम्रो जीवनशैली मात्र परिवर्तन नगरी हाम्रो लागि आवश्यकको वस्तु बनिसकेको छ । तर यीमध्ये केही कुराहरु धोकाका कारण बनेका थिए । यसबारे कसैले अनुसन्धान नै नगरी अचानक यी कुरा सार्वजनिक भए र आज हाम्रो जीवनको अंग बनेको छ । आज हामी तपाईंलाई यस्तै ‘आकस्मिक आविष्कार’ बारे जानकारी दिँदै छौं ।
हृदयघातको औषधीले बन्यो भियाग्रा:
फाइजर कम्पनीले हृदयघातको पीडा हटाउनका लागि ‘एजिना पिक्टोरिस’ नामको औषधी बनाइरहेको थियो । प्रयोगको क्रममा यसले हृदयघातको दुखाई कम गर्न असफल रह्यो तर साइड इफेक्टको रुपमा यसले लिङ्ग उत्तेजित गरायो । यसै लाइनमा यसलाई अझै रिफाइन गरियो र अन्तिमा भियाग्राको नामले यो बजारमा चर्चित भयो ।
गुलियो सोडामा खस्यो पात र बन्यो कोका कोलाः
कोका कोला कम्पनीका मालिक जोन पेम्बरटन सुरुमा मिठाई बेच्दथे । उनी पेय पदार्थको दुनियाँमा आउन कोसिस गरिरहेका थिए । एक दिन जब उनी आफ्नो ल्याबमा काम गरिरहेका थिए उनका सहयोगीले गल्तीपूर्वक कार्बोनेटेड गुलियो पानीमा कोलाको पात र बिउ खसाए । उनले पछि यसको स्वाद चाख्दा निकै मिठो पाए । यस्तो प्रकारले यो संसारको पहिलो कोकाकोला बन्यो ।
रबर स्टोभमा खस्यो र बन्यो आधुनिक टायरः
सन् १८३० मा रबरको टायर बन्यो तर यो चाँडै नै बिग्रन्थ्यो । यो समस्याबाट पार पाउनका लागि गुडइयर टायर कम्पनीका मालिक चार्ल्स गुडइयरले थुप्रै अनुसन्धान गरिरहेका थिए । यसै क्रममा उनको हातबाट रबरको एउटा टुक्रा खस्यो । अत्यधिक तापक्रममा खसेपछि रबर लचिलो भयो । जब यो पत्रलाई उनले आफ्नो टायरमा राखे तर यसमा चाँडै घस्रिने समस्या हट्यो । यस्तो प्रकारकोल कम घस्रिने टायरको खोजी भयो ।
भ्याकुम चेम्बरको प्राक्टिकलमा बन्यो माइक्रोवेभ ओभनः
सन् १९४५ मा अमेरिकी इन्जिनियर पर्सी स्पेन्सर गर्मी पैदा गर्ने भ्याक्युम चेम्बरमा काम गरिरहेका थिए । भोक लाग्दा उनले एउटा चक्लेट खरिद गरे । चक्लेट खाँदै गर्दा जतिबेला उनी यो चेम्बरमा पुगे उनको हात मा भएको चक्लेट तातो भएर पग्लियो । उनले यो कन्सेप्टमा काम गरे र माइक्रोवेभ ओभनको खोजी गरे ।
ब्याक्टेरियाको प्लेट खुल्लै छुट्यो र बन्यो पेनिसिलिनः
सन् १९८२ मा बायोलोजिस्ट फलेमिंगले ब्याक्टेरियालाई मार्ने खोजमा लगातारको असफलतापछि दुखी भएर छुट्टी लिए । गल्तीपूर्वक एक प्लेटमा केही ब्याक्टेरिया लागिरहेको थियो र त्यसमा केही एन्टिबायोटिक्स खसेको थियो । जब उनी सन् १९८२ को सेप्टेम्बर ३ तारिखमा ल्याबमा फिर्ता भए तब यो एन्टिबायोटिकका कारण सबै ब्याक्टेरिया मरेका थिए । यो सम्मिश्रणलाई पछि उनले पेनिसिलिनको नाम दिए ।
No comments:
Post a Comment