Monday, 30 January 2017
घर फर्किनु एक दिनअघि जापानमा गरे एक नेपालीले आत्महत्या, परिवारमा रुवाबासी
टोकियो, १६ माघ – वैदेशिक रोजगारीका सिलसिलामा जापानमा रहेका एक नेपालीले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेका छन्।
कुक भिसामा जापान आएका नवलपरासीस्थित अमरपुरी ८ का ३३ वर्षीय सञ्जय खत्री आइतबार योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकै आफ्नै कोठामा मृत अवस्थामा फेला परेका हुन्।
पारिवारिक स्रोतका अनुसार खत्रीले सोमबार नेपाल फर्किने टिकट काटेका थिए । तर, घर फर्किने तयारी भइरहँदा अघिल्लो दिन नै अचानक आत्महत्या गरेपछि परिवारमा रुवाबासी मच्चिएको छ। उनको आत्महत्याको कारण खुल्न सकेको छैन । पारिवारिक स्रोतका खत्री केही समयदेखि मानसिक तनावमा रहेका थिए । उनका श्रीमती र ३ वर्षीय छोरा छन्।
Labels:
Prabash
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment