काठमाण्डौ, ०१ कार्तिक । भनिन्छ, दुःखले बाँच्न सिकाउछ । अभावले हाँस्न सिकाउँछ । सत्रुले जित्न सिकाउँछ । विष बिनाको सर्प र ईख बिनाको मानिस हुनुको अर्थ त्यति सार्थक हुँदैन । जीवनको सबै भन्दा नजिकको मित्र दुःख हो भने सुत्र चाँहि घमण्ड । दुःखलाई मित्र र घमण्डलाई सत्रुको हिसावमा जस्ले राख्न सक्छ त्यो व्यक्तिले प्रगतिको हिलचुलि उक्लिन सक्छ ।rekha-thapa
नेपाली कला क्षेत्रको बिशाल फाँटमा चिरपरिचित , क्रान्तिकारी , परिवर्तनको सम्वाहक उदाहरणीय एउटा नाम रेखा थापा । उनको जीवनमा माथि उल्लेखित सबै कुराले आक्रमण नगरेका होईनन् । तर उनमा हिम्मत र अदम्य साहास भएकाले विगत १६ बर्षदेखि नेपाली चलचित्रको रजतपटबाट फर्किनु परेको छैन । आजको दुनियाँमा नारीलाई पुरुषले हर्ने नजर फराकिलोसँगै परिवर्तन हुनु पर्छ भनेर चलचित्रको माध्यायमबाट होस् या अभिव्यक्ति मार्फत होस् समाजको नेताका रुपमा लडिरहेकी छिन् ।
मानिसले सृष्टि बदल्न सक्दैन । दृष्टि पक्कै बदल्न सक्छ भन्ने मान्यता राख्ने रेखा थापा पछिल्लो समयमा चलचित्र निमार्णमा खुब व्यस्त छिन् । १० प्रश्नका १० उत्तरको लागि उनिसँग गरिएको कुराकानिको सम्पादित अंश :
१. दशै सकियो नि हैन ?
हो भरखरै सकियो ।
२. यो बर्षको दशै गृहजिल्लामा मनाउनु भयो नि ?
पक्कै पनि । यो सालको दशै गृह जिल्लामा मनाईयो । ६ वर्षको अन्तरालपछि गृहजिल्लामा फर्केकि हुँ ।
३. यति लामो समय अवधि पछि गृहजिल्ला पुग्नुको कारण के हो नि ?
यस्तै हो । मानिसको जीवनमा दुःख अभावका पिरामिडहरूले कतै घाम छेक्छन् कतै छायाँ पारिदिन्छन् । मेरो बुबाको निधन भएको ठिक छ बर्ष भयो । बिस्तारै अभिभावकबाट प्राप्त हुने मृदुल प्रेमको आभासमाथि पुरानोपनले छोएको छ । घाउ पुरानो भएपनि याद र सम्झना आलो बन्दो रहेछ । अरु कुनै खास कारण छैन् ।
४. पछिल्लो समयमा के गर्दै हुनुहुन्छ ?
मेरो काम भनेकै नेपाली समाजमा रहेका अन्याएका पहाडको फेद मुनि सब्बल हाल्नु हो । मेरा हरेक चलचित्रले दिन खोजेको सन्देश पनि यहि हो । अर्थ एउटा हुन्छ नजरले अथ्र्याउने प्रक्रिया पृथक हुन्छ । नजर नजर बिचको मतमतान्तरको दुरी कम गर्नुपर्छ भन्ने मरो मान्यता छ । पलास, डायरी र हिरो रिर्टनस जस्ता चलचित्रको काममा व्यस्त छु ।
५. रेखा थापाको मुख्य एजेण्डा के हो ?
म बाँच्नुको सहि अर्थ मैले समाजमा गरिरहेका क्रियाकलापले बताउछन् । बताएका होलान् र बताउँदै जानेछन् । समाजले मलाई कुनै एउटा दर्जा दिएको महसुस मैले गरेकि छु । समाजले गरेको सम्मानको कदर गर्नु नै मेरो मुख्य काम सम्झेकीछु । जस्तो लक्ष्मी पुजाको दिन जति पनि पुरुषदाजुभाईले लक्ष्मीको पुजा गर्नु हुन्छ उहाँहरूले त्यो दिन आफ्नो जीवन संगिनीको पुजा गर्दा के हुन्छ ? जहा नारीको सम्मान गरिदैन त्यहाँ कुनै कुराको कल्पना गर्न सकिदैन । त्यसैले मेरो मुख्य एजेण्डा भनेकै समाजमा रहेका अन्यायहरूलाई सहिद बनाउनु हो । मेरा चललित्रिहरूमा समाबेस कलाकारहरू समाजको नजरमा केही गर्न नसक्नेहरूको दार्जामा थिए । उहाँहरूलाई सफल कलाकार बनाउन सकेको उदाहरण हेर्दा हुन्छ । अपाङगता भएका व्यक्तिहरूको सन्दर्भ होस् या नारीको हिम्मतको बिषयमा होस् मैले अझ केही गर्नु छ । यो नै मेरो प्रमुख काम हो ।
६. तपाईले निमार्ण गरेका चलचित्रले हानि व्यहोर्नु परेको छैन् नि ?
चलचित्र बन्नु ठुलो कुरा होईन । चलचित्रले समाजलाई कति प्रतिशत सम्बोधन गर्यो भन्ने प्रमुख कुरा हो । चलचित्र कति बनाउने भन्दा पनि कस्तो बनाउने भन्ने कुरा महत्वपुर्ण कुरा हो । रेखा फिल्मस प्रा.लि.ले चलचित्र अजम्बरी देखि आजसम्म सफल्ता कमाएको छ । दर्शकको माया सञ्चारकर्मिको भूमिका अहम छ । रेखा थापाले अभिनय गरेको होस् या निमार्ण गरेको चलचित्र भन्ने वित्तिकै दर्शकको हुल उर्लेर आउछ । आगामी दिनमा पनि साथ र माया पाउने अपेक्षा त गर्न पाईयो नि हैन र ?
७. पछिल्लो समयमा नेपाली चलचित्रले लिन खोजेको व्यबसायिकताको बारेमा निर्माताको कोर्णमा बसेर के भन्नु हुन्छ ?
एकदम राम्रो प्रश्न । सुरु सुरुमा नेपाली चलचित्र हेर्ने नजरहरू एकदमै कन्जुस थिए । आज भोली ति नजरहरू नेपाली चलचित्रलाई माया गर्ने मायालु नजरको रुपमा हुर्किदै छन् । यो खुसिको कुरा हो । पछिल्लो समयमा नेपाली चलचित्र व्यवसायिकता तिर अगि बढ्दै छ ।
८. आफ्नोपनलाई समाबेस नगरिएका चलचित्र निमार्ण हुनुको दुष्परिणम आगामी दिनमा नेपाली कलाकर्मीले भोग्नु पर्दैन नि ?
होईन हामी सहकर्मी हाँै या अग्रज दाईभाई दिदीबहिनीले निमार्ण गरेका चलचित्रहरूमा नेपाली पन थिएन र छैन भन्न मिल्दैन । तथापि आफ्नो घरमा भएको सक्कली हिरा कम चम्किलो देख्ने र नक्ली हिरा बढि चम्किलो देख्नु आफ्नै भुल हो । आफ्नो पन किनाको कुनै पनि चिजको अर्थ हुँदैन । केही त्यस्ता चलत्रिचहरू पनि छन् जस्ले समाजलाई कम सम्बोधन गरेका छन् । अब नेपाली चलचित्रको गतिले विश्राम लिने छैन । म विस्वस्त छु । नेपाली समाजले आफ्नो आमालाई भुल्ने जस्तो अप्रिय काम गर्नु हुँदैन ।
९. रेखालाई माया गर्ने कोही भेटिएन है ?
हाहाहा.. माया गर्ने लाखौ छन् तर तपाई भन्ने खोजेको माया गर्नेको अभाव छ । बाहिरी मान्छेले अनुमान गरे जस्तो जीवन रेखाले मात्र होईन विश्वका कलाकार, पत्रकार कसैले पनि जिउन पाएका हुँदैनन् । कलाकार दुई थोकको भोको हुन्छ । एक खानेकुरा भएर पनि समयको अभावले भोको हुन्छ, अर्को मायाको । दर्शकको माया अथाह छ तैपनि अझैँ बढि खाँचो भएको महसुस भएको हुन्छ । अर्को माया त मृगतृष्णा बनेकै छ जीवनमा हाहाहा.. । मलाई मन पराउनेहरू तमाम होलान भन्ने अरुको अनुमान होला तर विहे गर्ने विषयमा मन पराउनेहरू कोही छैनन् म खाली छु । एक्लो छु । चर्चित जुनसुकै कलाकार एक्लो हुन्छ । दर्शकले गर्ने माया कला र अभिनयलाई हो । कोही अरुले गर्ने माया मौसमी माया होला । कोहीले क्षेणिक सोच्लान । हटाउनु मायाका कुरा ।
१०. तपाईलाई मन पर्ने मान्छे पनि छैन उसो भए ?
हाहाहा.. । यस्तो हो, मैले मन पराएको मान्छेले, मलाई मन नपराई दिन पन सक्छ नि हैन र ? जे होस् माया बिनाको जीवन अधुरो र अपुुरो दुबै हो ।
स्रोत: हाम्रो नेपाल
No comments:
Post a Comment