उक्त अध्ययनका अनुसार बैवाहिक जीवनको आनन्द हनिमुनसम्म मात्र सीमित रहन्छ । भर्खरै बैवाहिक जीवनमा बाँधिएका जोडीले पहिलेको तुलनामा अधिक खुसी लिनेदिेने कसम खाएका हुन्छन् तर एकअर्का प्रति स्मार्ट हुने कुरा आउँछ । त्यसबखत खुसी अथवा दुखीको उच्चस्तरमा पुग्छन्, जहाँ उनीहरु बिहे भन्दा अगाडी नै पुगिसकेका हुन्थे ।
अर्को तर्फ बिहे गरेका मानिसहरुको तुलनामा बिहे नगरेका मानिसहरुको साथीहरु बढी हुने गर्र्छन् । सामजिक सम्बन्धमा उनीहरु राम्रोसँग जोडिएका हुन्छन् । त्यसका साथै परिवार, मित्र, सहकर्मीलाई आवश्यकता परेको खण्डमा खर्च गर्न आनाकानी गर्दैनन् । हालसम्म यो धारणा छ कि बिहे नगरेका मानिसहरु स्वार्थी र जिम्मेवारी लिन डराउँछन् । शोधबाट पत्ता लाग्यो कि बिहे नगरेका मानिसहरु समाजमा सार्थक योगदान दिन्छन् र यी मानिसहरु यस्तो गतिविधिमा व्यस्त हुन्छन्, जसबाट धेरै मानिसहरुले फाइदा लिन सकुन् ।
बिहे नभएका मानिसहरुको बारेमा अर्को एउटा सत्य मानिसहरुकोबिच फैलिएको छ कि उनीहरु सकेसम्म अरुसँग सम्बन्ध गाँस्न प्रयासरत हुन्छन् । खासमा यो कुरा सिंगल महिला अर्थात् केटीका लागि पर्याय बन्न पुगेको छ । सायद तपाई विश्वास गर्नुहुन्न होला तर यथार्थमा धेरैको संख्यामा यस्ता मानिसहरु छन् जो आफ्नो इच्छामा एक्लै छन् । यस्तो मानिसहरुको संख्या बढ्दै छ ।
बिहे गर्ने निर्णय आफैसँग हुनु जरुरी छ, न कि यस विचार माथि एक्लै रहनु भन्दा बिहे गर्नु राम्रो । अब त यस कुरामा विज्ञानले पनि मानिसकेको छ तर आम मानिसको सोच बद्लिएला त ? साझा पोस्टको सहयोगमा
No comments:
Post a Comment