Monday, 30 January 2017

कैलालीमा विद्युतिय रिक्साचालक आन्दोलित

कैलाली, १७ माघ : यातायात व्यवस्था कार्यालय सेतीले मनोमानी रुपमा इरिक्सा दर्ता गराइरहेको भन्दै धनगढी नगर क्षेत्रमा संचालित विद्युतिय रिक्साचालक आन्दोलित भएका छन् ।

यातायात कार्यालयले आफू मनलाग्दी दर्ता प्रक्रिया गराइरहेकाले तत्काल इरिक्सा दर्ता प्रक्रिया रोक्नका लागि रिक्साचालक आन्दोलित भएका विद्युतिय रिक्सा चालक मजदुर संघ कैलालीका अध्यक्ष मीनराज जोशीले बताउनुभयो ।

धनगढी नगर क्षेत्रमा विद्युतिय रिक्साको चाप बृद्धि भएकाले त्यसको व्यवस्थापनका लागि पनि रिक्सा चालक आन्दोलित भएको उनीहरुको भनाइ छ । हचुवाको भरमा यातायात कार्यालयले इरिक्सा दर्ता गराइरहेकाले त्यसको विरोध स्वरुप ४ दिनसम्म जिल्ला प्रशासन, ट्राफिक, यातायात कार्यालय लगायतमा धर्ना कार्यक्रम सुरु गरेको अध्यक्ष जोशीले जानकारी दिनुभयो ।

यदि आफूहरुका माग छिट्टै संवोधन नभए कडा रुपमा आन्दोलनमा उत्रिने समेत उहाँले चेतावनी दिनुभयो । यता यातायात व्यवस्था कार्यालय सेतीले भने सबै प्रक्रिया मिलाएर रिक्सा दर्ता गराइरहेको दाबी गरेको छ ।

निमित्त कार्यालय प्रमुख केशबदत्त जोशीका अनुसार कार्यालयले सबै पक्रिया पुर्याएर दर्ता गराएपछि मात्रै रिक्सा दर्ता गराइरहेको बताउनुभयो । रिक्सा चालकको आन्दोलनलाई मध्यनजर गर्दै कार्यालयको व्यवस्थापन समितिको बैठक नबस्दासम्म दर्ता पक्रिया देखि लिएर इरिक्सा सम्बन्धि सम्पूर्ण काम रोकिने निमित्त प्रमुख जोशीले आश्वासन दिनुभयो ।

हाल कैलालीमा निजी र सार्वजनिक नम्बर प्लेटका गरि करिव १५ सय रिक्सा संचालनमा रहेको रिक्सा चालकको दाबी छ । बढि रिक्सा हुँदा आफूहरुको व्यापारमा समेत कमी आएको उनीहरुको गुनासो छ । धनगढी नगर क्षेत्रमा मात्रै करिव ७ सय भन्दा बढी इ रिक्सा संचालनमा रहेको यातायात व्यवस्था कार्यालयको तथ्याङ्क छ ।

No comments:

Post a Comment