Monday, 30 January 2017

के तपाई यी बोक्राहरु फाल्नुहुन्छ ? यस्ता छन् १० फरक बोक्राका १० फाइदा

१. ओखरको बोक्रा – ओखरको कडा बोक्रालाई पानीमा आधा घण्टा उमालेर त्यसको पेस्ट बनाई कपालमा लगाउनुहोस् । यसले कपाललाई प्राकृतिक कालो बनाउँन मद्दत गर्छ ।

२. अनारको बोक्रा – अनारको बोक्रालाई सुकाएर पिस्नुहोस् । फेरि त्यसलाई पानीमा राखेर उमाल्नुहोस् । मनतातो भएपछि कुल्ला गर्नाले घाटी दुख्ने समस्याबाट राहत मिल्छ ।

३. केराको बोक्रा – केराको बोक्रालाई जुत्तामा घोट्नाले जुत्ता टल्कन्छ ।

४. काँक्राको बोक्रा – काँक्राको बोक्रा छिलेर पिस्ने । त्यसलाई आँखाको तल्लो भागमा लगाउने र १० मिनेटपछि धुने गर्दा ‘डार्क सर्कल’ हटाउँन मद्दत गर्दछ ।

५. प्याजको बोक्रा – प्याजको बोक्रालाई पानीमा उमाल्ने । त्यसपछि उमालेको पानी कपडालाई रंगाउनको लागि प्रयोग गर्न सकिन्छ ।

६. लसुनको बोक्रा – लसुनको बोक्रालाई पानीमा उमाल्ने । पानीलाई मनतातो बनाएर कपाल धोएमा कपाल बढ्छ ।

७. कागतीको बोक्रा – कागतीको बोक्रामा बेकिङ सोडा हालेर हात–खुट्टामा घोट्ने । यसले घामबाट डढेको वा कुनै छालाको कालोपनालाई हटाउँछ ।

८. अन्डाको बोक्रा – अंडाको बोक्रालाई सब्जी तथा फलफूलसँगै राख्नाले चाँडै बिग्रने हुदैन ।

९. सुन्तलाको बोक्रा – सुन्तलाको बोक्रालाई सुकाएर पिस्ने । यसमा दही मिसाएर अनुहारमा लगाउनुहोस् । १५ मिनेटपछि धुनुहोस्, तपाई अनुहारमा चमक आउँछ ।

१०. आलूको बोक्रा – आलुको बोक्रामा ब्लिचिङ्ग एजेन्ट्स हुन्छ, जसलाई छालामा लगाउनाले घामको कडा किरणबाट बचाउँछ ।

No comments:

Post a Comment