Tuesday, 31 January 2017

आर्थिक अभावले ४ वर्षे मृर्गौला पीडित बालकको उपचारमा समस्या


उदयपुर, १८ माघ / मिर्गौला र टिबी रोगीबाट पीडित उदयपुरको त्रियुगा नगरपालिका–३ बुद्ध चौकका ४ वर्षिय बालक किसन विकको पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको छ । बुवाको टिबी लागेर निधन भएको र घरको आर्थिक स्थिति कमजोर भएको हुँदा किसनको उपचारमा समस्या आएको हो ।

आर्थिक अवस्था दयनीय भएकी लिलाले मृगौला रोगी छोरा बचाई दिन सदरमुकाम गाईघाटमा रहेका सरकारी तथा गैर सरकारी निकायको ढोकामा पुगेर गुहार मागि रहेकी छिन् । ‘ज्याला मजदुर गरेर जिविकोपार्जन गर्दै आएकी उनको काँधमा छोरालाई उपचार गर्नु पर्ने थपिएको छ ।

’ जिल्ला बाल हेल्प लाईनको कार्यालयमा निवेदन दिँदै आँखाभरी आँशु झार्दै भनिन्, ‘दैव पनि म माथि मात्र खनियो, गएको वर्ष श्रीमान बित्नु भयो, अहिले छोरालाई मृगौला रोग लाग्यो, उपचार गर्ने पैसा छैन, सहयोग पाईन्छ भनेर निवेदन दिएकी हुँ ।’ गत भदौ महिनामा छोराको आँखा र खुट्टा सुनिन गयो’ त्यसपछि जिल्ला अस्पताल गाईघाटमा उपचारका लागि लगे त्यहाँ चिकित्सकले मुटु रोग हुन सक्ने भन्दै बाहिर लैजानु भनेपछि सहिद गंगाला ह्रय केन्द्र बाँसबारी काठमाण्डौ लगे त्यहाँ पुगेपछि चिकित्सक मनिस श्रेष्ठले मृटुको समस्या नभएको भनि क्रान्ति बाल हस्पिटल महाराजगञ्ज रेफर गरेको बताईन ।

‘गंगालाल हृदयरोग केन्द्रमा मुटुमा समस्या नभएको बताएपछि उनलाई उपचारको लागि क्रान्ति बाल अस्पताल लैजानु भनेर सल्लाह दिइएको थियो’, लिलाले भने– ‘तर आर्थिक अभावले किसनलाई क्रान्ति बाल अस्पतालमा चेक जाँच गराउनुको सट्टा घर फर्काएर ल्याएको थिए । काठमाण्डौबाट फर्काएर ल्याएपछि किसनकोे पेट चिलाउने गरेको र एलर्जीको औषधि खुवाएपछि झनै पेट डम्म भएर बढेर गएको किसनका आमा लिलाले बताईन् ।

No comments:

Post a Comment