Monday, 30 January 2017

चुजी भइन् झरना

काठमाडौं – झरना रिसाल चलचित्रमा कम देखिने अभिनेत्री हुन् । थोरै चलचित्र अभिनय गरेर पनि राम्रो छबी बनाएकी उनले थुप्रै म्युजिक भिडियोमा समेत मोडलिङ गरेकी छन् ।

उनी अभिनित चलचित्र ‘परिणाम’ माघ २१ गतेदेखि रिलिज हँुदैछ । लक्ष्मी बेन्कटेस सिनेमेकर्स प्रालिको व्यानरमा निर्माण भएको ‘परिणाम’मा उनको विशेष भूमिका छ । चलचित्रले नारी हिंसाको प्रतिकार गर्नुपर्छ भन्ने सन्देश दिने उनले बताइन् ।
केही समयको अन्तरालपछि उनको यो नयाँ चलचित्र प्रदर्शनमा आउन लागेको हो । ‘परिणम’ नै अहिलेसम्म आफुले अभिनय गरेको अन्तिम चलचित्र भएको उनले बताइन् ।

पछिल्लो समय बिदेशी कार्यक्रमहरुमा ब्यस्त उनी अचेल चलचित्रका मावलामा चुजी भएकी छन् । त्यसैले पनि उनको चलचित्र कमी भएको हो । अर्काे कराण बिदेशी कार्यक्रमको ब्यस्तता पनि हो ।े

बिदेशी कार्यक्रमले नाम, दाम दुबै दिलाउने भएकोले अहिले आफु त्यता तिर ब्यस्त हुन थालेको उनले बताइन् । ‘बिदेशको कार्यक्रमबाट दाम राम्रै आउँछ’ उनले भनिन् ‘युरोपको पर्यो भने एक कार्यक्रममा ५,६ लाख हात पर्छ ।’

युरोपका केही सहित उनले अहिलेसम्म आधा दर्जन बढि देशमा संगीतिक कार्यक्रम गरेकी छन् । त्यस्ता कार्यक्रममा आफुले नेपाली लोक, आधुनिक तथा चलचित्रका गीतमा नृत्य गर्ने गरेको उनले बताइन् ।

No comments:

Post a Comment