जसका कारण बालकलाई हेर्नका लागि रामगढ लगायतका आसपासका स्थानबाट मानिसहरुको ओइरो लाग्ने गरेको छ । बालकलाई कसैले दुुर्गाको अवतार त कसैले शिवको अवतार मानिरहेका छन् । स्थानिय अरुण कुवरको घरमा जन्मेको उक्त बालकको निधारमा प्रष्ट रुपमा त्रिशुलको चिन्ह् देख्न सकिन्छ ।
अचम्मको कुरा त के छ भने त्यो आकृति कहिले देखिन्छ कहिले हराएर जान्छ । दिनको उज्यालोमा आकृति प्रष्ट देखिन्छ भने रातीको अँध्यारोमा भने पुुन गायव हुन्छ ।
बालकको यस्तो अनौठो स्थिति देखेर स्थानिय डाक्टरहरु समेत हैरानीमा परेका छन् । उनीहरुका अनुसार हाल बालकको स्वास्थ्यस्थिति ठिक रहेको र जाँचपताल भइरहेको बताएका छन् ।डाक्टरहरुले बालकलाई हिमान्जयोमा नाम गरेको बिरामीका कारण यस्तो भएको हुनसक्ने अनुुमान लगाएका छन् ।
No comments:
Post a Comment