Thursday, 19 January 2017

जिग्री र पाडेले दलित घर बनाई दिदै

सप्तरी, ६ माघ ।
चर्चित हास्य टेलिसिरियल भाद्रगोलाका चर्चित हास्यकलाकार जोडी कुमार कट्टेल (जिग्री) र अर्जुन घिमिरे (पाँडे) ले आफुहरुको तर्फबाट सप्तरीको एक दलित बस्तीका तीन अतिविपन्न परिवारलाई आधुनिक घर बनाइदिने घोषणा गरेका छन् ।



बिहीबार सप्तरी गमहरिया प्रवाह–४ स्थित पट्टिटोल पुगेका चर्चित हास्यशृंखला ‘भद्रगोल’ का यी कलाकारले १७ जनाको संयुक्त परिवारमा रहेका तीन भाइका लागि वातावरण र अपांगमैत्री घर बनाइदिने घोषणा गरेका हुन् ।


स्थानीय शम्भु मण्डलको परिवारमा १७ जना छन् । त्यसमा एक बालकसहित पाँचजना दृष्टिविहीन छन् । उनीहरूको स्थिति अति नाजुक भएकाले आफूहरूले तत्काल ३५ हजार मूल्य बराबरको दैनिक उपभोग्य सामान, लत्ताकपडा, साबुन, चिनीलगायत वितरण गरेको कलाकार अर्जुन घिमिरेले बताए ।

उनका अनुसार नयाँ तीन घरका लागि ३५ देखि ४० लाख रुपैयाँ बजेट अनुमान गरिएको छ । ‘घर निर्माणका साथै गरिब बालबालिकाका लागि शिक्षा, स्वास्थ्यको समेत व्यवस्था गरिदिन लागेका छौं,’ उनले भने ।कार्यक्रममा भद्रगोलकै हास्य कलाकार असोक धिताल “बाउन डन” र सप्तरी युवा क्लबका केहि व्यक्ति र रमेश प्रसाद साहको पनि सहभागिता रहेको थियो ।


No comments:

Post a Comment