काठमाडौं, माघ ५ – प्रधानमन्त्री पुष्पकमल दाहाल र संयुक्त अरब इमिरेट्सका उपराष्ट्रपति प्रधानमन्त्री मोहमद बिन रसिद अल मोक्तुमबिच भेटवार्ता भएको छ ।
मंगलबार दिउँसो स्वदेश फर्कनु अघि दुवईमा भएको भेटमा प्रधानमन्त्री दाहाल र उपराष्ट्रपति मोक्तुमबिच दुइपक्षीय हित र आपसी सम्बन्धबारे कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले बेलुका जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
भेटमा प्रधानमन्त्रीले युएईको जेलमा रहेका नेपाली कामदार अमरबहादुर बमलाई आममाफीसहित नेपाल पठाउने व्यवस्था गर्न उपराष्ट्रपति समक्ष विशेष आग्रह गर्नुभएको थियो ।
प्रधानमन्त्रीको आग्रहपछि उपराष्ट्रपति मोक्तुमले आफूले तत्कालै राजदूतलाई बोलाएर यसबारे प्रक्रिया अगाडि बढाउने जानकारी दिनुभएको थियो ।
प्रधानमन्त्रीले जलविद्युत्का क्षेत्रमा लगानी गर्न उपराष्ट्रपति मोक्तुमको ध्यानाकर्षण गराउनुभएको थियो । त्यस अवसरमा प्रधानमन्त्रीले युएईमा कार्यरत नेपाली कामदारले भोगेका समस्या र युएई सरकारसँग गरेका अपेक्षाबारे उपराष्ट्रपतिको ध्यानाकर्षण गराउनुभएको थियो । रासस
No comments:
Post a Comment