विश्व चर्चित टेलिभिजन नेशनल जियोग्राफीले वर्षैपिच्छे प्रदान गर्दै आएको विश्वभरिका साहासिक उत्कृष्ट १० व्यक्तिको २०१६ सूचीमा परेकी मीरा राई नेपालीहरूकाे सान र गरिमा हुन् । १५ भन्दा धेरै राष्ट्रिय, अन्तर्राष्ट्रिय विभिन्न उपाधी जितिसकेकी विश्व धाविका मिरा भाेजपुरको दुर्गम डाँडाँ पाखामा हुर्किएर माओवादी लडाकु हुँदै खेल जीवनमा प्रवेश गरेकी थिइन् ।
हातमा पासपाेर्ट बाेकेर राेजगारीकाे लागि मलेसिया भासिन लागेकी मिरालार्इ प्रसिद्द कराते प्रशिक्षक ध्रुव विक्रम मल्लले राेके । उनकाे यात्रा मलेशिया तिर हाेइन खेल जीवन तिर साेझियाे । स्पेनमा सम्पन्न १ सय १० किमीको विश्व म्याराथन प्रतियोगितामा तीनपटकसम्म च्याम्पियन फ्रेन्च धाविकालाई हराउँदै मिराले अन्तर्राष्ट्रिय उपाधी हात पारिन् । उनकाे याे उपाधिलार्इ विश्वका चर्चित सञ्चार माध्यमले प्रमुखताका साथ समाचार बनायाे । बीबीसीिले मिराकाे जीवनकथा समेटिएकाे एउटा वृतचित्र नै बनाएकाे छ । उक्त वृतचित्र पनि विश्व चलचित्रकाे टप टेनभित्र परिसकेकाे छ । मिरालार्इ उनका गुरू ध्रुव विक्रम मल्ल कहिल्यै नथाक्ने खेलाडीकाे रूपमा चितृत गर्छन् । उनै मिरासँग दियोपोस्टका लागिमुक्त खवासले अन्तरंग कुराकानी गरेका छन् ।
मिरालार्इ सबैले साहसी भन्छन् । तपार्इंकाे कामले पनि त्याे प्रमाणित गरेर देखाइसकेकाे छ । कतिपयले याे पनि भन्छन् की तपार्इं भाेजपुरकाे एक चिहानघारीमा जन्मनुभयाे । चिहानघारीमा जन्मनेहरू साहसी हुन्छन् हाे ?
म भोजपुरको ९ सानोदुम्बा भन्ने विकट ठाउँमा जन्मिएको हुँ । जङ्गलै जङ्गलको बीचमा जम्मा तीन घर छ । पहिले चार घर थियो। एक घर सरेर अन्तै गए । हामी त्यहीँ बस्छाैँ । हाे नजिकै चियानघारी छ । म साहसी हुनुमा चिहानकाे भूमिका त म देख्दिन तर, हामीलार्इ मृत्यु सामान्य लाग्छ । किन भने याे नियमित प्रकृया हाे । समाजले हामीलार्इ मृत्युसँग डर देखायाे जिउँदाे मान्छेसँग हाेइन । तर, हामी चिहानघारीमा हुर्क्याैँ, र पढ्याैँ । यसलार्इ सबैले अाफ्नाे तरिकाले बुझ्न पाउँने छूट छ । तर, मलार्इ म जन्मेकाे ठाउँ प्रति गर्व छ ।
तपार्इकाे याे साहसीक जीवन यात्रा बारे परिवारले के भन्नुहुन्छ ?
मेराे परिवारमा आमा,बुवा,दाइ– भाइ दुइओटा बहिनी सहित जम्मा ७ जना छाैँ । हाम्राे कामकाे सबैले प्रसंशा गर्नु हुन्छ ।
बाल्यकालमा कस्ताे मान्छे या के बन्छु भन्ने सपना थियाे ?
म बिकट ठाउँमा जन्मिएँ । बिहान उठ्ने बित्तिकै टाढाबाट डोकोमा गाग्री बोकेर पानी लिन जानू पर्थ्यो । त्यसपछि खाना खाएर स्कुल जान्थ्याैँ । फेरि स्कुलबाट फर्कियो डोको बोक्यो घाँस काट्न जान्थेँ । छुट्टिमा घरको समान बोकेर बजार लान्थेँ । बजारबाटै त्यही पैसाले सामान ल्याउँथे । यस्तै भारी बोकेर पनि गुजारा चल्दै थियो । समयक्रमसँगै गाडिले सामान बोक्न थाल्यो । यी सबै दुख अभावहरूले मलार्इ मेराे भविष्य प्रति चिन्ता लाग्थ्याे । केही गर्छु भन्ने अात्मविश्वास जागेर अाएकाे थियाे । तर, पढेर यस्तो नै बन्छु भन्ने दिमागी खाका थिएन । केही बन्ने सपना भने पक्कै थियाे ।
जीवनमा सबैभन्दा दुख कतिबेला अनुभव भयाे ?
जतिबेला मलार्इ अयाेग्य लडाकु घाेषाणा गरियाे । त्यतिबेला म घरपरिवार, साथिभार्इ सम्झेर दुःखी बनेकाे थिएँ । त्यो मेरो सबैभन्दा दुखको क्षण हो।
त्याे बेला अयाेग्य भएकाे तपार्इं एकाएक विश्व धावक बन्नु भयाे । विश्वभरका याेग्यतावान मान्छेहरूकाे सुचीमा सुचित हुनुभयाे, कस्ताे थियाे त्यतिबेलाकाे खुसी ?
त्याे दिन मेराे लागि साँच्चै खुसीकाे दिन थियाे । मेराे याेग्यता के हाे भनेर विश्वले मलार्इ चिनेकाे थियाे । मलार्इ त्याे बेला जिज्ञासा लागेकाे थियाे, –दुनियाँमा याेग्यता र क्षमता मापन गर्नेहरू स्वयम कति याेग्यतावान हाेलान् ?
अहिले पनि म निकै खुसी छु । आफुले सफलता पाउदाँ खुशी लागिहाल्छ । अहिले विश्व चर्चित टेलिभिजन नेसनल जियोग्राफीमाले २०१६ काे वर्षकै साहासिक उत्कृष्ट १० जनामा मलार्इ पनि राखेकाे छ । जसरी स्वतस्फूर्त मलाइ जिताउन अभियान चलाउनु भएको छ सघाउनु भएको छ उहाँलाई देखेर खुशीको आँसु नै झर्छ।
तपार्इंलार्इ विजय गराउँने अभियानमा संचारमाध्यमकाे भूमिका कस्ताे पाउँनु भएकाे छ ?
..(हासो) पटक्कै सहयोग नभएको होइन तर, पहिले याे भन्दा धेरै प्रचारहरू हुन्थे । कतिपय मिडियाकर्मीले निकै चासाे राख्नुभएकाे छ । जसले मलार्इ सहयाेग गरिरहनुभएकाे छ उहाँहरूलार्इ हृदयदेखि नै धन्यवाद भन्न चाहान्छु ।
केही महिनादेखि विरामी पनि हुनुहुन्छ । इटलिमा रहँदा खुट्टाकाे शल्यक्रिया गराउँनुभएकाे थियाे । कस्ताे छ स्वास्थ्य अवस्था ?
खुट्टाकाे शल्यक्रिया मैले इटलीका गराएकाे हुँ । त्याे बेला निकै ठूलाे अार्थिक संकट बेहाेर्नु परेकाे थियाे । इटली र युकेका साथीहरूकाे सहयाेगमा मैले खुट्टाकाे अपरेशन गराएकाे थिएँ । मंसिर ३ गते मात्र नेपाल सरकारले उपचार खर्च बापत भनेर एकमुस्ट ५ लाखको चेक हस्तान्तरण गरेकाे छ। यसले मलार्इ थाेरै राहत भएकाे छ । सरकार प्रति गुनासो छैन तर सरकारलार्इ एउटा अनुरोध छ–म जस्तै विकट दुर्गम गाउँगाउँबाट आउन चाहने क्षमतावान भाइबहिनिहरुलार्इ सरकारले बाटाे बनाअाेस् ।
भाइबहिनीहरूकाे बाटाेकाे चिन्ता तपार्इंमा हुनु निकै खुसीकाे कुरा हाे । अब अाफ्नै लक्ष या बाटाे के हाे ?
म जहाँ छु यही मेराे बाटाे हाे । यसलार्इ एउटा गन्तव्यमा पुर्याउँने दायित्व त मसँग छनै तर, म नेपाललार्इ अन्तर्राष्ट्रिय क्षेत्रमा अझै चिनाउँन चाहान्छु । म मेराे बाटाेमा हजाराैं नेपालीहरूलार्इ हिँडाउँन चाहान्छु । त्यसैले म यतिबेला मनांग तिर केही बालबालिका खाेजिरहेछु ।
मिरा राइलाई भोट गर्न यहाँ क्लिक गर्नुहोस् ।
अर्काे प्रसंग तिर जाउ, फिल्म कत्तिको हेर्नू हुन्छ ?
खासै हेर्दिनँ । पहिलो पटक नारायणघाटमा शिलशिला हेरेकाे थिएँ ।
मेकअपमा मिराले ध्यानै दिँदैन भन्छन् नी ?
मैले मेकअप नै गर्दिन। जे छु यसै ठिक छु। मेकअप गरेर समय खेर फालेजस्तो लाग्छ। मेकअप समान किनेर बेकारमा पैसा फाले जस्तो लाग्छ।
ऎना कत्तिको हेर्नुहुन्छ ?
एेना पनि खासै हेर्दिन ।
महिलाहरु मेकअप, सपिङका सौखिन हुन्छन् । तपाईं आम महिला भन्दा किन फरक ?
मेकअपमा समय बिताएकी भए मिरा रार्इ अाज याे स्थानमा हुँदैन थियाे । म जाे हुँ त्याे हुनुमा मेराे मेकअपले हाेइन मेराे अाफ्नै चरित्रकाे भूमिका छ । मलार्इ मेकफ गर्ने रूची छैन । मलाइ मेकअप गरेर समय बिताउनु भन्दा केही राम्रो काम गरेर समय कटाउन मन पर्छ। अनावश्यक किनमेल गरेर पैसा खर्च गर्ने मसँग पैसा हुँदैन। मलार्इ थाहा छ गाउँकाे दुख के हाे । मेकअप गरेर सांसारिक सुख मात्रै हाे अात्मिक सु:ख हुँदैन ।
साभार: दियो पोष्ट
No comments:
Post a Comment