Saturday, 28 January 2017

डिआइजी जयबहादुर चन्दको पछिल्लो हर्कत यस्तो !

काठमाडौं, १५ माघ । नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोका प्रमुख डीआईजी जयबहादुर चन्दको पछिल्लो हर्कत पर्दाफास भएको छ ।

उनले आफ्नो पद र जिम्मेवारीको ख्याल नगरी भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि उनको हर्कत पर्दाफास भएको हो ।

ब्युरोले अपरेशन आइसअन्तर्गत लागूऔषध एम्फेटामाइन मुद्दामा फरार प्रतिवादी धादिङका पूर्णबहादुर पाख्रिन तामाङलाई प्रक्राउ गरेपछि उनिवाट चन्दले ५० लाख रुपैया माग गरेको भन्दै अख्तियारमा उजुरी परेको हो । मुलधारका अनुसार चन्दले तामाङवाट करिव तीन लाख मूल्य पर्ने राडो ब्राण्डको हाते घडी पनि लिएको उजुरीमा उल्लेख गरिएको छ ।

डिआईजी चन्दसहित डीएसपी अपिलराज बोहोरा र इन्सपेक्टर कृष्णगोपाल पनेरुलाई कार्वाही गर्न उजुरीमा माग गरिएको छ ।

यसअघी लागु औषध नियन्त्रण ब्युरोले प्रक्राउ गरेका पाख्रिनलाई आर्थीक कारोवार नमिलेपछि पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको भन्दै विभिन्न संचारमाध्यममा समाचार समेत प्रकाशित भएको थियो ।

चन्दविरुद्ध अख्तियारमा पुष २९ मा उजुरी दर्ता भएको छ । यस्तो छ चन्दमाथीको आरोप

१. मिति २०७३ वैशाख १७ गते लागूऔषध नियन्त्रण ब्यूरोबाट खटिएको विशेष प्रहरी टोलीद्वारा अपरेशन आइसअन्तर्गत लामो समयदेखिको निगरानी तथा अनुसन्धानपश्चात् लागूऔषध एम्फेटामाइन मुद्दामा फरार प्रतिवादी धादिङ जिल्लाका पूर्णबहादुर पाख्रिन तामाङलाई काठमाडौं जिल्ला बुढानिलकण्ठ न.पा वडा नं १२ स्थित निलोपुलबाट पक्राउ गरेको ।

२. पाख्रिनलाई पक्राउपश्चात् ब्युरो प्रमुख डीआईजी जयबहादुर चन्दले आफ्नो कार्यालयमा लगी बार्गेनिङ सुरु गरेको र पाख्रिनको मोबाइलबाट थाइल्याण्डमा रही लागूऔषध कारोबार गर्ने मालिकलाई सम्पर्क गर्न लगाई ५० लाख रुपैयाँ र तीन लाख मूल्य पर्ने राडो ब्राण्डको हाते घडी लिएर पाख्रिनलाई छोड्न तयार भएको ।

३. डीआईजी चन्दले बार्गेनिङ गरेको ५० लाख रुपैयाँ बुझी त्यसमध्ये १४ लाख रुपैयाँ र तीन लाख मूल्यको राडो ब्राण्डको घडी आफूले राखेको ।

४. डीआईजी चन्दले बाँकी ३६ लाख रकम ब्युरोमा कार्यरत अन्य प्रहरी अधिकृतलाई भेला गरी आईजीपी उपेन्द्रकान्त अर्याललाई १० लाख दिनुपर्ने र बाँकी रकम बाँडीचुँडी लिन आग्रह गरेकोमा अन्य प्रहरी अधिकृतले अस्वीकार गरेपछि चन्दले १४ लाख रुपैयाँ फिर्ता गरेको तर तीन लाख मूल्य पर्ने राडो ब्राण्डको हातेघडी फिर्ता नगरेको ।

५. डीआईजी चन्दले रकम फिर्ता गरे पनि आफ्नो पोल खुल्ने डरले केही दिनपछि पत्रकार सम्मेलन गरी ५० लाख रुपैयाँ बरामद गरेको भनेर पत्रकारहरुलाई जानकारी दिएको ।

६. मिति २०७३ साउन १२ र १३ गते बुधबार र बिहीबार व्यापारी पवनकुमार संघाई सञ्चालक रहेको आर्या फर्मा ल्यावको पाटन औद्योगिक क्षेत्रमा रहेको प्लाष्टिक गोदाममा छापा मारी उक्त गोदामबाट अवैध ४ सय ७१ किलो प्रिकर्सर केमिकल भेटिएपछि घटना लुकाउन डीआईजी चन्दले पवन संघाईसँग १६ करोड रुपैयाँको बार्गेनिङ गरेको ।
newsabhiyan
७. मिति २०७३ साउन १४ गते शुक्रबार इन्सपेक्टर कृष्णगोपाल पनेरु, डीएसपी अपिलराज बोहोरा र डीआईजी चन्दले पवन संघाईलाई बाराबाट पक्राउ गरी चितवन ल्याई पाँच करोड रुपैयाँ लिएर छाडेको ।

८. मिति २०७३ साउन १५ गते शनिबार अपराह्न करिब २ बजे व्यापारी पवन संघाईका दाजु रतनलाल संघाईले संघाई ग्रुपका पूर्वकर्मचारी रहेका नेपाली सेना र नेपाल प्रहरीका ठेकेदार पिताम्बर मुन्कालाई सँगै लिएर ब्युरो पुगी रतनलाल, मुन्का, डीआईजी चन्द र चन्दका विश्वासपात्र डीएसपी अपिल बोहोराबीच करिब डेढ घण्टासम्म बार्गेनिङ भएको ।

९. मिति २०७३ साउन १५ गते शनिबार नै रतनलाल, मुन्का, डीआईजी चन्द र चन्दका विश्वासपात्र डीएसपी बोहोराबीचको बार्गेनिङको क्रममा उक्त घटनाबारे समाचार सार्वजनिक भएपछि डीआईजी चन्दले रतनलाललाई हिरासतमा लिएको ।

१०. प्रहरीले सोही रात मध्यस्थकर्ता मुन्कालाई सम्मानपूर्वक डीआईजी चन्दको कार्यकक्ष बाहिर रहेको बैठक कक्षमा सुत्ने व्यवस्था मिलाएको ।

११. डीएसपी बोहोराले मध्यस्थकर्ता मुन्कालाई त्यतिकै छोड्दा सूचना चुहिनसक्ने सम्भावनाले रातभर मुन्कालाई केरकार गरी मिति २०७३ साउन १६ गते आइतबार दिउँसो ३ बजे छोडिएको ।

No comments:

Post a Comment