Tuesday, 17 January 2017

प्रधानमन्त्रीको यसरी शुरू भयो ‘काउन्टडाउन’, निर्वाचन नहुने पक्का

काठमाडौं, ५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालको कार्यकालमा नयाँ संवैधानिक व्यवस्था अनुसार तीनै तहको चुनाव नहुने सम्भावना बढ्दै गएको छ ।

प्रमुख सत्ता साझेदार नेपाली कांग्रेससँग भएको भद्र सहमति अनुसार दाहालको कार्यकाल वैशाख मध्यसम्म मात्रै छ । नागरिक दैनिकले समाचार छापेको छ ।

नयाँ संविधानप्रति विमती जनाएको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग सहमती जुटाउने नाममा प्रतिक्षा गर्दा दाहालको कार्यकालमा कुनै पनि तहको चुनाव नहुने सम्भावना बढेको हो ।

भद्र सहमति पालना भए चुनाव कांग्रेस नेतृत्वको सरकारमा मात्र हुने देखिएको छ ।

No comments:

Post a Comment