Monday, 23 January 2017

‘नेपाली फिल्म हेर्न आतुर छ संसार’

काठमाडौं – दुई दिने फिल्म कार्यशालाका लागि नेपाल आउका फिल्म गुरु डभ सिमन्सले विश्वका दर्शक नेपाली फिल्म हेर्न उत्सुक रहेको बताएका छन् । यो खबर आजको नागरिकमा छ ।

आइतबार र सोमबार गरी दुई दिनसम्म फिल्म निर्माण र वितरणबारे कक्षा लिएका सिमन्सले नेपालको भूगोल अझै पनि पश्चिमाबीच कुतूहलको विषय रहेकाले नेपालबाट निर्माण हुने फिल्मबारे पनि उताका दर्शकको चासो रहने बताए ।

सिमन्सले आफूले नेपाली फिल्म नहेरेको भए पनि पँचदिने नेपाल बसाईका क्रममा केही व्यक्तिसँगको अन्तक्र्रियामा नेपालसँग उत्कृष्ट कथाहरु रहेको तर कथालाई निर्देशकले राम्ररी पस्कन नसकेको अनुभूत गरेको बताए ।

‘नेपालमा साँच्चिकै राम्रा फिल्म बन्ने कथा छन् । तर यहाँका निर्माता निर्देशकले कथालाई चाख लाग्दो थरिकाले भन्न सकिरहेका छैनन् ।’ सिमन्सले भने ।


No comments:

Post a Comment