काठमाडौं, १३ माघ– नेपाल प्रहरीका ३९ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) हरुको सरुवा भएको छ । बुधबार गृहमन्त्री विमलेन्द्र निधिको अध्यक्षमा बसेको बैठकले उनीहरुको सरुवा गर्ने निर्णय गरेको हो । बैठकले काठमाडौँका गुण्डा नाइकेहरु र संगठित अपराधलाई छिन्नभिन्न पार्ने चर्चित एसएसपी अपराध अनुसन्धान महाशाखाका सर्वेन्द्र खनाललाई प्रहरी प्रधान कार्यालयमा सरुवा गरेको छ । भने उनको ठाउँमा दिनेश अमात्यलाई लगिएको छ ।
अञ्चल प्रहरी कार्यालयमा कार्यरत नारायणसिंह खड्का प्रहरी प्रधान कार्यालय कार्य्विभाग विपद् व्यवस्थापन महाशाखामा सरुवा भएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ । यस्तै ठूले राई प्रहरी प्रधान कार्यालयबाट, महानगरीय प्रहरी परिसर ललितपुरमा, धिरु बस्नते अध्चल प्रहरी कार्यालय भेरीबाट लागू औषध नियन्त्रण ब्यूरो, छबिलाल जोशी अञ्चल प्रहरी कार्यालय धौलागिरीबाट महानगरीय प्रहरी परीसर काठमाडौंमा सरुवा भएका छन् । विक्रम थापाको अवकाशसँगै जोशी काठमाडौं प्रहरी प्रमुख भएर आउन लागेका हुन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया दिनुहोस् !
Source: BIGULNEWS
No comments:
Post a Comment