कल्पना खरेल, मेरो त्यो कलेज पढ्दै गरेको कलिलो उमेरमा रबिसँग लगनगाँठोमा बाँधिएर, अग्नि साक्षी राखी, जीवनभर सुखदुःखमा एकअर्कामा दुवैले साथ दिन्छौँ भनेर वाचाकसम खाँदै वैवाहिक जीवनमा बाँधियौँ ।
हामी दुवैको नयाँ जिन्दगीको सुरुवात भयो । त्यो मेरो १८ वर्षको कलिलो उमेरमा बाबुआमाको लाड प्यार न्यानु काख छोडेर रबिको जिन्दगीसँग जोडिएर रबिको जीवनसाथी भएँ । सुरुमा अलि नौलो लागे पनि बिस्तारी रबिको भरपुर माया पाउन सफल भएँ । रबिको मायामा भुल्लिँदै गएँ । हामी एकअर्कामा हराउँदै गयौँ । रबि अफिस जाँदा पनि पटकपटक मलाई फोन गर्थे । रबि जहाँ जाँदापनि मैले बाटो हेरेर बसिरहन्थेँ ।
रबिबिना क्षणभर पनि मलाई टुहुरो महसुस हुन्थ्यो । विवाहपश्चात हामी दुवैको जिन्दगीमा खुसी नै खुसी छायो । रबिले दिएको त्यो मायाले म आफूलाई धेरै भाग्यमानी भएको महसुस गर्थेँ । विवाहको दोस्रो वर्षसम्म कैयौँ आनन्दका क्षणहरु बिताइयो । तेस्रो वर्षमा म गर्भवती भएँ ।
हामीलाई पुत्री लाभ भयो । छोरी ६ महिनाकी भइन् । म फेरि गर्भवती भएँ । १६ महिनाको अन्तरालमा हामीलाई दुई पुत्री लाभ भए । दोस्रो पटक पनि छोरी जन्मिँदा रबि लगायत सपरिवार निक्कै खिन्न भए । फेरि पनि छोरी नै जन्मिना साथ रबिको अनुहार अँध्यारो भयो । खासै दोस्रो पटक जन्मिएकी छोरीलाई रबिले वास्ता पनि गरेनन् ।
No comments:
Post a Comment