Friday, 27 January 2017
लडाकुको शिविरबाट अयोग्य भएर निस्किएकी मिरा राई विश्वकै सहासी वर्ष व्यक्तिसम्म
काठमाडौं, १५ माघ । १४ वर्षको कलिलो उमेरमा तत्कालीन माओवादीले सञ्चालन गरेको सशस्त्र द्वन्द्वमा सहभागी भएर राज्य व्यवस्था परिवर्तन गर्न हिँडेकी भोजपुरकी मिरा राई दुई वर्षमा अत्याधुनिक हतियार चलाउन पोख्त भइसकेकी थिइन् ।
माओवादी शान्ति प्रक्रियामा आएसँगै उनी उमेरका कारण ‘अयोग्य’को बिल्ला भिर्दै बाहिरिनु प¥यो । उनै मिराले अहिले नेपालको नाम विश्वभर कहलाएकी छिन् । अयोग्य लडाकु हुँदै ‘ट्रेल रनर’को रूपमा उदाएकी मिरा विश्वकै साहसी वर्ष व्यक्ति घोषित भएकी छिन् ।
नेसनल जोग्राफीले राईलाई एडभेन्चर अफ द इयर २०१७ घोषणा गरेको हो । विश्वप्रसिद्ध टेलिभिजनले अन्वेषण, साहसिक खेल, संरक्षण तथा मानवीय क्षेत्रमा काम गर्ने उत्कृष्ट व्यक्तिमध्येबाट यस्तो प्रतिस्पर्धा गराउँदै आएको छ ।
नेसनल जोग्राफीको वेभसाइटमा प्राप्त भोटका आधारमा उनले विश्वभरका १० जनालाई पछाडि पार्दै उपाधि हात पारिन् । १२ वर्षकै उमेरमा विद्यालय जानबाट वञ्चित भएकी उनी १४ वर्षको उमेर पुग्दै गर्दा गाउँमा आएका माओवादी छापामारको पछि लागेर लडाकु बनेकी थिइन् ।
मीरा ६ कक्षामा पुगेका बेला माओवादी आन्दोलन चर्किंदै थियो । उनी १४ वर्षमै माओवादीमा प्रवेश गरिन् । स्कुल पढ्दै माओवादीका कार्यक्रममा सहभागी भएको दुई वर्षपछि उनले पूर्णकालीन कार्यकर्ता हुँदै घर छाडिन्अ वसरको खोजीमा माओवादीमा पुगेकी उनी अयोग्यको बिल्ला भिरेर सिविरबाट बाहिरिइन् ।
माओवादीको सिन्धुलीस्थित दोस्रो डिभिजनअन्तर्गतको शिविरमा उनले केही समय बिताइन् । सेनाको जागिरे भएर भाइबहिनीको पढाइ र घर खर्चमा सहयोग गर्ने उनको सपना त्यतिबेला टुट्यो जब लडाकुको प्रमाणीकरणका लागि आएको टोलीले उनलाई अयोग्यको बिल्ला भिराइदियो ।
माओवादीको सिन्धुली शिविरमा तीन वर्ष कराँते खेलेर मीरा ब्राउन बेल्टसम्म पुगेकी थिइन् । शिविरमा हुँदै उनले माओवादी लडाकुको पीएलए स्पोर्ट क्लबबाट केही समय खेलिन् । लडाकुको शिविरबाट अयोग्य भएर निस्किएपछि उनमा परिवारको खर्च जुटाउने बोझ थियो । यही बोझ उठाउन उनी वैदेशिक रोजगारीमा मलेसिया जानका लागि मंसिर २०७० मा काठमाडौं आइन् ।
धन कमाउने आसमा विदेश जाने ध्याउन्नमा रहेकी उनको पासपोर्टमा मलेसियाको भिसा लागिसकेको थियो । तर, उनको यात्रा मलेसियातर्फ भन्दा पनि हिमाली कठिन बाटाहरूतर्फ सोझिए । म्यानपावरलाई १२ हजार रुपैयाँ बुझाएर राहदानी फिर्ता लिएर उनले खेलयात्रा तय गरिन् ।
पहिलोपटक फूलबारी गेटदेखि हात्तीवन (मकवानपुर) सम्मको ५० किमि दौडमा प्रथम भएकी उनले खाली पेटमा उकाली–ओराली दौडँदै स्वर्णपदक पाएकी थिइन् । यसबीच उनले हिमालयन, मुस्ताङ र मनास्लुका स्वदेशी हुँदै इटाली र हङकङसहितका विदेशी भूमिमा ६ रेस जितिन् । स्वदेशका पाँचै रेसमा पहिलो भएकी उनले विदेशमा सहभागी १३ मध्ये आठमा स्वर्ण जितेर विश्वप्रसिद्ध ट्रेल रनरको रूपमा स्थापित भइन् ।
सन् २०१५ मा उनले ट्रेल रनरको रूपमा अस्ट्रेलिया र युरोपमा नेपालको झण्डा फहराइन् । यसबीच उनले एसियाली स्काई रनिङ च्याम्पियनसिप जितेसँगै स्काइरनर वल्र्ड सिरिजअन्तर्गत मोन्ट–ब्लान्क फ्रान्स रेसमा स्वर्ण जितिन् । अल्ट्रा रेसमा नेपालले पाएको यो नै सबभन्दा ठूलो सफलता थियो ।
वर्ष २०१६ मा उनले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने लक्ष्य राखे पनि खुट्टामा आएको चोटका कारण उनले प्रतियोगिताहरूमा सहभागी हुन पाइनन् । तापनि उनले आफ्नै गाउँमा अन्तर्राष्ट्रिय स्तरको दौड आयोजना गरिन् । आफैं दौडन नपाएपछि उनले साना बालबालिकालाई यस खेलतर्फ आकर्षित गर्न दौड आयोजना गरिन् ।
अयोग्य बनेर शिविरबाट बाहिरिएकी उनी नेपालमा महिलालाई हेर्ने दृष्टिकोण बदल्न चाहिन्छन् । त्यसैले पनि खेल जगतमार्फत महिला सशक्तीकरणका लागि काम गर्न चाहेको उनी बताउँछिन् ।
उनको यही साहसिक अभियानलाई सम्मान गर्दै विश्वले उनलाई वर्ष २०१७ का लागि सासिक वर्ष व्यक्तित्वको उपाधि प्रदान गरेको हो । आजको राजधानी दैनिकमा खबर छ ।
Labels:
Feature
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment