Friday, 27 January 2017

भूकम्प पीडितलाई बंगलादेशले दिएको चामल जुम्लामा धमाधम बिक्री गरेपछी

newsabhiyan
जुम्ला, १५ माघ । खाद्य संस्थानबाट बिक्री हुने चामलको मूल्य घटेपछि जुम्लाका स्थानीयले धमाधम खरिद गरिरहेका छन्।

कर्णालीमा अनुदानको चामलको मूल्य घटाएपछि उपभोक्ताले बजारभन्दा खाद्य संस्थानबाट चामल खरिद गरेका हुन्।

मूल्य घटेपछि नेपाल खाद्य संथान शाखा कार्यालय जुम्लाले डेढ महिनाको अवधिमा तीन हजार आठ सय क्विन्टल अनुदानको चामल बिक्री गरेको छ।

नेपाल सरकारले गत मंसीर १६ गतेदेखि कर्णालीमा चामलको मूल्य घटाइ खाद्य संस्थानमार्फत अनुदानको चामल बिक्री गर्न सुरु गरेपछि कार्यालयमा स्टक रहेको चामलसमेत बिक्री भएको कार्यालयले जनाएको छ।

बंगलादेश सरकारले भूकम्पपीडितलाई दिएको बंगलादेशको उसिना मोटो चामल जुम्लामा पनि बिक्री भइरहेको छ।

बंगलादेशको उसिना मोटो चामल मंसिर १६ गतेपछि जुम्लामा चार हजार दुई सय ७८ क्विन्टल भित्रिएको थियो। अन्नपूर्ण पोस्ट दैनिकमा खबर छ ।

No comments:

Post a Comment