Thursday, 12 January 2017

एकपटक पुग्नैपर्ने ठाउँ भकिम्लीको स्वर्गाश्रम

म्याग्दीको भकिम्ली गाविसको ३ नम्बर वडामा अवस्थित स्वर्गाश्रम करिब १ सयवर्ष पुरानो आश्रम हो । समुन्द्री सतहदेखि झण्डै २ हजार ५ सय मिटरको उचाइमा अवस्थित स्वर्गाश्रम धार्मिक र पर्यटकीय हिसाबले महत्वपूर्ण मानिन्छ। स्वर्गाश्रममा देशका विभिन्न ठाउँबाट गुरु तथा माताहरु आएर तपस्या गर्ने गरेको श्रम ब्यवस्थापन समितिका अध्यक्ष रत्न जिसीले बताए ।
आश्रमको डिलबाट धौलागिरि, अन्नपूर्ण, माछापुच्छे«यलगायत दजनौं मनोरम हिमश्रृङ्खला देखिन्छ । यसैगरी म्याग्दी जिल्लाको अधिकांश भाग, पर्वतको उत्तरी क्षेत्र समेत आश्रमबाट देखिन्छ । आश्रम आसपासको वनजङ्गलमा विभिन्न ७ रङका लालीगुराँसहरु फुल्ने गरेको छ ।स्थानीयवासिन्दाले आश्रमको प्रचारप्रसार गरी पर्यटक भिœयाउनका लागि बेलाबेलामा विष्णुपुराणजस्ता धार्मिक कार्यहरु पनि गर्ने गरेका छन् ।Image result for heaven on earth nepal
सदरमुकामको पहुँचदेखि टाढा रहेको उक्त स्थान आवश्यक बजेट व्यवस्थापन, प्रचारप्रसार हुन नसक्दा ओझेलमा परेको छ । सप्त ऋषी बेलढुङ्गा समेत भनेर चिनिने आश्रम सन् १९४८मा छविनन्द प्रसादले तपस्या गरेको स्थानमा इश्वरनन्द सरस्वती माता लगाएत विभिन्न ऋषीमुनीहरूले ध्यान तथा तपस्या गरेको स्थान समेत रहेको छ । इश्वरानन्द सरस्वतीले १२ बर्ष एकैठाउँमा तपस्या गरेपछि हरिद्धार, देवघाटमा महिला आश्रम बनाएकी थिईन् ।
आश्रममा विभिन्न मुर्तीकला, सप्तऋषी डाँडा समेत रहेको छ । छिमेकी जिल्ला बागलुङको धम्जा गाविस संग सिमान जोडिएको क्षेत्र भएकाले पनि धम्जाका सर्वसाधारण आफ्नै सदरमुकाम बागलुङ जान समेत स्वर्गाआश्रमको बाटो प्रयोग गर्ने गरेका छन् । आश्रममा हरेक बर्ष बैशाख १ गते रथयात्रा सहित विषेश पुजा गरिन्छ । स्वर्गाआश्रमबाट करिव आधाघण्टाको दुरीमा रहेको बेलढुंगाबाट धौलागिरि अञ्चलका तीन जिल्लाका साथै पोखरा लगाएतका क्षेत्रहरु समेत देखिन्छ ।

No comments:

Post a Comment