बादल दुखेर होला निरन्तर आकाश रोइरहेको छ आज – रेखाको मन जस्तै । जीवन सुखी भए पो मन पनि खुसी हुदो हो । जान्ने बुझ्ने भए देखि आज सम्म कुनै खुसी र सुखको प्रहर थाहा पाएकी छैनन उनले । भौतिक सुख भए पनि मानसिक दुखले सधै पिरोली रहयो उनलाइ । उनि कस्की छोरी हुन ? उनकी आमा कस्ति थिन ? किन उनलाइ कन्टेनरमा फालिन ? के बेरोजगारी र गरिबिले बिदेसिन बाध्य भएको थियो त उनको बाउ ? या उनी आमाको जवानिको राप र तापको परिणाम हुन त ?
एस्तै एस्तै अनेकन प्रस्नहरुले उनको मस्तिष्कको घरमा प्रश्नहरुको पहाड उभ्याएको छ बुझ्ने भए देखि नै । प्रश्नहरुको पहाड भत्काउनलाइ अथक प्रयास पनि नगरेकी होइनन । एस्तो लाग्थ्यो, उत्तर नपाए सम्म नजाने जिद्धी गरिरहेका छन या भनौ, हड्तालमा छन मस्तिस्कको कारखानामा उत्पादित अनुतरित प्रस्नहरु । केन्दृय स्नायु प्रणाली नामक हाकिमबाट प्रस्नहरुको माग पुर्ती गराउने असफल प्रयासमा लागि रहेका छन हरबखत । तेइस बर्ष अगाडि रेखालाइ बाटोमा राखेको कन्टेनरमा रुदै गरेको अवस्थामा भेटेका थिए रामगोपाल शर्माले । भगवानको आशिर्वाद ठानेर धनका अनि मनका पनि धनी रामगोपालले छोरी बनाएर हुर्काए । रेखा जन्मले उनकी छोरी नभए पनि कर्मले छोरी भएकी थिइन । पढाइमा जेहेन्दार रेखालाइ उनकै चाहनानुसार मनोबिज्ञानमा स्नातकोत्तर गर्न रामगोपालले भारत पठाए ।
सुन्दर जेहेन्दार अनि गुलाफको फूल झै फक्रीएकी रेखालाई मन पराउने युवकहरु धेरै थिए । पढाइकै क्रममा उनलाइ धेरैले मन पराए तर उनले केवल एउटा युवकलाई मात्र मन पराइन । जस्लाइ उनले बिश्वबिद्धालयको प्रशासन शाखामा पहिलो पल्ट देखेकी थिइन । त्यस पछि हरेक दिन जसो बिश्वबिद्धालय हाता भित्र उनका आखाले त्यो युवकलाइ खोजिरहे । उसको नाम विशाल र गाइनोकोलोजीको बिध्यार्थी रहेछ उ भन्ने कुरा धेरै पछि मात्र रेखाले थाहा पाइन ।
समयसङगै दुबै मिल्ने साथी भए । सुमघुर सम्बन्धमा रहे । दुबै एकाअर्कामा आकर्षित भए अनि गहिरो सम्बन्धमा परे । सागरको गहिराइ भन्दा गहिरो थियो उनिहरुको प्रेम । वर र पिपलका बिचमा थोरै ग्याप रहे पनि धर्तिको छाती भित्र बर पिपलका जराले एकाअर्कालाइ स्पर्श गरिरहेका हुन्छन रे ” हो, उनिहरु बिच थोरै दुरि रहे पनि बर पिपलका जराले एकाअर्कालाई छोए झै उनिहरुको मुटुले पनि मुटुलाइ छोएको थियो । साहित्यमा पनि रुचि राख्ने विशाल कविता र गीतहरु लेखथ्यो । रेखा रिसाउदा कहिलेकाही आफै लेखेको गीत गाएर सुनाउथ्यो पनि । मन्त्रमुग्ध पार्ने स्वर थियो बिशालको । त्यही जादुमय स्वरमा लठ्ठ हुन रिसाएको प्रेमिल वाहाना पनि गर्थीन रेखा कहिलेकाही ।
“तिमी हौ मेरो आखाको नानि
यो मुटु भित्र बसेकि छौ बनेर रानी
एस्तो लाग्छ तिमी भित्र छ
मायाको शितल शितल छाहारी
तिमी नै त हौ मेरो सपनिमा आइरहने परी ।”
साच्चै ! सम्पुर्णताले पुर्ण थियो विशालको ब्यक्तित्व । जातपातमा कट्टर रामगोपाल शर्माले मारवाडीलाइ छोरी दिन मान्ने कुरै थिएन । रामगोपालले उनको प्रेमीलाइ अस्विकार गर्ने पहिलो बलियो कारण थियो – बिशालको जात अर्थात उ मारवाडी खलकमा जन्मिनु । आफ्नो प्रेम स्विकारोक्तिका लागि अतिशय प्रयास गरिन रेखाले तर उनको केही सीप लागेन रामगोपालको कट्टरपन र जिद्धिका अगाडि । पानी बिनाको माछा कतिन्जेल पो छटपटाउन सक्छ र ?दुबैको बाच्ने आधार , पानी भनेकै एकाअर्काको प्रेम थियो । शरिरमा पानीको मात्रा सकिदै गए पछि डिहाइड्रेसन हुने लक्षण देखिन थाल्यो ।
अन्तत : डिहाइड्रेसन हुन नदिन भागेर बिहे गरे उनिहरुले । रेखाले छोरीको कर्तब्य भुलीन । देउता समान बुबा रामगोपालको मायालाइ चटक्कै बिर्सिएर प्रेमका खातिर स्वार्थी बनिन उनि । ” प्रेम अन्धो हुन्छ ” भन्थे साच्चै ! अन्धो हुदो रहेछ । मस्तिस्कले हैन उनले मुटुले सोचिन । बिशाल र उनको मन्दिरमा टिकाटालो भयो । धनी बाउको एक्लो छोरोले ढाटेर बिहे गरेको कारण बिशालको परिवारले उसङग सम्बन्ध टुटाएको थियो । भौतिक सुख सुबिधामा हुर्किएकी रेखाको दैनिकी अब दयनिय हुन थाल्यो । बिशालको प्रेममा पोखिएकी रेखालाइ जति नै भौतिक दुख भए पनि दुख कहिल्यै लागेन । गुनासो कहिल्यै गरिनन । तर पनि माया प्रेमको मिठासले भोको पेट टम्म नहुने रहेछ । सधै अङ्गालोमा बेरिएर खान पुग्दैन थियो । चुम्बनले तिर्खा मेटिदैन थियो । जे – जे काम पाए सानो- ठूलो नभनी दुबैले गरे । उच्च शिक्षा हासिल गरेका उनिहरु सानो सस्तो काममा अडिन सकेनन । आदर्श र व्यबहार दुबै फरक फरक पाटो रहेछन । प्रेमका गुलिया मिठा कुराले पेट भरिने त क्षणिक मात्र रहेछ । रेखाले आफ्नै कस्मेटिक पसल खोलिन ।
विशालले निजि स्तरको अस्पतालमा तीन महिना स्वेच्छिक सेवा प्रदान गरि करारमा जागिर खान थाल्यो । हिजोको प्रेम सम्बन्ध आज बिबाहमा परिणत भै सकेको थियो । दुई बर्ष प्रेमिल बिते दिनहरु । एकअर्काको मीठो माया र साथ हुदा उनिहरुको सन्सार पुर्णिामाको जुन झै उज्यालो हुनथ्यो । दुई बर्ष पछि छोरी जन्मिइ । बिवाह गरेकै दिन सन्तानको प्राप्तिले उनिहरुको खुसि आकाशियो । दुबैको मायाको चिनो भएकोले छोरीको नाम ” माया ” राखियो । छोरीको आगमनसङगै उनिहरुको आर्थिक अवस्था पनि बलियो भयो । बच्चाको आगमन पछि आजको दिन हिजोको जस्तै सुनौलो हुने कुरै भएन । तैपनि खुसी थियो त्याहा । मिठास थियो अनि धेरै चाहि सम्झौता थियो । सन्तान प्राप्ती पछि स्वाभाविकले नै लोग्नेस्वास्निको शारीरिक दुरि बढ्छ । हो, उनिहरुमा पनि यो शाश्वत नियम लागू नहुने कुरै भएन्न । उनिहरु बिचको शारिरिक दुरि बढ्यो । रेखा छोरीको स्याहारमा ब्यस्त हुन थालिन ।
बिशालका लागि समय दिन धौधौ पर्न थाल्यो उनलाइ । घरको काम जति भए पनि नदेखिने तर भित्र भित्रै भने काम लम्पसार परेको हुन्थ्यो । घरको काममा बिशालले कहिल्यै सहायता गर्दैनथ्यो तर रेखाले कहिल्यै गुनासो गरिनन । खोइ किन हो ! बिशालको व्यवहार अलिक फरक भएको छ हिजोआज । उसलाइ बैबाहिक जीवन मोनोटोनस हुन थाल्यो । हिजो सम्म रेखा बिना बाच्न नसक्ने बिशाललाइ आज रेखा मात्र आबस्यकता भएकी छिन । बिशालले उनलाइ गर्ने मायामा कमि आइसकेको छ । अब त विशालले घर बाहिरै समय बिताउन थाल्यो । गाइगुइ हल्ला सुनिन्छ ” विशाल बेस्यागमनमा रमाउन थालेको छ रे ।” एकदिन उ मातेर घर आयो । नशाले लठ्ठ पारेको उसको शरिरमा कामदेब जागिसकेका रहेछन । रजस्वाला हुदा धेरै रगत बगेर कम्जोर भएकी रेखा माथी पासबिकतामा जबर्जस्ती गर्न पछि परेन उ । एउटा डाक्टर जस्तो मान्छेले डाक्टरी धर्म भुल्यो । श्रीमान् धर्म र कर्तब्य भुल्यो । रक्षक नै भक्ष्यक बन्न पुग्यो । सुहागरातको दिन रेखाको कुमारीत्वको प्रमाण नभेटेको निउ पारेर कहिले काहीँ अनाहकमा निउ खोज्ने अनि कहिलेकाही कुट्पिट पनि गर्थ्यो उ । कहिले आफन्त र इस्टमित्रका सामुन्ने बेइज्जत गर्थ्यो ।
जे जस्तो भए पनि लोग्ने हो , आफैले छानेको प्रेम हो भनेर उनले सधै खप्कि खाइ रहिन । रेखा आफै टुहुरी थिइन । बाबुआमा नहुनुको पीडा टुहुरोले बाहेक अरुले महसुस गर्न सक्दैन । उनी चाहान्थिन “उनले गरेको त्यो तितो महसुस उनको छोराले कहिले गर्न नपरोस ” छोराको बाल मस्तिष्कमा मानसिक असर पर्न नदिन दबिएर, चेपिएर, हेपिएर भए पनि उनी आफुलाइ सम्हालेर बसेकि छिन । ब्यस्तताको कारण विशाललाई समय दिन नसकेकी रेखालाइ विशाल स्वयम् पनि ब्यस्त भएको भन्ने प्रेमिल भ्रम परेको रहेछ । तर बिशालको बास्तबिकता भने फरक थियो । यो साचो हो, रेखाको बानी परेको विशाल पनि भित्र भित्रै कुन्ठित थियो । सधै बिशालकै समिपमा हुने रेखा सन्तान प्राप्ती पछि रेखाले उसलाइ वास्ता नगरेको कारण तनाब ग्रस्त थियो उ । मन भित्र कुन्ठित कुन्ठालाई स्खलन गर्न चाहान्थ्यो । छताछुल्ल पोख्न चाहान्थ्यो । सन्तानको आगमन पछि अचानक भएको परिवर्तनसङग असमायोजित भएको थियो उ ।
बिशालमा अचानक आएको परिवर्तन देखेर रेखा आजित थिइन । सम्झाइन , बुझाइन कारण खोतल्ने अनेक प्रयास गरिन । आफु स्वयम्म मनोबिद भएर पनि बिशालको ब्यबहारलाइ हेर्दा उसमा देखा परेको मनोबिशादको अडकल लाउन सकिनन । उनको अनन्य प्रयासले पनि बिशालमा परिबर्तन नदेखिए पछि एकदिन उनी परामर्शका लागि आफ्नै साथी मनोबिद करुणाको अफिसमा पुगिन । करुणाले समस्या पहिचानका निम्ति सोधेका प्रारम्भिक प्रश्नहरुको जवाफ दिन पनि उचित ठानेन बिशालले । भनिन्छन ” मानिसले आफ्नै मनलाइ सुनेन भने अरु कसैलाइ सुन्दैन ।” बिशालले आफुलाइ झाकेर मनको कुरा सुन्ने चेस्टा कहिल्यै गरेन । रेखाको हारगुहार गर्ने ठाउँ कतै थिएन । उनलाइ आफ्नै जीवन , जीवन जस्तो लाग्न छोड्यो । फूलैफूलको बाटो भरि काडैकाडा देख्न थालिन ।
विशाल हरेक कुरामा उसकै मनमर्जी गर्थ्यो । रेखाले भने हरेक सामान्य देखि अति सामान्य काम गर्नु पर्दा पनि बिशालको स्वीकृत लिनु पर्ने भयो अब । घर सल्लाह त हुनै पर्छ , तर घर सल्लाह र स्वीकृति लिने कुरा केवल स्वास्नी मानिसमा मात्र लागू हुनु पर्छ भन्ने छैन । लोग्ने मान्छेले बिना सल्लाह जे जसो गरे पनि हुने तर स्वास्नी मान्छेले चाहिँ घरबाट स्वीकृति नै लिनु पर्ने ? आखिर किन ? के नारी भएकै कारण एस्तो विभेद हो त ? समानता र समाबेशिकरणको गहकिलो मुद्धा खोइ कस्को घरमा लागू भएको छ हाम्रो समाजमा ? मनमस्तिस्कमा मुर्त प्रश्नका अमुर्त उत्तरहरुले फेरि द्वन्द मच्चाउन थाले । सायद मनुस्यको मनमस्तिष्क द्वन्द मैदान हो । जाहा द्वन्दको घमासान युद्ध भै रहन्छ फरक फरक विषय अनि प्रसङगमा । एउटा आधुनिक सोच भएको र सफल स्त्रीरोग बिसेसज्ञ विशालको स्त्री प्रतिको पुरातन साघुरो सोचाइ प्रती अचम्म होइन खेद छ । रेखाको हृदयमा बनाएको प्रेमको घर भन्त्काएर बिशालको प्रेम अन्तै बसाइ सरेको थियो । लोग्नेका लागि उनको अस्तित्वको महत्व नभए पनि छोरीका खातिर निभ्नै लागेको जिन्दगीको टुकिलाई जसोतसो साहस, सकारात्मक सोच र मनोबलको सलेदोमा आशाको तेल थपेर रेखाले धिप धिप भए पनि बालेकि थिइन ।
एकदिन उनको जिवनलाई तहसनहस बनाउने हुरी चल्यो ! बिशालले सहकर्मी डाक्टर प्रतिस्ठालाई बिबाह गरेको खबरले रेखाको धिपधिपे आशाको टुकिलाइ झ्याप्पै निभाइ दियो ! अन्धकारमा लम्पसार पर्यो उनको जीवन । रेखा रोइन कराइन अनेक बिन्तिभाउ गरिन । तर ! अह बिशालको मन पग्लिएन । छोरिको क्रन्दनले पनि उसलाइ चसक्क छुन सकेन । चारैतिर जीवन अन्धकार देखेकी रेखाले छोरीसङगै आत्महत्या प्रयास गर्दा पनि विशालको मनमा दयाको बेर्ना टुसाएन ।
एकतर्फी प्रेमले बाटेको जुईनो बलियो काहा हुन्थियो र ? यो सबै समयको परिबर्तनले रेखा र उनकि काखे छोरीको जीवन झन अँध्यारो भयो । सपाट जिन्दगिको कपिमा सुन्दर कथा लेख्न शुरु नगर्दै कालो मसि घप्लक्क घोप्टियो । रेखा अलग भइन । गुजारा चलाउन म.म. पसल खोलिन , कहिले चिया पसल , ठेलागाढामा सब्जी डुलाइन , बाटोमा पानीपुरी र चटपटे बेचिन । बाच्नका खातिर गरेका प्रयासहरु हमेशा निस्सार बने । एक्लि आईमाईलाइ हेर्ने दृस्ठिकोण फरक भै दियो । अरुबेला नानी,छोरी साइनो लगाउनेहरु एकान्तमा देख्दा झुकिए झै गरेर छुन , ढेसिन खोज्थे ।” लोग्नेले छोडेकी एक्लि आईमाई अलिकती एमोस्नल ब्ल्याकमेल गर्न सक्यो भने सहजै भोग्न पाइन्छ ” सायद एस्तै सोच्छन पुरुषहरु ! पाइलै पिच्छे गिद्दे नजर लगाउनेहरुको कमि थिएन । सस्ता शब्द र मनपर्दी पुरुष स्पर्शलाइ हासेर पचाएकी भए उनको दैनिकी कस्टप्रद हुने थिएन सायद । जाहा गए पनि जे काम गरे पनि उनलाइ हेर्ने पुरुष दृस्ठिकोण फरक भै दियो । उनलाइ त्यो ब्यबहार पचेन ।
हार नखादै हार मान्नु पर्यो उनले फेरि एकफेर । थालनी गरेको कुनै काम दिगो बन्न सकेन । ब्यालेन्स सकियो । गहनाहरु सकिए तर सस्याहरु थपिदै गए । समय जति बित्दै जान्छ आवस्यकताहरु उति थपिदै जाने रहेछन । उनका दिनहरु कस्टप्रद बित्न थाले । अब त छोरीका लागि अत्याबस्यक सामान खरिद गर्न सक्ने क्षमता समेत रहेन । सबै बलेको आगो नै ताप्न खोग्दा रहेछन । ज्वाला निभेर कोइलाको राप खरानिमा परिणत भए पछि खरानी फुसफुस उडे जस्तै साथिभाइ नातापाता सबै उडेर जाने रहेछन । अन्तर मनले भन्यो ” पढाइको उपयोग किन गर्दिनस रेखा !” उनलाइ मनको कुरा ठिक लागे पनि पैसा नभएकाले सम्भावना न्यून देखिन ।
आफुले परामर्श मनोबिज्ञान पढेको तर सस्था दर्ता गर्न लाग्ने सिमित रकम सम्म नहुदा समस्या परेको ब्यहोराको ठुलो प्ले कार्ड बनाएर केही दिन काखिमा छोरी च्यापेर उनि बाटोमा उभिइन । हज्जारौ मानिसहरु आवातजावत गरे । अह ! उनको समस्या र पीडा बुझ्न कोहि आएन । एकदिन हतारमा पाइला चाल्दै गरेकी मनोबिद डा. गङ्गा पाठकलाइ त्यो दृश्यले झट्ट तान्यो । प्ले कार्ड लिएर बाटोमा उभिएकी महिला अरु कोहि नभएर आइए प्रथम बर्षमा पद्म कन्या क्याम्पसमा मनोबिज्ञान पढाएकी उनैकी छात्रा थिइन । उनैको सहयोगमा रेखाले “खुसी मनोबैज्ञानिक परामर्श केन्द्र ” दर्ता गराइन । शुरूवाती दिनमा उनले निशुल्क सेवा दिइन । उनको परामर्शले धेरैको समस्या समाधानमा सहयोग मिल्यो । छुटेका प्रेम जोडिहरुको मिलन भयो । टुट्न लागेको बैबाहिक बन्धन पुन: बाधियो । डिप्रेसनले आत्महत्या गर्ने स्तिथिमा पुगेकाले पुन: जीवन पाए ! एन्जाइटी र एम्नेजिया भएकाहरुले केही राहत पाए । समस्या समाधान भएका क्लाइन्टले अरुलाइ लिएर आउन थाले । कसैकसैले स्वेच्छिक रुपले ” फि ” दिन थाले । सस्थाको बागडोर केही बलियो बनाए पछि थोरै शुल्क लिएर उनले परामर्श सेवा सुचारु गरिन ।
संघर्श गरि रहिन । हार खाइनन कहिल्यै तर सानो बच्चाको साथमा एक्लो जीवन भने जस्तो सहज नहुने रहेछ । बच्चा हेरिदिने कोहि थिएन । कहिले कोठामा थुन्थिन , कहिले क्लाइन्टसङग आएका साथिले हेरिदिन्थे अनि कहिले चकलेट चाउचाउ दिएर भुलाउथिन तर सधै त्यो उपाय सम्भब थिएन । उनलाइ न लोग्नेको साथ थियो न माइतिको आड भरोसा । परामर्श केन्द्रले नाम दिएको थियो । सामान्य जीवन ज्युनलाइ आर्थिक भर दिएको थियो । बिशालको अनुपस्थितमा रेखाको जीवन नुन बिनाको खल्लो तरकारी जस्तो भएको छ । काममा सन्तुष्ट मिलेको थियो तर ! आफुले चाहे जस्तो नहुने रहेछ । मातृत्वले बाधिएर उनी समयसङग हारिन । “खुसी मनोबैज्ञानिक परामर्श केन्द्र ” स्थापना भएको छोटो समयमै बन्द गर्नु पर्यो ।
टिनिनिनि…..टेलिफोनको आवाजले तन्द्राबाट ब्युझिइन उनि । पोखिन तयार आखालाइ हत्केलाले पुसिन । खुइय………..लामो श्वास तातीन अनि छेउमा भएको फोन उठाइन ।
हजुर नमस्कार !
हजुर थाहा छ । खान्छू हवस हजुर ।
ख्याल राख्छु म । चिन्ता नलिनु होस ।
सायद, कसैले केही कुरा सोध्दै थिए । उनको हिमाल झै उठेको पेट देखेर खानपिनमा ध्यान दिन भनेको अनुमान गरे मैले । अर्को महिनाको ठ्याक्कै आजकै दिन कसैको अबैध सन्तानलाइ रेखाको कोख भित्र हुर्काएको नौ महिना पुग्छ । अराजक र अबैधानिक काम समाजको आखामा तर रेखाको गरिबी र बाध्यताका आखामा भने बैधानिक ।
ठुला – ठुला पर्खाल अनि डर लाग्दा बिदेशी बाउन्सरको जेल भित्र कैदी जीवन बिताउदै आएकि छिन उनी । आफ्नो पुटुस्स उठेको पेट छाम्दै आफ्नै मनसङग गुनासो गर्छिन ” बिज अर्काकै भए पनि, बाध्यात्मक सम्झौतामा भ्रुण हुर्काए पनि आखिर म एक आमा न हु । म भित्र हुर्कदै गरेको रगतको डल्ला सल्बलाउदा मलाइ काउकुती लगाउदा, मेरो मातृत्व छाल बनेर बहुलाउन खोज्छ । मुटु कमजोर बनी दिन्छ । आइमाइको मुटु न हो पुरुष मुटु भइ दिएको भए सायद सम्हालिन्थ्यो कि !”आमा, म तिम्रो काखमा आएपछी मलाइ पराइको हातमा नबेच है ! म तिम्रै कोख भित्र सुरक्षित थिए आमा बाहिर किन बोलायौ मलाइ आफुसङग राख्नु थिएन भने ? ” एस्तै बाल अबोध प्रस्नहरुले झटारो हानी रहन्थ्यो उनलाइ । काठमान्डूमा लुकिछिपी अबैध ब्यबसाय गर्दै आएको सरोगेट एजेन्सिको बिदेशी एजेन्ट मार्फत आएको प्रस्ताब अनुरुप भाडामा आफ्नो कोख बेच्न बाध्य भएकि छिन रेखा । समयले उनलाइ आफ्नै रगत बेच्न बाध्य पारेको छ ।
आज अचानक बिशालको यादले बिछिप्त बनायो उनलाइ । बेइमानी धोकेबाज भन्दै गाली पनि गरिन । तिमिलाइ कुट्दा मलाइ दुख्छ भन्ने विशाल हात कमै उठाउथ्यो उनलाइ तर शब्दका तिखा बाण भने चलाइ रहन्थ्यो । बिशालले दिएको धोकाले आफ्नो आत्म -सम्मानमा चोट पुगे पछि रेखाले नै पारपाचुके दिएकी हुन तर पनि बिशाललाइ अझै अगाध माया गर्छिन उनी । प्रेमको नाममा चोट पाए पनि पहिलो प्रेम भुल्न नसकिने रहेछ । मायाको बहाबलाइ बाध बाधेर रोक्न नसकिने रहेछ । यादहरु सप्तकोशिको छाल झै उर्लिएर आउछन मन मस्तिष्क रुझाएर जान्छन । शक्ति सोरेर लैजान्छन । समयले चोटमा मल्हम लगाउन सक्दो रहेनछ । आलो घाउमा खाटा मात्र बस्ने रहेछ । चोट लागेको ठाउमा दाग बस्नुको अर्थ नै भुल्न नदिनु पो होकि !
आजकाल आमाछोरीको जीवनमा दुख छ । दुख भए पनि आत्म सम्मान र सन्तुष्टि छ । दुख भित्र नै सुख खोज्न थालेकी छिन उनले । परामर्श केन्द्र निष्क्रिय भए पछि पुन : छोरीको पालनपोषणका लागि सुरु भए आर्थिक संकटका दिनहरु । बालख छोरीलाइ कहिले काखी च्यापेर त कहिले इस्टमित्रकाहा छोडेर जागिरका लागि उनी धेरै ठाउँ भौतारिइन । अनुभव नभएको । बिबाहिताहरु नियममा नपर्ने । सम्झौता गर्न पर्ने आदि थुप्रै कारक तत्वहरु तगारो बनेर बाटो छेक्थे । अझ कतिले त सिधै अनैतिक प्रस्ताब समेत राख्थे । ती मध्ये धेरै त बाउ भन्न सुहाउने उमेरका हुन्थे । अचम्म लाग्छ ! के नारी शरीर पुरुषको बिर्य थन्क्याउने भाडो मात्र हो त ? नारी जाती नै आमा दिदी बहिनी हो भन्ने कुरा किन बिर्सन्छन पुरुषहरु ! कुनै पनि पुरुष महिलासङग यौनिक रुपमा मात्र जोडिन चाहान्छ ? किन ? काठमाडौको महँगोमा दुई पेट पाल्न धौधौ परेको उनलाइ कसैले भाडाको कोखबारे बतायो । मुटुलाइ दर्सी ढुङ्गाले किचेर उनले कोख बेच्ने निर्णय गरिन ।
अन्तत: महँगि गरिबी बेरोजगारी अनि बाध्यताका अगाडि घुडा टेकनु पर्यो उनले । अबैध ब्यबसायको रुपमा फस्टाएको अराजकतालाइ काध थाप्नै पर्ने स्तिथी ठिङग उभिएको थियो उनका अगाडि । काम गरेर इज्जतले बाच्न पनि नसक्ने स्तिथी आए पछि उनी बाध्य बनिन । सम्झौतानुरुप बच्चा जिम्मा लगाए पछि अन्य कुनै ठाउमा गएर छोरीलाइ राम्रो स्कुलमा पढाउने उनको कुन्ठित चाहना थियो ।
दुख लाग्छ दुनिया अनि स्वार्थी सन्सार देखेर । मानबिय सम्बेदना मरेर डुङ्गडुङ्गती गनाएको देखेर । हुदा हुदा कोख बेच्ने ब्यबसाय फस्टाएको देखेर । आखिर चिता त दाउराको नै हुन्छ । सुनको चितामा खरानि हुन पाइदैन नत कात्रोमा गोजि नै हुन्छ । किन मर्न खोज्छ मान्छे पैसाका लागि ? परामर्श मनोबिज्ञानमा स्नातकोत्तर हुन रेखा आफैमा । तर अरुको समस्या समाधान गर्न जस्तो सहज नहुने रहेछ आफ्नो मनलाइ सम्झाउन त्यो पनि मातृत्वको सवालमा । ड्यु डेट आज , नभन्दै रेखालाइ लेभर पेन सुरु भयो । सम्झौता र आउने सुखी जीवन भन्दा पनि मातृत्व प्यारो भयो अब उनका लागी । प्रसब पीडा भन्दा सन्तान छुट्ने पिडाले गहिरो दुख दिन थाल्यो उनलाइ । तीन दिनको अबिरल पीडा र दुखाइ पछि अन्तत: छोरी जन्मिइ । सम्झौता टुंगिने भयो । हरियो तन्ना बिछ्याइएको बिस्तारामा प्रसब पिडाले अजाख पल्टिएकी थकित रेखा सिस्टरसङग थकित आवाजमा बिछोडको पिडा ओकल्छिन
“मुख सम्म त हेर्न दिन्छन होला नि हैन सिस्टर ?”
रेखाको आखाबाट ममताको दर्के झरी पर्यो । अबिरल इन्द्रावती बगिरहयो । बगिरहयो । सन्तानलाइ स्पर्श गर्न पाउने आशामा रुदारुदै निदाइन उनी । ब्युझदा छेउकै टेबुलमा आठ लाख रुपैयाको ब्याग अनि सेतो कागजमा कालो मसिले लेखिएको पत्र थियो । ” रेखाले हतपत पत्र पढिन ।
प्यारी रेखा
धेरै धेरै माया अनि सम्मान,
धन्यबाद ! तपाइले निसन्तान हामिलाइ सन्तान दिनु भयो तपाइको कोखलाइ सलाम । माफी चाहान्छौ ! हामिले तपाइको कोखलाइ तपाइसङग भेट गराउन सकेनौ ।
मलाइ थाहा छ, यो गलत हो । एउटि आमाबाट उसको सन्तान खोस्नु भनेको घोर पाप हो । अन्याय हो । तर मलाइ दुख छ बहिनी । म स्वयम् बाध्यतामा छु । आखिर म पनि नारी हु । म भित्र पनि सन्तानको माया छ । तपाइकी छोरीलाइ कुनै किसिमको कमि हुने छैन । यो मेरो बाचा भयो । मेरो श्रीमानको अंश छ यो छोरीमा म एसकी जन्म दिने आमा नभए पनि एउटा असल आमा बन्ने छु ।
हो तपाइसङग गुनासो अवस्य रहनेछ म प्रती । छोरिसङग तपाइको भेट नगराउनुमा मेरो कुनै स्वार्थ छैन । मैले तपाइको मनोबिज्ञान बुझेको छु । छोरीलाइ देखे पछि तपाइमा अझै माया उर्लेर आउनेछ जसरी छाल उर्लन्छ बगरलाइ स्पर्श गर्न । तपाइले छोरीसङगको बिछोड सहन नसक्नु होला ।
सम्झनामा तडपिदा र तड्पाइको रापले पोल्दा कस्तो अनुभब हुन्छ मैले राम्रोसङग भोगेकी छु । मेरो तरिका गलत भए मलाइ माफ गरिदिनु होला । एउटि आमाको बाध्यतासङग कोख किन्ने दुस्साहस गरे म सारै लज्जित छु । ” पुनस्च : छोरी भेट्न चाहानु हुन्छ भने तपाइलाइ भिसा पठाइ दिन्छौ केही समयपछी । हामी कुरा गर्दै गरौला । आफ्नो ख्याल राख्नु होला लभ । “
तपाइकी साथी
क्रेजल
रेखा सिरानिले मुख छोपेर क्वा..क्वा..रुन थालिन । आमा र मैन बत्ति त उस्तै रहेछ । मैन आफै जलेर अरुलाइ उज्यालो दिन्छ । आफू स्वयम् भने अन्धकारमा रहन्छ । हो आमा पनि त्यस्तै त गर्छिन । आफै जलेर उज्यालो प्रबाह गर्छिन तर आफू भने फगत अन्धकारमा रहन्छिन ! रेखाका आखा कुइरिमन्डलले ढपक्कै ढाके । मुस्किलले पत्र पढि सकिन । बाग्मती अबिरल बगि रहयो । मौनता साधेर टोलाउनु बाहेक अरु कुनै बिकल्प थिएन त्याहा । आफ्नो प्रेमको चिनो छोरीको उज्वल भबिस्यको कसि अनि पैसा देखेर पनि उनको अनुहारमा सुर्योदय हुन सकेन ।
योजना र सपना सबै सबै नेपथ्यमा रहे । आफुले लगाएको हरियो गाउनलाई उनले पुलुक्क हेरिन । त्याहा कतै गोजि थिएन त्यो अस्पतालको गाउन कात्रो झै देखियो । यहि अस्पतालमा यहि गाउन लगाएर लाखौ भगवानको प्यारो भएका छन । दुख , कस्ट, लोभ लालच, छल गरेर कमाएको सम्पती पोको पारेर चितामा राख्न सकिन्न ? मरे पछि धनसम्पतिको आबस्यक्ता पर्दैन भनेर नै कात्रोमा गोजि नबनेको होला सायद । रेखाको मनोबल गिर्दो थियो । मनोबिशादले ग्रस्त मस्तिस्कलाइ छोरीको अबोध अनुहार हेरेर आफुलाइ अवस्थासङग समायोजन गर्ने अथक असफल प्रयास गर्थिन उनी । अस्पतालबाट घर फर्किए पछि मानसिक रुपमा केही ठिक भए पनि सुत्केरी शरीर भने गलेको र फुकेको थियो । ब्यस्त रहन पुस्तक पढ्न थालिन । फेसबुकमा रमाउन थालिन ।
फेसबुक र ट्विटरमा अकाउन्ट खोलिन । हिजोआज रेखा आफ्ना भावना त्यही बिसाउ छिन । उनले लेखेका स्टयाटसहरु अधिक सेयर हुन थाले । फ्रेन्ड रिक्वेस्ट अत्यधिक आउन थाल्यो । करिब बिस बर्षको जस्तो लाग्ने समीप नामको केटा त रेखाको लेखनको ठुलै फ्यान भएको छ । रेखाको जन्म दिन पारेर एउटा कविता इनबक्स गर्यो उसले । त्यसपछी उनिहरु बिच कहिले काहीँ कुरा हुन थाले । कुराको आयतन फैलिदै गयो । ब्यक्तिगत कुरा भए । रहर र चाहनाका कुरा भए । एकदिन समिपले भन्यो ” म कसैको प्रेममा परेको छु तर भन्न सकेको छैन । “
“किन त ? साचो प्रेम हो भने भन्न ढिला नगर्नुस ।”
त्यो त हो तर डर लाग्छ कतै मेरो कुराले उनि रिसाउछिन कि वा मसङग बोल्नै पो छोड्छिन कि ।”
रिसाइन भने फकाउने अनि बुझाउने जिम्मा तपाइकै हो । धक नमानी एकपल्ट भन्नुस । पक्कै सकारात्मक जवाफ आउने छ । ”
“ठिक छ म भन्छु तपाईं त्यसै भन्नू हुन्छ भने ”
“म तपाइलाइ धेरै माया गर्छु रेखा । तपाइसङग बिहे गर्न चाहान्छु । दिलकी रानी त देख्ने बित्तिकै बनाएको थे अब घरकै रानी बनाउन चाहान्छु ।”
“उनको नाम पनि रेखा हो ? कस्तो सम्योग ? ”
हजुर । रेखा हो उनको नाम । त्यो रेखा तपाईं नै हो ।”
के भन्दै छौ तिमी ? दिउसै तिनपाने धोक्यौ कि क्या हो ? आफ्नो बोलिलाइ लगाम देउ ।” म तिमी भन्दा जेठी कसैकी पत्नी अनि कसैकि आमा हु ।
“मलाइ थाहा छ रेखा । तपाइको वास्तबिकता । ” रेखाले सम्यमितता अपनाउदै कुरा क्लियर गरेर समिपलाइ ब्लक गर्ने सोच बनाइन ।
“म पुरुष जातलाइ घृणा गर्छु । मेरो नजरमा सबै पुरुष नारी शरिरको भोको छ । प्रेम भन्ने चिज केवल भ्रम हो भ्रम । प्रेम र बिवाहको नाउमा नारी शरीर मनलाग्दि भोग्न चाहान्छ पुरुष । आइन्दा मसङग एस्ता वाइयात कुरा नगर्नु । ”
“सबै पुरुष एउटै हुदैनन । समाज परिबर्तन गर्ने सोच राख्नु भएको तपाइले सबै पुरुषलाइ एउटै तराजुमा राख्न मिल्दैन । ”
हेर समीप, मेरो लेखनलाइ मैले नै मेरै व्यबहारमा उतार्नु पर्छ भन्ने छैन । तिमी कुरा बुझ आफ्नो भबिस्य बनाउ । मन नबिथोल । ”
तपाईं बिना मेरो भबिस्य छैन । सपना छैन । खुसि छैन रेखा । ”
” चुप लाग तिमी ।” रेखा म्यासेन्जरबाट तुरुन्तै लगआउट भइन । उनलाइ धेरै दिन फेसबुक खोल्न मन लागेन ।
करिब दुई हप्ता पछि फेसबुक खोल्दा समिपका धेरै म्यासेजहरु थिए । समिपको आशक्ती र आशुलाई आखाले जति नै बेवास्ता गरे पनि रेखाको मनले धेरै दिन सम्म बेवास्ता गर्न सकेन । अन्तत : समिपको हातबाट रेखाको सिउदो रङ्गियो। उनिहरुको जीवनमा अहिले इन्द्रेणी छाएको छ । छोराको निर्णय देखि निराश भएर समिपलाइ बेघर बनाइ दिए उमानाथले ।
एउटै सन्तानको बियोगमा सावित्री देबिका आँखा ओभाना कहिल्यै भएनन । नाति जन्मिएको खबर सुनेर उमानाथ दम्पति आज नातीको मुख हेर्न आए । छोरालाइ टाढैबाट हेरे । बुहारीलाइ हेर्दै हेरेनन तर भक्कानिएर नातिलाइ छातिमा टासे । हिड्ने बेला सम्ममा पनि छोरा बुहारी र नातिको माया पत्निका आखामा छछल्किएको देखेका उमानाथले मसिनो स्वरमा भने ” हिड छिटो घर जाउ बुहारीलाई भित्र्याउन अबेला हुन्छ ।”
सबैको ओठमा मुस्कान छायो । समिपलाइ अङ्गाल्दै उमानाथ दम्पती रोइरहे । धेरै बेर सम्म उनिहरुको आशुको भेल थामिएन । माया दगुर्दै आएर भनि ” हजुरहरु मेरो हजुरबुबा हजुरआमा हो है ! दर्शन गरे हस मैले ! मायाले लेग्रो तान्दै भनी ” बाबाले हजुरहरुको फोटो देखाउनु भको थियो अस्तिनै ।” हजुरबुबा हजुरआमा , ममिले हजुरको फोटो ठूलो बनाएर `नि हाम्रो पुजा गर्ने ठाउमा राख्नु भको छ हेर्ने हो ? आउनुस त । ? ” उमानाथकी श्रीमती आखाभरी आँसु बनाएर टोलएकी थिइन । उमानाथले मेरी नाती खै कति ठूलि भइछ भनेर जुरुक्क उचाले ।
माया खितितिती…. हासि । उसको बालशुलभ हासो अनन्त सम्म गुन्जियो ।
“अरे मेरी नातिनिको दात खोइ ?”
“बाबाले भन्नू भको मुसाले लगो ।”
उमानाथकी श्रीमतीका ओठ थोरै तन्किए ।
अनन्त अनन्त सम्म सबैको हासो गुन्जियो !
No comments:
Post a Comment