Sunday, 22 January 2017

डिप्रेशनबाट बच्न यि चिजहरुको सेवन बढी गर्नुहोस्

एजेन्सी । पछिल्लो समय धेरै मानिसहरु डिप्रेशनको शिकार भइरहेका छन् । शहरीया जीवन र विभिन्न तनावका कारण मानिसहरु डिप्रेशनलाई ठूलो समस्याका रुपमा हेर्छन् । यो समस्याबाट बच्नका लागी हालै बेलायतका गरिएको एक अध्ययनले धेरै भन्दा धेरै फलफुल, सागसब्जी, लियों, बादाम लगायतका फलफुल खाना सुझाएका छन् । १५०९३ व्यक्तिहरुमा गरिएको उक्त अध्ययनमा डिप्रेशनको मुख्य कारण पोषक तत्वको कमीका कारण हुने उल्लेख छ ।

falful

अध्ययनले मासु र मिठाई भन्दा पनि बदाम, फलफुल र सागसब्जी सेवन गर्ने मानिसहरुमा कम डिप्रेशनको शिकार हुने उल्लेख छ । स्पेन स्थित यूनिवर्सिटी अफ लास पाल्मस दे ग्रां कैनेरियाको अग्रणी अनुसन्धानकर्ता अल्मुदेना सांचेज-विलेगासका अनुसार हरिया सागसब्जी, फलफुल लगायतका आहाराले मानिसको मष्तिष्कलाई स्फुर्ती र तन्तुरुस्त बनाइराख्न मद्धत गर्छन् ।

जसका कारण मानिस हत्तपत्त सानातिना समस्याले डिप्रेशनमा फस्दैनन् । सांचेज(विलेगासका अनुसार यि सबै आहारा नियमित सेवन गरेको खण्डमा मानिसको स्वास्थ्यमा सकारात्मक प्रभाव पर्ने हुन्छ । अध्ययन प्रतिवेदन बीएमसी मेडिसिन पत्रिकामा प्रकाशित भएको छ ।


No comments:

Post a Comment