Sunday, 22 January 2017

चौमाला–खैराला सडक निर्माण कार्य अलपत्र


धनगढी १० माघ कैलालीको विकट पहाडी गाविसलाई तराईसंग सडक सञ्जाल संग जोड्ने लक्ष्यसहित शुरु भएको चौमाला–खैराला सडक निर्माण कार्य अलपत्र छ । सरोकारवाला निकायको लापरबाहीका कारण निर्माण शुरु भएको एक दशक पुग्न लाग्दा पनि उक्त सडकको ट्रयाक खोल्ने कामसमेत भएको छैन । सडक निर्माणमा भएको ढिलाईले खैरालाका बासिन्दाले हिंडेर तराई झर्नु पर्ने बाध्यताको अन्त्य हुन सकेको छैन । सडक निर्माणका लागि पर्याप्त बजेट नछुट्याईदा गाडी चढेर तराई झर्ने खैरालाबासीको सपना पुरा हुन सकेको छैन । स्थानीयका अनुसार २०६५ सालदेखि सडकको ट्रयाक खोल्ने काम शुरु भएको हो । करिब २६ किलोमिटर मध्ये ८ किलोमिटर सडकको ट्रयाक खोल्न बाँकी छ । ट्रयाक खोलिएको सडकमा पनि वर्षायाममा गाडि चल्दैन । ढुंगा र खाल्डाखुल्डी ट्रयाक खोलिएको सडकमा पनि गाडी चलाउन मुस्किल हुने गरेको छ । सडक निर्माणका लागि पर्याप्त बजेटको व्यवस्था नहुँदा निर्माण कार्यले गति लिन नसकेको हो । सडक निर्माणका लागि जिल्ला विकास समिति र गाविसबाट वर्षेनी विनियोजन गरिने बजेट हात्तीको मुखमा जिराजस्तै हुने गरेको स्थानीय बताउछन । सरकारी निकायबाट विनियोजन हुने बजेट ट्रयाक खोलिएको सडक सफा गर्र्नै ठिक्क हुने गरेको नेपाली काँग्रेस खैराला गाविसका सभापति टिकाराम ढुंगाना बताउनुभयो । सडक निर्माणका लागि ठूलो बजेट नहुँदा ट्रयाक खोल्ने कामसमेत झण्डै एक दशकसम्म पुरा हुन नसकेको उहाँले बताउनुभयो । -

No comments:

Post a Comment