भगवान् गौतम बुद्ध बौद्ध धर्मका प्रणेता हुन् । अधिकांश बौद्ध
परम्पराले उनीलाई हाम्रो कल्पका एक सम्यक सम्बुद्धको
रूपमा मान्दछन् । बुद्ध भन्नाले बोधिप्राप्त वा अन्तिम सत्यको
साक्षात्कार गरेको महामानव बुझिन्छ । बुद्ध कहलाईनु अघि
यिनको नाम सिद्धार्थ गौतम थियो । यिनीलाई शाक्य मुनि
गौतम बुद्ध पनि भनिन्छ । गौतम बुद्धको जन्म र
मृत्यु कहिले भयो भनी यकिनका साथ भन्न नसकिए पनि
बिसौं शताब्दिका धेरैजसो इतिहासकारहरू उनको जीवनकाल
५६३ ईशापूर्व देखि ४८३ ईशापूर्व रहेको भन्ने कुरामा एकमत
देखिन्छन्।पछिल्लो समयमा भएका अनुसन्धान अनुसार उनको
मृत्यु ४८६ देखि ४८३ ईशापूर्वको वीचमा रहेको मानिएको छ ।
तथापि गौतम बुद्धको जन्म बैशाख शुक्ल पूर्णिमाको दिन
हाल नेपालको सीमाभित्र पर्ने रूपन्देही जिल्लाको लुम्बिनी
भन्ने ठाउँमा भएको थियो भन्ने कुरामा दुईमत
छैन । उनले आफ्नो जीवनकालको पहिलो २९ वर्ष
पिताद्वारा प्रदत्त राजसी सुखमा बिताए। तर पनि उनी
सदा संसारमा व्याप्त दु:खको कारण र त्यसको निवारण के
होला भनी चिन्तित रहन्थे। यही दु:ख निवारणको सत्यमार्ग
पत्ता लगाउने उद्देश्यले २९ वर्षको उमेरमा गृहत्याग गरी
सिद्धार्थ भारतको विभिन्न ठाउँमा सात वर्षसम्म
कष्टदायक तपस्या गर्दै हिंडे। अन्तत: कष्टदायक मार्गले सत्यको
प्राप्ति हुन सक्दैन भन्ने महशुस गरी मध्यमार्गको अवलम्बन गर्ने
अठोट गरे। बोधगया भन्ने ठाउँमा एक बृक्षको मुनि
अधिष्ठानपूर्वक ध्यान गर्दा गर्दै उनलाई सम्यक सम्वोधि
प्राप्त भयो र उनी सम्यक सम्बुद्ध कहलाईए। त्यसपछि शेष ४५
वर्षसम्म उनी भारतवर्षका विभिन्न ठाउं पुगी दु:ख निवारण
सम्वन्धी आफूलाई प्राप्त महाज्ञान बाँड्न रातदिन लागिपरे।
गौतम बुद्धका केही जीवनउपयोगी वाणी पढ्नुस्: भुतकालमा
नउल्झ, भविष्यको सपनामा नहराउ। वर्तमानमा ध्यान देउ।
यहि खुसी रहने बाटो हो। तिम्रो क्रोधको लागि कसैले
सजायँ दिदैन, बरु तिमीलाई आफ्नै क्रोधबाटै सजायँ मिल्छ।
संकोच र शंकाको बानी भन्दा भयानक अर्को हुदैन। शंकाले
मानिसलाई अलग गर्दछ र मित्रता तोड्छ। हजारौं लडाइ
जित्नु भन्दा राम्रो यो हो कि तिमी आफुमाथी विजय
प्राप्त गर। अनि जित सदैव तिम्रो हुनेछ। तीन चिज कहिल्यै
लुक्न सक्दैन, सूर्य, चन्द्रमा र सत्य। लक्ष्यमा पुग्नु भन्दा
महत्वपूर्ण लक्ष्यसम्मको यात्रा राम्रोसंग गर्नु हुन्छ। हजारौं
शब्द भन्दा त्यो एक शब्द राम्रो हुन्छ जसले शान्ति ल्याउँछ।
घृणाले घृणा कहिल्यै कम गर्न सक्दैन। घृणालाई केवल प्रेमले
मात्र समाप्त गर्न सकिन्छ। यो एक प्राकृतिक सत्य हो।
सत्यको मार्गमा हिड्ने मानिसले केवल दुइ गल्ति गर्न सक्छ,
पुरा मार्ग तय नगर्नु या शुरुवात नै नगर्नु। क्रोधित रहनु,
जलिरहेको कोइलालाई कुनै दोस्रो व्यक्तिमाथी फ्याक्ने
इच्छाले समातेर बस्नु समान हो। यसले स्वयम आफुलाई नै
जलाउँछ। एक बलिरहेको दिपकबाट हजारौ बत्ति बाल्न
सकिन्छ, तापनि सो दिपकको प्रकाश कम हुदैन। यसै गरि खुसि
बाड्नाले बढ्छ, कम हुदैन।
No comments:
Post a Comment