Sunday, 22 January 2017

यी हुन् विश्वकै सबैभन्दा प्राचीन मन्दिर [ भिडियो सहित]

एजेन्सी, मन्दिरलाई विशेष गरी धार्मिक वा अध्यात्मिक स्वरुपले मान्ने गरिन्छ। यो मान्यता आजदेखि नभई प्रचीनकालदेखि नै चलिआएको छ। संसारमा यस्ता प्रचीन मन्दिहरु रहेका छन् जुन केवल पर्यटकको लागि घुम्ने थलोको रुपमा सिमित भएका छन्। तीमध्ये केही प्रचीन मन्दिरहरु यसप्रकार छन्।

प्यालेस अफ क्नोसोस
हेराक्लिाइनबाट ५ किलो मिटर दक्षिणमा रहेको प्यालेस अफ क्नोसोस रहेको छ। यो क्रेटेका सबैभन्दा महत्वपूर्ण तथा चिरपरिचित प्राचीन महल मानिन्छ।

यो महल १७ सय तथा १४ सय इसापूर्वको बीचमा निर्माण गरिएको हो। यसपछि यसको अवस्था जीर्ण हुँदै गयो। तर यसभित्र लिभिङ स्पेस, रिसेप्शन, वर्कसप तथा स्टोर रुम समेत रहेको थियो।
गोबेकली टेपे
गोबेकली टेपे संसारकै सबैभन्दा पहिलो र पुरानो मन्दिरको रुपमा चिनिन्छ। गोबेकली टेपे टर्कीको दक्षिणपूर्वी पहाडको टुप्पोमा अवस्थित छ।

अमादाको मन्दिर
अमादाको मन्दिर नुबियामा रहेको सबैभन्दा पुराना मन्दिर हो। यसको निर्माण १५ औ शताब्दीमा पूर्वी जिप्टियन फाराओह थुतमोस थ्रीद्वारा गरिएको थियो।

जिगान्तिया मन्दिर
गोजोको दीपमा हरेको एउटा पहाडमा ढुंगे युगको मन्दिर पसिर रहेको छ। यसलाई ३ हजार ६ सय देखि ३ हजार इसापूर्वमा निर्माण गरिएको हो। जिगान्तिया मन्दिर माल्टामा पहिलो पटक ठूलो ढुंगाबाट बनाइएको हो।

हगर किम र मन्जद्रा
हगर किम ठूलो ढुंगाबाट बनेको छ। यसको वरिपरि एउटा चट्टानमाथि माल्टाको दीपदेखि दक्षिणी क्षेत्रमा रहेको छ।

यसको मन्दिर उक्त चट्टानबाट ६ सय मिटर तल रहेको छ। हगर किममा रहेको सबैभन्दा ठूलो ढुंगा करीब ७ मिटर अग्लो र २० टन तौल भएको थियो।
टेम्पल अफ सेती फर्स्ट
एबीडोसमा नाइल नदीको पश्चिम तटमा अवस्थित छ। यसलाई मुर्दाघरको मन्दिर भन्ने गरिन्छ। यो निकै प्राचीन मन्दिर सन् १२७९ इसापूर्व सेतीको शासनकालमा निर्माण गरेको थियो।

हाइपोजियम
माल्टामा रहेको हाइपोजियम संसारकै एकमात्र प्रागैतिहासिक भूमिगत मानिन्छ। मुख्य रुपमा यो एक अभयारण्यको रुपमा रहेको छ भने यो त्यसबेला एक क़ब्रिस्तान बनेको थियो।

यो मन्दिर परिसर तीन स्तरमा बाटिएको छ। माथिल्लो स्तर (३६००-३३००) ईसा पूर्व, मध्यम स्तर ३३००-३००० ईसा पूर्व), तथा तल्लो स्तर(३१५० -२५०० ई.पू.) निर्माण गरेका छन्।
टेम्पल अफ हात्हेप्सुत
यसलाई एक महिला फर्काउने हात्हेप्सुतको मुर्दाघरमा मन्दिरको रुपमा बनाइएको छ। यसलाई १४७९ इसापूर्वमा हात्हेप्सुतले आफ्नो मृत्युअघिसम्म शासन गरेका थिए। यो मन्दिर नाइल नदीको पश्चिमी तटमा देइर एल बहरीको चट्टानको तल रहेको थियो।

द लुजोर मन्दिर
द लुजोर मन्दिर थेब्सको प्राचीन शहरमा नाइल नदीको पूर्वी तटमा रहेको छ। यसलाई १४ सय इसापूर्वमा नयाँ राज्यको स्थापना गरेका थिए।

स्टोनहेगेन्ज
दक्षिण पश्चिम इङगल्याण्डमा ठूलो र उभिएको ढुंगामा स्टोनहेगेन्जको निर्माण गरिएको थियो। यो दुनियाको सबैभन्दा प्रसिद्ध स्थल मानिन्छ।

स्टोनहेगेन्ज एउटा प्रचीन संस्कृतिद्वारा समेत बनाइएको हो। तर यसको कुनै लिखित प्रमाण भने छैन।
यस विषयमा अहिले पनि बहस हुने गरेको छ। यो ढुंगाको प्रतिष्ठित स्मारक करीब २५ सय इसापूर्व बनाइएको हो। यता, स्टोनहेगेन्जमा अन्तिम निर्माण १६ सय इसापूर्व भएको थियो।स्रोत: मिडिया एनपी

No comments:

Post a Comment