Showing posts with label Amazing. Show all posts
Showing posts with label Amazing. Show all posts

Tuesday, 7 February 2017

स्वस्थानी व्रतकथा, भाग – २६ (भोजपछि भण्डार रित्तियो)


कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! तहाँपछि डोलेहरूले चन्द्रावती रानीलाई भने – ‘हे महारानी ! स्वर्गबाट अप्सराहरू आएर स्वास्थानी परमेश्वरीको व्रत र पूजा गर्न लागेको देख्यौं र तिनीहरूकै संसर्गमा हामीले पनि पूजा गर्ने भयौं, जसले गर्दा आउनमा केही विलम्ब हुन गयो, क्षमा बक्सियोस् । हजुरका निम्ति पनि पनि श्री स्वस्थानी परमेश्वरीको प्रसाद ल्याई दिएका छौ, ग्रहण गरिबक्सियोस् ।’ यति भनी डोलेहरूले महारानी चन्द्रावतीलाई सम्मानपूर्वक श्री स्वस्थानी परमेश्वरीको फूलपाती र प्रसाद दिए । डोलेहरूका कुरा सुनेर चन्द्रावतीले रिसले राताराता आँखा पारी दाह्रा किट्तै ठूलो आवाज निकाली गर्जंदै भन्न लागिन् – ‘हे पापी डोलेहरू हो ! मलाई यहाँ थन्क्याएर भोक लागेको निहुँ गरी यतिका बेरसम्म कहाँ गएर के को पूजा गर्न लाग्यौ ? सेवकले गर्ने कर्तव्य यिनै हुन् ? त्यो पूजाले तिमीहरूलाई के दिन्छ ? श्री स्वस्थानी भनेकी कुन देवी हो, यस्तो नाम मैले आजसम्म सुनेकी पनि थिइँन । त्यस्ती नामै नसुनेकी देवीले कसको गर्न सक्छे र मलाई तिमीहरूले अटेर गर्यौ ? आज एक्ली छु अनि वनमा छु र मात्र, नत्र म तिमीहरूलाई नमारी छाड्ने थिइँन ।’ यति भनी डोलेका हातबाट उनीहरूले आफ्ना निम्ति ल्याएको प्रसाद खोसी थुःथुः गरी गोडाले कुल्ची फाली दिईन् । विचरा ती अनाथ डोलेहरूले रानीको त्यस्तो नराम्रो डरलाग्दो बेहोरा देखी डराउँदै आँखाभरि आँसु पारी केही पनि भन्न नसकी श्री स्वस्थानी परमेश्वरीलाई मनले सम्झी डोली बोकी आफ्नो बाटो लागे । जाँदाजाँदै लावण्य देशका निकट पुग्न लागे । त्यहाँ छेवैमा शाली नाम गरेकी नदी बग्थिन् । डोली बाकेका डोलेहरूले ती नदीको पुल आधा जसो तरिसकेका मात्र थिए, एक्कासी ठूलो चँदुवा टाँगे जस्तो मेघ उठी मुसलधारे पानी पर्न लाग्यो, साथै हुरीबतास पनि आई नदीको पुल भाँचियो । चन्द्रावतीका अगुवा, पछुवा र डोलेसमेत शाली नदीमा झरी मर्दा भए ।
You May Like
Odd Chinese Remedy 'Destroys' Nail Fungus in 1 Day
Japanese Toe Nail Fungus Code
10 Key Questions About Holiday Letting
Sykes Cottages
1 Fruit That ''Destroys'' Diabetes (Try This Tonight)
Diabetes Free
7-Time Lotto Winner Reveals The Truth How To Win Any Lottery
Lotto Crusher
Sponsored byEarnify
श्री स्वस्थानी परमेश्वरीका पूजाका प्रभावले डोलेहरू भने शिवरूप भई कैलाशमा गएर रहँदा भए । जुन मनुष्यले श्री स्वस्थानी परमेश्वरीको निष्ठापूर्वक व्रत गर्ला, त्यसले यी डोलेहरूले प्राप्त गरें झैं उत्तम गति पाउला । चन्द्रावती चाहिं नदीका जलभित्र जीवित अवस्थामा नै रहिरहिन् । चन्द्रावती शाली नदीमा झरेका दिनदेखि ती नदीको प्रवाह पनि बन्द भयो । यसरी नदीको बग्ने वेग नै अटल भएर स्थिर अवस्थामा रहेको देखी माझीहरू एक अर्कामा भन्न लागे – ‘यो के अनर्थ भयो, के आश्चर्य हुदैछ ? यो नदीमा कुनै विशाल गोही अथवा नाग आएर पानी छेकी दिएको हो कि, यो देशमा कुनै उत्पात हुने कुचेष्टा पो भएको हो ?’ यस्ता अनेक तर्कना गर्दै माझीहरू मिली राजा छेउ आई यो कुरा जाहेर गरौं भनी राजदरबार पुगेर बिन्ती गरे – ‘हे महाराज ! शाली नदी बग्न छाडिन् । यस्तो भएको हामीले अघि देखेका पनि थिएनौ, सुनेका पनि थिएनौ, आजै देख्नु परेको हो । प्रजावत्सल ! हे राजन् ! यो नयाँ कुरा पर्यो, विचार गरिबक्सियोस् ।’ माझीहरूका कुरा सुनी राजा नवराजले मन्त्रीलाई डाकी माझीहरूबाट सुनेको सारा वृत्तान्त कही हुकुम भयो – ‘मन्त्री ! तिमी आफैं नदी किनारामा गई माझीहरूलाई आदेश गरी चेकजाँच गर । जलभित्र कुनै जन्तु छ  कि ? वा अरु नै कारणले पानीको वेग रोकिएको हो, जाल हाली खोजी गर ।’ राजाको हुकुमअनुसार मन्त्रीले कर्मचारीलाई आदेश दिए । माझीहरूले जाल हानी तान्दा कति दिन अघिदेखि नदीका जलभित्र डुबेर रहेकी चन्द्रावती जालमा अल्झिएर आईन् । चिन्न पनि नसकिने, शरीरमा कुष्ठरोग उब्जिएकी र हातपाउ छिनेकी, होसचेत केही पनि नभएकी, हिलामा पुरै मुछिएको, कुहिएको रुखको मूढो जस्तो, मानिस हो वा अरु कुनै जन्तु हो थाहा नपाइने शरीर भएकी, यस्ती कुरूप भएकाले माझीहरूले उक्त मुढोजस्तो शरीर भएकी चन्द्रावतीलाई नदीका एक किनारामा फ्याँकी फेरि आफै जलभित्र पसी डुबुल्की मार्दै खोज्दै गर्नलागे । यसरी धेरैबेर खोजी गर्दा पनि केही पाउन सकेनन् र हार भई राजासमक्ष सबै कुरा बिन्ती चढाए । नवराज राजाले यी सबै कुरा सुनिसकेपछि शाली नदीका किनारामा पुगी प्रणाम गरेर ‘हे गङ्गे ! तपाईं किन आफ्नो प्रवाह रोकी स्थिर रहनुभयो ? मबाट जानी/नजानी हुन गएका कुनै अपराध भए क्षमा पाऊँ, मदेखि प्रसन्न भई दिनुहोस्’ भनी हातमा अर्घ्य लिई नवरत्न, पारो, गाईको दूध र दहीसमेत अर्घ्य दिए । यसरी राजाबाट अर्घ्य दिनासाथ शाली नदी सललल बग्न थालिन् । त्यो देखी राजा नवराज पनि हर्ष बढाईं गर्दै लावालस्करका साथ दरबारतिर सवारी भए ।

नदीका एकातिर मूढोजस्तो भएर लडी रहेकी चन्द्रावती भने छिनमा चेष्टा र छिनमा मूर्च्छा हुने, छिनछिनमा भोक तिर्खाले आकुलव्याकुल हुनेजस्ता अनेक बाधा र महाकष्टका साथ रहँदी भईन् । तिनलाई एकदिन भोकले अति नै बाधा गर्यो र खानेकुरा अरु थोक केही नपाउँदा भोक खप्न नसकी माटो खाउँ भनी हातमा लिईन्, तर त्यो माटो ढुङ्गो हुन गयो, त्यो ढुङ्गो नै खाऊँ भन्दा हड्डी हुन गयो, हाड नै खाउँ भन्दा खरानी भयो, खरानी नै भएपनि खाउँ भन्दा बतास आई उडाई लगिदियो । तब चन्द्रावतीले आफैलाई धिक्कार्दै मूर्च्छा परेर लडिन् । यसरी श्री स्वस्थानी परमेश्वरीके अवहेलना र निन्दा गरेकी हुँदा उनले नाना प्रकारको दुःख सहन गर्न बाध्य हुनुपर्यो । उता राजाले आफ्ना राज्यमा आयोजना गरेको बृहद् भोजमा निमन्त्रणा गरिएकामध्ये नवपुरवासी कपिल गोत्री दुई ब्राह्मण पनि सो भोजमा जान भनी त्यही बाटो हुँदै आएको चन्द्रावतीले देखिन् र ‘तपाईंहरू को हुनुहुन्छ अनि अहिले कहाँ जान लाग्नुभएको हो ?’ भनी सोधिन् । ती ब्राह्मणले पनि आफू कपिल गोत्रका ब्राह्मणहरू भएको र लावण्य देशका राजाबाट दिइन लागेको ठूलो भोजको निमन्त्रणामा सामेल हुन जाँदै गरेको कुरा बताए । त्यो कुरा सुनी चन्द्रावतीले भनिन् – ‘हे ब्राह्मणदेवता हो ! मेरो शरीर र अवस्था देखी हाल्नु भयो, त्यसमाथि पनि निकै दिन हुन लागे, मैले केही पनि खान पाएकी छैन, तपाईंहरू राजाको भोजमा जाँदैहुनुहुँदो रहेछ, म पापिनीका निम्ति पनि केही खाने कुरा मागेर ल्याई दिनु भए तपाईंहरूलाई धर्म होला । विरूप अवस्थामा मूढो झैं बगरमा लडिरहेकी चन्द्रावतीका कुरा सुनी ब्राह्मणले भने – ‘हे पापिनी ! अहिले हामी यसै हो भन्न सक्तैनौं, किनभने राजदरबारको कुरा के हुन्छ ? कसो हुन्छ ? के विश्वास, माग्ने मौका मिलेछ र पाइएछ भने ल्याउँला, भरसक हामी उपाय गर्ने छौ, भर परेर आशामा न पर्खिएस् ‘ । यति भनी ती ब्राह्मणहरूले आफ्नो बाटो लिए ।

नवराजका राजदरबारका आँगनमा ठूलो भोज लाग्यो । तोकिएका तिथिमा सबै आमन्त्रितवर्ग, ब्राह्मणहरू, आशामुखीहरूले परिपूर्ण भोज पाए । राजाले मानमर्यादा अनुसार भोजन गराई ब्राह्मणहरूलाई दक्षिणा पनि दिए । भोजपछि नवराजको गुण गाउँदै, आशीर्वाद दिंदै सबैजना आफ्नाआफ्ना घरतर्फ जान थाले । तर नवपुरबाट आएका दुई भाइ कपिल ब्राह्मण भने बगरमा लडेकी स्त्रीका कुरा सम्झिएर टक्क अडिए ‘केही नलिई जाऊँ भने त्यो पापिनी आशामा बाँची रहेकी होली, लिएर जाउँ भने कोसित मागेर लगिदिने ? के भनेर कसरी माग्ने ?’ यस्तो विचार गरेर कहिले यता कहिले उता कहिले भोजनशाला र कहिले भोजन गरेका ठाउँतिर जाने र आउने गर्न लागे । कहाँ के हुँदैछ ?, कसो हुदैछ ?, को भोको छ ?, कसले खान पायो ?, कसले पाएन ? भनी चारैतिर नजर दिंदै गरेकी राजमाता गोमाले अलिक परबाट ती ब्राह्मणहरूतिर नियालेर हेरिन् र ‘भण्डारे हो ! ती ब्राह्मणहरूले खान पाएनन् कि, दक्षिणाबाट सन्तुष्ट भएनन् ? झट्टै सोधेर के भएको बुझ’ भनी दरबारका भण्डारेहरूलाई अह्राईन् । भण्डारेले पनि ‘हे ब्राह्मणदेवता ! दानपानमा कुनै त्रुटि भयो कि के पर्यो ? राजमाताबाट सोधी बक्स्या छ’ भनी सोधे । यो सुनी ब्राह्मणहरू भन्दछन् – ‘हे भण्डारे जी ! महाराजका कृपाले हामीले इच्छापूर्वक भोजन गरी तृप्त भएर दक्षिणा पनि प्राप्त गरी सन्तुष्ट भयौं । हामी यहाँ पर्खिएको कारण के भने हामीहरू यता आउँदै गर्दा शाली नदीका तिरमा शरीरभरि कुष्ठी उब्जिएकी, हातपाउ झरेकी एउटी विरूप स्त्रीले हामीलाई देखेर ‘ब्राह्मण हो ! तिमीहरू भोजनबाट फर्किंदा मेराखातिर पनि केही खाने पदार्थ ल्याई दिनू, म पाँच दिनकी भोकी छु’ भनेकी थिई । हामी फिर्ने बाटो हेरेर त्यो आशा गरिरहेकी होली । त्यो कुरा भन्न नसकेर हामी पर्खिएका हौं । ब्राह्मणहरूका कुरा सुनी भण्डारेले राजमातालाई यथार्थ कुरो बताइदिए ।

यो कुरा सुनी ‘ब्राह्मणहरू ले जति बोक्न सक्छन् । त्यति खाने कुरा दिएर पठाऊ’ भनी राजमाता गोमाबाट भण्डारेलाई आदेश भयो । आज्ञा पाई भण्डारेहरू खाने पदार्थ लिन भण्डारमा पुग्दा त्यहाँ भएका सारा वस्तु रित्तिएरको देखी आश्चर्य हुँदै आएर गोमासित – ‘हे राजमाता ! भण्डारमा त केही पनि छैन, अब ब्राह्मणलाई के दिनू’ भनी बिन्ती गरे । भण्डारेका कुरा सुनी गोमा दगुरेर भण्डारमा गएर हेर्दा केही नदेखी ‘आफूलाई भनी राखेको भाग दिई हाल’ भनी आज्ञा गरिन् । भण्डारेले पनि राजमाताका निम्ति भनी ठीक पारेको भोजन लगी कपिल ब्राह्मणहरूसित – ‘हे ब्राह्मण हो ! के ले हो कुन्नि राजाको सम्पूर्ण भण्डार नै रित्तियो र ठूलो आश्चर्य आई लाग्यो । यो राजमातालाई भनी राखेको भाग चाँहि बाँकी रहेको रहेछ र त्यही लिई आएँ, यो नै लगेर त्यो स्त्रीलाई दिनुहोला’ भनी सुम्पिदिए । ती दुबै ब्राह्मणहरू अति शर्मका साथ त्यो खाने कुरा लिई दरबारबाट बाहिरिए । ती ब्राह्मणहरू निस्कना साथ त्यो राजदरबारभित्र अघि जोजो जहाँजहाँ थियो त्यस्तै गरी फेरि भरिपूर्ण भयो । हे अगस्त्य मुनि ! ‘श्री स्वस्थानी परमेश्वरीको निन्दा गर्नेको पापका प्रभावले त्यत्रो राजभण्डार नै रित्तिन गयो । ती निन्दा गर्ने चन्द्रावतीका दुःख कष्टहरू मैले तिमीलाई सुनाएँ । आउने अध्यायमा उनै श्री स्वस्थानी परमेश्वरीका कृपाले चन्द्रावतीको सारा पाप नाश भई सङ्कटमुक्त भएको कथा पनि सुनाउनेछु ।’ भनी कुमारजीबाट आज्ञा भयो ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघमहात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां चन्द्रावती-कष्ट-वर्णनं नाम षड्विंशोऽध्यायः ।।



ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

Monday, 6 February 2017

आज मंगलवार उठ्नेसाथ भगवान गणेशको दर्शन गरेर भिडियो हेर्नुहोश

Image result for amazing ganesh

यी बार मा जन्मेका बालबालिका धेरै सफल ! अनि तपाई ?

आइतबारको

दिन सूर्यको हो भने सोमवारको मुख्य ग्रह चन्द्र हो । मंगलवार मंगलको प्रभाव हुन्छ भने बुधवार बुधको । विहीबार वृहस्पति र शुक्रवार शुक्रको प्रभाव सबै भन्दा बढी हुन्छ । शनिवारको कारक ग्रह शनि मानिन्छ । ज्योतिषका अनुसार जुन बार जन्मियो त्यो बारको ग्रहको प्रभाव जीवनका सबै पाटामा पर्छ । मान्छेको स्वभाव र भाग्य समेत जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रीको दावी छ । कस्तो हुन्छ कुन बार जन्मिनको मान्छेको स्वभाव र भाग्य थाहा पाउनुस् । आइतबारः पुरुष आइतबार जन्मिने मानिस भाग्यशाली हुन्छन् । उनीहरुको आयु पनि लामो हुन्छ । यस्ता ब्यक्ति कम बोल्ने र कला र शिक्षामा अगाडी हुन्छन् । यो बार जन्मिने ब्यक्तिमा धार्मिक आस्था पनि हुन्छ र घर परिवारका सदस्यलाई खुसी राख्न अधिक प्रयास गर्छन् । तर यिनीहरुलाई २० देखि २२ वर्ष सम्म दुःख हुन्छ । स्त्री आइतबार जन्मिने स्त्री दान-पुण्य गर्ने र बलशाली एवं चतुर हुन्छन् ।

सोमबारः पुरुष सोमबार जन्मिने ब्यक्तिको बोली मिठो हुन्छ । यस्ता ब्यक्तिको जीवनमा सुख दुख बराबर जस्तै हुन्छ किन भने उनीहरुलाई दुःख सुख उस्तै उस्तै लाग्छ । सोमबार जन्मिने ब्यकेति विद्वान, कला कुशल र बहादुर पनि हुन्छन् । सोमबार जन्मिने ब्यक्तिलाई श्वास प्रश्वासको रोग हुन सक्छ यस्ता ब्यक्तिलाई ९, १२, २७ वर्षमा कष्ट हुन्छ । स्त्री सोमबार जन्म भएका महिला सुन्दर हुन्छन् । यस्ता महिलामा मिठो बोली र शान्ति प्रिय र पुत्रवति हुन्छन् ।

मंगलबारः पुरुष मंगलबार जन्म हुने ब्यक्ति सामान्यतया धनी हुन्छन् । यस्ता ब्यक्तिको स्वभाव उग्र हुन्छ । यसै कारण उनीहरुसँग मानिसहरु वेखुसी हुन्छन् । यिनीहरुलाई छाला सम्बन्धी रोग हुन सक्छ । दुख र सुख आउने जाने भैरहन्छ । स्त्री ज्योतिषका अनुसार मंगलवार जन्म भएका स्त्री कठोर हृदयका हुन्छन् यस्ता स्त्रीमा दया माया कम हुन्छ । यस्ता स्त्री दुब्ला पातला र झगडालु समेत हुन्छन् ।

बुधबारः पुरुष बुधबार जन्मिने ब्यक्ति धर्मकर्ममा मन भएका हुन्छन् । यिनीहरुको बोलीमा मिठास हुन्छन् । यिनीहरुको ८ र २२ वर्षको उमेरमा कष्ट पाउने योग हुन्छ । स्त्री बुधाबार जन्मिने स्त्री कुनै विशेष क्षेत्रमा रुचि राख्ने र विशेषज्ञता हासिल गर्ने हुन्छतन् । सरस्वतीको विशेष कृपा हुने हुँदा यिनीहरु सुन्दर र शुसील पनि हुन्छन् ।

विहीबारः पुरुष विहीबार जन्मिने पुरुष विद्वान र पराक्रमी हुन्छन् । यिनीहरुले जीवनमा धेरै उतार चढाव र समस्या झेल्नु पर्ने हुन्छ । तर पनि साहसी हुन्छन् । यिनीहरुसँग संगत हुनेहरु खुसी हुन्छन् । विहीबार जन्मिनेहरुलाई ७, १२, १३, १६ र ३० वर्षमा संकट पर्छ । स्त्री जुन स्त्रीको विहीबार जन्म हुन्छ त्यस्ता महिला उच्च शिक्षा हासिल गर्ने र सर्वगुणी हुन्छन् ।

शुक्रबारः पुरुष शुक्रबार जन्मिने ब्यक्ति हँसिलो स्वभावका हुन्छन् । बुद्दीमान र मृदुभाषी यिनीहरुको स्वभाव हो । यिनीहरु सहनशिल पनि हुन्छन् । यिनीहरु शौखिन हुन्छन् र २० र २४ वर्षको उमेरमा कष्ट हुन्छ । स्त्री कुनै पनि स्त्री शुक्रबार जन्मेकी छे भने उसको श्वभाव चंचल हुन्छ । यस्ता स्त्री मस्ती मजाक गर्छन् । परिवार र समाजमा विशेष इज्जत हुन्छ । केही काला रंगका भएपनि सुन्दर हुन्छन् ।

शनिबारः पुरुष जुन ब्यक्तिको जन्म शनिबार हुन्छ उनीहरु कृषि ब्यावार वा प्रविधीको क्षेत्रमा रुची राख्छन् । यिनीहरुका लागि बाल्यकाल कष्टपूर्ण हुन सक्छ । भाइ बहिनी वा दाइ दिदीबठ्ठ सन्तुष्टी मिल्दैन । यिनीहरुलाई २० र २५ वा ४५ वर्षमा कष्ट हुन्छ । स्त्री शनिबार जन्मिने स्त्री दुबली पातली हुन्छन् तर अग्ला । सामान्यतया यस्ता स्त्री कालो वर्णका हुन्छन । यस्ता महिला अरुका कुरा काट्ने पनि हुन् सक्छन् ।

Sunday, 5 February 2017

चीनले बनायो विश्‍वकै लामो तैरिने बाटो (फोटोफिचर)


चीनले एकपछि अर्को गर्दै विकासमा फड्को मारिरहेको छ।उसले विश्‍वमा विकास धेरै आयामहरु थपेको छ।
यो सँगै चीनले विश्‍वकै सबैभन्दा लामो तैरिन सक्‍ने बाटो बनाएको छ। चीनको लाउडियन प्रान्तको होङसुई नदीमा ५ किलोमिटर लामो तैरिने बाटो बनाएको हो।
यो बाटोमा करीब २ लाख भन्दा बढी फाइबरलाई तैराएर ५० किलोमिटर क्षेत्रमा सो बाटो बनाइएको छ। पानीको स्तरमा बदलाव आएमा यसको अवस्था समेत परिवर्तन हुनेछ। यसले नदीमा पर्यटन विकासमा टेवा पुगेको छ।
नयाँ वर्ष सन् २०१७को आगमनसँगै यो बाटो सर्वसाधारणको लागि खोलिएको छ। यहाँ सुरुकै दिनमा करीब ६० हजार बढी पर्यटकले अवलोकन गरिसकेका थिए।

डेली मेलका अनुसार नदीको बहाब र पानीको बदलाव अनुरुप यो बाटोको स्थिति पनि बदलाब हुन्छ। यहाँ मनोरञ्जनका लागि कार्टूनरुपी हास समेत उपलब्ध छ। यहाँ घुम्‍न आउने पर्यटकहरुलाई राति बत्तीको झिलिमिलीले झनै रोमान्टिक बनाइदिन्छ।


सार्वजानिक बिदा नराखी पात्रो प्रकाशन हुँदै, सर्वसाधारणलाई फेरी दुविधा -


काठमाडौँ, २३ माघ, नेपाल पञ्चाङ्ग निर्णायक समितिबाट स्वीकृति प्राप्त पात्रो (पञ्चाङ्ग) विसं २०७४ को सार्वजानिक बिदा समावेश नगरी प्रकाशन हुने भएका छन् । समितिले विसं २०७४ मा पात्रो प्रकाशन गर्न तोयनाथ, बाबुराम, नरनाथ, हिमाल, अठोला, तारकेश्वर, आकाश दर्शन, सूर्य, बङ्गलामुखी, शुभ, बाबा गोरखनाथ, सिद्धि र कीर्ति गरी १३ वटा पञ्चाङ्गलाई स्वीकृति दिएको छ ।

समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले दिएको जानकारीअनुसार गृह मन्त्रालयले विसं २०७४ मा दिइने बिदाको सूची उपलब्ध नगराएकाले आगामी वर्ष पनि पात्रोमा सार्वजनिक बिदा समावेश हुन नसकेको हो । नयाँ सालको नयाँ पात्रो यही माघ मसान्तसम्ममा प्रकाशन भइसक्ने छ ।

उनले भने, “यस वर्षका पञ्चाङ्गमा पनि मन्त्रालयले सार्वजनिक बिदाको सूची उपलब्ध गराउन ढिला गरेका कारण समितिले बिदा समावेश गरेको छैन, सार्वजनिक बिदा गृह मन्त्रालयले प्रकाशन गरेबमोजिम हुनेछ भन्ने सूचना राखिन्छ ।”

समितिमा सरकारले नियुक्त गरेका विद्वानको समूहले २०७४ सालमा पर्ने चाडपर्वको निर्णय गरेको हो । समितिको स्वीकृति नलिई प्रकाशन भएका पञ्चाङ्गमा चाडपर्व फरक पर्ने गरेकाले यससम्बन्धी कारबाहीका लागि गृह र  संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयमा लेखी पठाइएको छ ।

संस्कृति मन्त्रालय अन्तर्गतको समितिले प्रत्येक वर्ष प्रकाशन हुने पञ्चाङ्गको मस्यौदा हेरी स्वीकृत गर्ने गरेको छ । पञ्चाङ्गमा तिथि, बार, योग, करण र नक्षत्र गरी पाँच अङ्ग समावेश हुन्छन् । विसं २०७४ को संवत्सर साधारण नामको रहेको समितिले जनाएको छ । मन्त्रिपरिषद्को पुस अन्तिम साताको बैठकले सार्वजनिक बिदासम्बन्धी निर्णय गर्न समिति गठन गरेको छ ।रासस


मन्दिरका केहि नियमहरु

मन्दिरका केहि नियमहरु
मन्दिर त हामी सबैले बनाउने गर्छौँ । तर मन्दिरसँग सम्बन्धीत नियमहरु हामीमध्ये कमैलाई मात्र थाहा हुन्छ । मन्दिरमा मुर्तीहरुको संख्या कती हुनुपर्छ , मुर्तीहरु कस्ता हुनुपर्छ । यी कुराहरुको जानकारी हामीलाई कमै मात्रामा हुन्छ । आज हामी तपाईलाई मन्दिरका केहि नियमहरुको बारेमा जानकारी दिदैछौ ।

१.मन्दिरमा गणेश भगवानका तिन ओटा मुर्तीहरु बिर्सेर पनि नराख्नुहोस् । एक वा दुईओटा मात्र राख्नुहोस् ।
२ .आफूले पुजा गर्न ल्याएका भगवानका मुर्ती वा तस्वीरमा भगवान उठेको भए ध्यान दिनुहोस् । भगवान बसेका मुर्ती वा तस्वीरलाई मात्र पुजा गर्नुहोस् । भगवानका उठेका तस्वीरहरु अशुभ मानिन्छ ।
३. घरको मन्दिरमा देवी लक्ष्मी वा सरस्वतीको तस्वीर राख्नु शुभ हुन्छ । तर प्रतिमाको संख्या तिन भन्दा धेरै हुनु राम्रो हुदैन । मन्दीरमा लक्ष्मीका मुर्ती दुई ओटा राख्नु राम्रो मानिन्छ ।
४. सम्मान र सफलता पाउनको लागि पुजा कोठामा सूर्यको एक प्रतीमा राख्नु राम्रो हुन्छ । तर घरको मन्दीरमा एक भन्दा धेरै सुर्यको प्रतिमा भने बिर्सेर पनि नराख्नुहोस् ।
५. हामी पुजा घरमा शङख राख्ने गर्छौ । यो पनि पुजन रामाग्रीको अभिन्न अंग हो । तर एक मात्र शङख रुाख्नुहोस् । यदि तपाँईले दुईओटा शङख राख्नु भयो भने घरमा झै झगडा भईरहने हुन्छ ।
६. घरमा राखेको मन्दिर वरिपरि वा पुजा कोठा सफा राख्नुहोस् । मन्दीर वरिपरि फोहोर भयो भने देवी देउताको बास हुँदैन भनिन्छ ।
७. मन्दीर सफा गरिसके पछि मात्र पुजा गर्ने र दियो बाल्ने काम गर्नपर्छ । सफा गरिसकेपछि मन्दीरमा गंगा जल छर्कनु एकदमै शुभ मानिन्न्छ ।
८.पुजा कोठामा आगो सम्बन्धी सामानहरु राख्नु हुँदैन । बिशेषगरि ईलेक्ट्रीक सामान मन्दीरमा राख्नु अशुभ मानिन्छ ।

Friday, 3 February 2017

श्री स्वस्थानी ब्रतकथा – भाग २३ :: शुरवीर पण्डितको आवाजमा :: भिडियो हेर्नुहोस् -

श्री स्वस्थानी ब्रतकथा आज मिति २०७३ साल माघ २३ गते सप्तमी तिथि शुक्रबार, तदनुसार ०३ फेब्रूवरी सन् २०१७। हिन्दू धर्म ग्रन्थ अनुसार श्री महादेव स्वामी पाउँ भनी हिमालयकी छोरी पार्बतीले एक महिना फलाहार ब्रत बसी श्री स्वस्थानी माताको तपस्या गर्दा श्री महादेव स्वामी पाएको धार्मीक दन्त्यकथा अनुसारयो ब्रत बस्ने धार्मीक प्रचलन रहँदै आएको छ। माघ शूक्ल पूर्णिमाका दिनदेखि सुरु भएको श्री स्वस्थानी ब्रत कथाको द्वाबींश अध्यायको भिडियो हेर्नुहोस् >> (भिडियो : बुढा सुब्बा डिजिटल)
Eallnepalबाट


Thursday, 2 February 2017

छोरी – कथा || मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी कता हो कता असल हुन्छन्” ||


छोरी जन्मिएकी छ डाक्टर सा’ब, घुतुमुने ।’ नर्सले ल्याएर छोरी श्रीमान्को काखमा राखिदिई । सधैं धीर–गम्भीर रहने मेरा सिनियर सर्जन श्रीमान् अलिकति मात्र मुस्कुराए । उनको कन्जुस्याइँपूर्ण मुस्कानको मेरी आमाले के अर्थ लगाउनुभयो कुन्नि, मेरो हात समाएर स्नेहमा डुबेको स्वरमा भन्नुभयो–‘छोरी भै भनेर मन नखुम्च्याउनु होला ज्वाइँसाब, भोलि मर्न लाग्दा आफ्नै शरीरको अङ्ग दिएर बचाउने छोरी नै हुन्छन् । मरेपछि पिण्ड दिने छोराभन्दा जिउँदै हुँदा सम्मान दिने छोरी कता हो कता असल हुन्छन् ।’ मेरा आँखा आँसुले भरिए । ‘त्यो मलाई जति कसलाई थाहा छ र आमा ?’ मेरा श्रीमान्ले छोरीलाई छातीमा टाँसेर मलाई हेर्दै भने–‘बस्, मेरी छोरीमा पनि तपाईंकै छोरीको गुण आओस्, यत्ति नै चाहन्छु ।’ मैले आँखाभरि उनीहरूलाई हेरें । अनायासै मेरा आँखामा विगत उत्रियो ।

०००००
दाइ र मेरो उमेरमा केवल १८ महिनाको अन्तर थियो तर पनि हामीमाझ भेदभावको कुनै सीमा थिएन । अझ बा बितेपछि त आमाले पराकाष्टा नै गरिदिनुभयो । उहाँ १२ वर्षको दाइलाई १२ महिनाको केटाकेटीलाई झैं व्यवहार गर्नुहुन्थ्यो । आमाको कमजोरी बुझ्दै गएको दाइ पनि फाइदा उठाउने कुनै मौका छोड्दैनथ्यो । खेतबारी टन्नै थियो हाम्रो । खान–लाउन छेलोखेलो पुग्थ्यो । खटिनचाहिँ पथ्र्यो प्रशस्तै, जुन मेरो दाइलाई कहिल्यै परेन । आमा र म घोटिएर खेतबारीमा काम गथ्र्यौं । दाइ हल्लिएर समय बिताउँथ्यो । कामको चटारो हुँदा आमा मलाई स्कुल पठाउन खोज्नुहुन्नथ्यो तर म झगडा गरेर भए पनि स्कुल जान्थें । आमाका लागि त दाइले पढिदिए नै काफी थियो । म त छोरी थिएँ, अर्काको घर जाने जात, त्यसैले मेरो पढाइ–लेखाइको उहाँलाई कत्ति चिन्ता थिएन । आखिर उहाँले पनि त स्कुलको मुख देख्नुभएको थिएन ।
२० वर्ष पनि नपुग्दै दाइ गाउँकी एउटी केटी टिपेर भाग्यो । नौ कक्षामा दुईपल्ट फेल भएर पढ्न छोडी हल्लिएर बसेको मेरो दाइ लगभग १० महिना घर आएन । आमा दाइको चिन्तामा मृतप्राय: हुनुभयो । उहाँलाई दाइले पढ्न नसकेकोमा होइन, त्यति सानै उमेरमा केटी भगाएकोमा पनि होइन, बरु उनी आँखाअगाडि नभएकोमा बढी चिन्ता थियो । लगभग दस महिना घरमा मीठो–चोखो पाकेन । कुनै चाडबाड मानिएन । मैले कुनै चीजको रहर गरे उहाँ रुदै भन्नुहुन्थ्यो–‘मेरो बालख छोरो कहाँ, कुन ठाउँमा दु:ख पाएर बसेको होला, यसको मनमा भने अलिकति चिन्ता छैन ।’ केटी लिएर भागेको लाठे छोरोका लागि उहाँको मन सधैं रुन्थ्यो तर म जो घरको, खेतबारीको काममा खटिएर पनि स्कुल–कलेजमा सधैं प्रथम हुन्थें, त्यसको लेखाजोखा आमाले कहिल्यै गर्नुभएन ।



भागेको ११ औं महिनामा दाइ घर फर्कियो । ऊ स्वास्नी काठमाडौंमै छोडेर आएको थियो । पछि दाइ आमालाई फकाएर घरबार बेच्न लगाई सबै पैसा कुम्ल्याएर काठमाडौं गयो । मैले धेरै प्रयास गरें तर रोक्न सकिन । हामी आमाछोरी बाध्य भएर उसको पछि लाग्यौं । थानकोटमा पाँच आना जग्गामा बनेको सटर भएको घर किनेर दाइले पसल सुरु गर्‍यो । बचेको पैसाले छेवैमा अर्को घडेरी किन्यो । हातमुख जोर्ने बाटो भएपछि मैले बीएस्सी नर्सिङ पढ्ने इच्छा व्यक्त गरें तर आमा र दाजु–भाउजू सहमत भएनन् । आमा सहमत नहुनुको कारण–‘जति पढिस्, त्यति नै काफी छ । अब एउटा केटो खोजी विवाह गरेर जिम्मा लाइदिन्छु अनि जे मन लाग्छ गर्नू ।’



दाइ असहमत हुनुको कारण–‘फिस कसले तिर्छ ?’ भाउजू असहमत हुनुको कारण–‘घरधन्दा कसले हेर्छ ? पसलको हिसाब–किताब कसले हेर्छ ?’ तर मैले कसैको कुरा सुनिनँ । दाजुसँग भनें–‘मेरो विवाह नै गर्ने हो भने पनि खर्च त लाग्छ । मेरो पढाइ सुरु गराइदे, म तँमाथि बोझ बन्दिनँ । काम खोज्छु । फुसर्दका बेला यहीँ पसलमा काम गर्छु । मेरो विवाहको खर्च म आफैं जोड्छु । तेरो सुको खर्च गराउँदिन ।’दाइले मनमनै गुन्यो । भाउजूसँग सल्लाह गर्‍यो अनि ठूलो खर्चको अनुपातमा सानो खर्च चुन्यो । मेरो कलेजको फिस तिरिदियो ।
चार वर्ष बिते । मैले ट्युसन पढाएँ । रेस्टुराँ र पसलमा काम गरें । भाउजूको बेस्सरी चाकरी गरें । जस्तै चटारो भए पनि डिस्टिङ्सनका साथ नर्सिङ सकें र काम सुरु गरेपछि अस्पताल नजिकै बनेपा सरें । भाउजू खराब थिइनन् तर उनी अल्छी र कन्जुस थिइन् । त्यसैले म नभएपछि आमाको थाप्लोमा अझै काम थुप्रियो । त्यसै पनि गाउँ छोडेदेखि आमा घटेर आधा हुनुभएको थियो । मधुमेहको रोगी आमा डाक्टर देखाउन पटक्कै मान्नुहुन्नथ्यो । त्यसमाथि दाइ–भाउजू पैसा खर्च हुन्छ भनेर डराउँथे । म जसरी–तसरी सबैको हेरचाह गर्थें । कामको सबै बोझ आफ्नो थाप्लोमा लिने प्रयास गर्थें तर म बनेपा सरेपछि आमाले नै सिङ्गो घर र नाति–नातिनाको रेखदेखको जिम्मेवारी बोक्नुपर्‍यो ।



दाइका चार वर्षबीचमा जन्मिएका तीनजना सन्तानका लागि भाउजूको योगदान उनले तिनलाई जन्म दिनुबाहेक केही थिएन । म र आमाले उनीहरूको हेरचाह गर्‍यौं । अब भाउजू फेरि दुई जिउकी थिइन् । सर्ने बेलामा मैले आमालाई आफूसँगै जान आग्रह पनि गरें तर आमा न छोरा छोड्न सक्नुहुन्थ्यो, न भाउजू एक्लै घर र केटाकेटीलाई सम्हाल्न सक्थिन् । म चिन्तित मनले बनेपा सरें ।
०० ०० ००
यसरी नै अर्को एक वर्ष बित्यो । सँगै अस्पतालमा काम गर्ने एकजना सर्जन मतर्फ आकर्षित भए र बारम्बार विवाहको प्रस्ताव राख्न थाले । पहिले त मैले टार्न खोजें तर उनका बारेमा सबै कुरा बुझिसकेपछि म राजी भएँ । त्यसभन्दा पहिले मैले आफ्ना बारेमा सबै कुरा नढाँटी उनलाई बताएँ र विवाहमा खासै तडकभडक गर्न नसक्ने बाध्यता बताएँ । यो पनि उनलाई सहर्ष स्वीकार थियो । अनि मैले आमा र दाइसँग कुरा गर्न जाने मन बनाएँ । यसै पनि तीन महिना भैसकेको थियो म उता नगएको तर म उता जानुभन्दा पहिल्यै दाइको फोन आयो ।



आमा टिचिङ अस्पतालमा हुनुहुन्थ्यो । म हतारिँदै अस्पताल पुगें । आमाको अवस्था देखेर म साह्रै डराएँ । आमाका दुवै किड्नी ड्यामेज थिए । किड्नी खोज्ने कुरा चलेपछि पैसाको कुरो चल्यो । पैसाको कुरो चलेपछि दाइले सीधै भन्यो–‘मेरो यत्रो परिवार छ । पसलको कमाइले जसरी–तसरी मुखमा माड लाइदिन सकेको छु । मसँग एक पैसाको आशा नराख ।’ मैले अविश्वासपूर्ण दृष्टि ऊतिर तेस्र्याएँ ।

‘दाइ, गाउँको सारा श्रीसम्पत्ति बेचेर ल्याएर घरबार र व्यापार जोडेको छस् । म र आमाका लागि कहिल्यै खासै सिन्को भाँच्नु परेन । मसँग भए म झिक्थें तर मैले पनि त काम सुरु गरेको धेरै भएको छैन । त्यत्रो पैसा म एक्लैले कहाँबाट जोहो गरौं ?’ मैले भनें ।

‘बाउको सम्पत्तिमा छोराको हक त लागिहाल्छ नि, अब के तँ पनि हक खोज्न थालेकी ?’ ऊ जङ्गियो ।
‘बिस्तारै बोल दाइ’, मैले सेटेटिभको असरले निदाएकी आमाको अनुहार हेरेर दबेको स्वरमा भनें–‘अंश खोजेकी होइन मैले, तँलाई थाहा छ । बाको सम्पत्तिमा आमाको पनि त हक लाग्छ ? तैंले एक शब्द भनेको भरमा आफू जन्मी–हुर्किएको गाउँघर, भीरपाखा चटक्क छोडेर सारा सिरिखुरी तँलाई सुम्पेर आमा तेरो पछि लागेर यहाँ आउनुभयो । तँलाई गारो होला भनेर सिकिस्त बिरामी हुँदा पनि तँसँग कहिल्यै कुनै कुराको गुनासो गर्नुभएन । अहिले पनि यसरी नढलेकी भए कसैले थाहा पाउँदैनथ्यो उहाँको व्यथा । दाइ यस्ती आमाको त हक लाग्छ नि होइन बाको सम्पत्तिमा ?’ मेरो गला अवरुद्ध भयो । ‘हक लाग्छ भनेर म के सबै आमाको उपचारमा खर्च गरेर आफू पाटीको बास गरूँ ? ऊ झर्कियो । म आश्चर्यचकित उसलाई हेरिरहें ।
०० ०० ००
दाइकै कारणले मेरो र आमाको सम्बन्ध कहिल्यै राम्रो हुन सकेन । मलाई लाग्थ्यो उहाँ दाइ र मप्रति पश्चात्ताप गर्नुहुन्थ्यो । उहाँलाई लाग्थ्यो–म दाइको रिस गर्थें । आमा र मबीच सधैं कहिल्यै नटुङ्गिने विवाद चलिरहन्थ्यो तर उहाँ बिरामी भएपछि मैले केही भन्न छोडेकी थिएँ । यो त्यही दाइ थियो जसका लागि आमा सधैं मर्न तयार हुनुहुन्थ्यो । गाउँमा दाइकै कारण ती सबै आमाका पनि शत्रु हुन पुगेका थिए । म साक्षी थिएँ १० महिना दाइ नहुँदाको आमाको हालतको, जो एकोहोरो भएर हरक्षण गाउँ आउने–जाने बाटो नियाली रहनुहुन्थ्यो । मेरो परीक्षाका बेला पनि आमा मट्टीतेल खर्च हुुन्छ भनेर बत्ती बालेर पढ्न दिनुहुन्नथ्यो तर दाइको पर्खाइमा सधैं ढोकाछेउ एउटा बत्ती बालेर राख्नुहुन्थ्यो । न मीठो खानुहुन्थ्यो, न मलाई खान दिनुहुन्थ्यो । छोराका लागि मर्न तयार आमाको उपचार गर्न छोरासँग खर्च थिएन तर गाउँको सबै सम्पत्ति बेचेर किनेको उसको घरकै मोल आज आठ गुणा बढेको थियो । अर्को घडेरीको पनि उत्तिकै मोल पथ्र्यो ।

०० ०० ००
‘त्यसो भए घडेरी बेचूँ ।’ मैले उसलाई भनें । ‘भाउजूको नाममा छ ।’ उसले दबेको स्वरमा भन्यो–‘त्यसमाथि त्यो भएको एउटा घडेरी बेचेर म छोराछोरीको पढाइ–लेखाइ कसरी गरूँ ?’ मैले रिसले आँखा देखिन । ‘त्यसो भए तँ तेरो एउटा किड्नी दे आमालाई, बाँकी खर्च म बेहोर्छु ।’ ‘बहुलाइस् कि क्या हो ?’ उसले आक्रोशित स्वरमा भन्यो–‘भर्खर २६ वर्षको पनि भा’ छैन म । घरमा चार–चारवटा छोराछोरी र जवान जाहान छे । तँ कसरी सक्छेस् मलाई अङ्गभङ्ग हो भन्न ?’

‘एउटा किड्नी नहुनु अपाङ्गै हुनु होइन ।’‘भए पनि, एउटा मर्न लागेको मान्छेका लागि सद्दे मान्छे काटकुट पार्नु ?’ ‘पुग्यो दाइ पुग्यो ।’ मैले रुँदै भनें–‘आमा मरिहाल्नु हुन्न यति सजिलै, हामी भएको के काम लाग्यो त्यसो भए ?’ ‘हामी के गर्न सक्छौं ? आमा अहिलेसम्म बाँचिहाल्नुभयो ।नाति–नातिनाको मुख देखिहाल्नुभयो । अब चिरफार गरेर किन उहाँको परत्र बिगार्नु ? बरु काजकिरिया राम्रोसँग गरिदिउँला । अस्तु काशी सेलाइदिउँला । त्यसभन्दा अरू के चाहियो ?’ ‘निस्की हाल् । तुरुन्तै बाहिर निस्की हाल् ।’ म निकै कराएँ । ‘१२–१३ वर्षको उमेरमा विवाह भएर, सधैं दु:ख काटेर, तरुनी नहुँदै दुई–दुईवटा सन्तान जन्माएर, कलकलाउँदो उमेरमा विधवा भएकी । भर्खर ४० काटेकी । यस्ती आमालाई जिन्Þदगी दिनुको सट्टा दागबत्ती दिने कुरा गर्ने ? तँ जस्तो लाछीको मलाई कुनै मद्दत चाहिएन । मै दिन्छु मेरी आमालाई किड्नी । तँ निस्की यहाँबाट र गएर स्वास्नीको काखमा घुस्रिएर मर् । फर्केर नआइज यहाँ फेरि ।’ यति भन्दै मैले आँसु पुछें ।
‘तेरो त विवाह पनि भा’ छैन ?’ उसले उठ्दाउठ्दै भन्यो–‘जोसमा आएर कुनै नचाहिँदो निर्णय नगर् । मर्नेसँग सँगै सती जान सकिँदैन, जतिसुकै माया लागे पनि । भोलि विवाह गर्ने कोही निस्किएन भने बूढीकन्या नै बस्नुपर्ला, होस गर् ।’ मैले आँसु पुछें अनि दृढ स्वरमा भनें–‘कसैकी स्वास्नी बन्नुभन्दा पहिले छोरी त बन्न सकौं । मलाई जन्म र जिन्दगी दिनेको भारा त चुकाउन सकौं । त्यसपछि सोचौंला, बाँकी जिन्दगीको कुरा । छोरी नै हुन सकिनँ भने स्वास्नी कसरी हुनसक्छु ? आमा कसरी हुनसक्छु ? तँ जा दाइ । अब हाम्रो चिन्ता नगर् ।’ ऊ अनकनाउँदै बाहिर निस्कियो ।
मैले देखें, आमाको बन्द आँखाको काप हुँदै दुई ढिक्का आँसु गालामा गुल्टिए ।

०० ०० ००

Wednesday, 1 February 2017

के नेपाल फेरी पहिलेकै जस्तो हिन्दु राष्ट्र बन्ला ? हिन्दुराष्ट्र बनाउन भारतको सहयोग !

के नेपाल फेरी पहिलेकै जस्तो हिन्दु राष्ट्र बन्ला ? हिन्दुराष्ट्र बनाउन भारतको सहयोग !
काठमाडौं, १९ माघ, दैवीप्रकोप वयवस्थापन समाजले मंगलबारदेखि गौशालास्थित वनकालीमा नौदिने परोपकार विश्व शान्ति महायज्ञ सुरु गरेको छ । पहिलो दिन करीब पाँच सय जनाले कलशयात्रा गरेको थिए ।
पशुपतिनाथ मन्दिरका मूलभट्ट गणेश भट्टले संस्कृतका श्लोक वाचन गरेर महायज्ञ सुरुवात गरेका थिए । भारतीय जनता पार्टी झारखण्डका अध्यक्ष छत्रुराम महतोले कुनै हालतमा नेपालमा हिन्दुत्व बचाउनुपर्ने बताए । उनले भने ‘विश्वको एकमात्र हिन्दु राष्ट्र नेपाल भनेर गौरव गर्ने बाटो हराएको छ । अब यसलाई पुनर्वहाली गर्ने काम नेपाल र भारत दुबैको हो ।’ (अन्नपूर्ण पोष्ट दैनिकबाट)

स्वस्थानी व्रतकथा, भाग – २० (शिव शर्मा र गोमाको विदाइ)

कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! शिव शर्मा ब्राह्मण र गोमा कन्याको विवाह भएको पनि दश–आठ वर्ष समय व्यतीत भयो । त्यतिञ्जेल शिव शर्माले ससुराली अर्थात् शिव भट्ट र सती ब्राह्मणीका घरमैं बसेर गुजारा गरे । उक्त समयमा राम्रो सेवासुश्रुषा र चाकरी पाएकाले उनी हृष्टपुष्ट भए र खाइलाग्दा देखिन थाले । रहँदा बस्दा एक दिन उनलाई आफ्नो घरको सम्झना आयो र मनमनै गुन्न थाले – ‘अब यहाँ सधैं बसेर के गर्नु, घर जानुपर्छ होला ।’ यस्तो विचार गरी सासु–ससुराका छेउमा गएर उनले भने – ‘हे माता/पिता  ! तपाईंहरूका कृपाले कन्यादान पाई मेरो घरजम भयो । यसरी म हजुरहरूकहाँ बसेको पनि निकै वर्ष बितिसकेछ । उता मेरा घरमा हेरचाह गरिदिने कोही छैन । यस कारण, आज्ञा पाए घर जाँदो हुँ ।’ शिव शर्माका यी कुरा सुनी शिव भट्ट भन्दछन् – ‘ज्वाइँनारायण ! यो पनि त हजुरकै घर हो, हाम्रा पो को छन् र ? तपाईं हाम्रो र हामी तपाईंकै हौं, अनि यो जिलोजेथो पनि तपाईंकै हो, जान्छु भनेर नभन्नुहोस् !’ ससुराको कुरा सुनी शिव शर्मा बोले– ‘हजुर ! नजानु भन्ने आज्ञा नहोस् । एकचोटि पुग्छु र घरको हेरविचार गर्छु, त्यसपछि बरु चाँडो गरी फर्की आउँला । मेरो पनि त तपाईंहरूबाहेक अरु को छ र ? बाबा/महतारी, इष्टमित्र, कुलकुटुम्ब जे भने पनि तपाईंहरू । जस्तो मन लागेको जे पनि खान र लाउन दिई पाल्नेपोस्ने यस्ता दयालुलाई छोडी हामी कता जान्थ्यौं र ?’

यसरी आफ्ना माता/पिता सित आफ्ना पतिले गरेको कुरा सुनी गोमा ब्राह्मणीले भनिन् – ‘हे पतिदेव ! जाने मन भए मलाई पनि साथै लै जानुहोस्, नत्र म तपाईंलाई जानै दिन्न । तपाईंविना म यहाँ कसरी रहुँली ?’ गोमाले त्यति भनेको सुनी शिव शर्मा बोले – ‘हे प्रिये ! तेरो अवस्था काँचै छ, मसित जान नसक्लिस् । हाम्रो घर धेरै टाढा छ, पर्वतमा उक्लिनु र ओह्रालो झर्नु गर्दै लामो बाटो हिड्नु पर्छ । निकै दिन वनमा, ओढारमा, खोलामा र बगरमा बास बस्नुपर्छ । बाघ, भालु, स्याल र चितुवाको भय हुन्छ । तँ आफ्ना खुसीले बाबा/आमाका काखमा घरबाट टाढा नगईकन सुखले रहेकी हुँदा मसंग जाँदा बाटामा जाडो, गर्मी र भोक तिर्खाले दुःख पाउलिस् । अर्कातिर मेरो बृद्ध अवस्था छ, बाटामा चोर डाँकाले तँलाई हरेर लैजाने डर पनि छ । यसर्थ, तँ यहीं बस्, म घर पुगी वहाँको सबै खबर बुझी दुई महिना भित्रै आईपुग्छु, त्यति कति हो र ?’

शिव शर्माका कुरा सुनी गोमा भन्छिन् – ‘हे प्राणप्रिय ! फर्की आउन दुई महिना देखाउनु हुन्छ, तर तपाईंविना दुई घडी पनि म रहन सक्तिन । घामपानी, भोकतीर्खाले दुःख पाउलिस् भन्नु हुन्छ । पर्वत चढ्नुपर्छ, ओह्रालो झर्नुपर्छ, वनमा बस्नुपर्छ, वन्यजन्तुको डर हुन्छ, के तपाईंलाई चाहिं केही हुँदैन ? के तपाईंलाई चाहिं केहीले खाँदैन ? जस्तो गत तपाईंको त्यही गत मेरो पनि । म यहाँ एक दिन पनि बस्न सक्तिन । नलिई एक्लै जान्छु भन्नुभयो भने म हत्या गरी मर्नेछु ।’ आफ्नी स्त्री गोमाका यस्ता खरा र रामका वाणजस्ता तीखा कुरा सुनेर शिव शर्माले भने – ‘हे प्रिये ! त्यसो हो भने जाऊँ न त, जाऊ बाबा/आमासित विदा माग ।’ पतिको आज्ञा पाएपछि गोमाले माता/पिताछेउ गएर भनिन् – ‘हे बाबा/महतारी ! मेरा स्वामीसित म पनि आफ्ना घर जान्छु, विदा दिनुहवस् ।’

उनका माता/पिता ले यी कुरा सुनी – ‘हे पुत्री ! जान्छु नभन् । हेर, हामी दुबै अब बृद्ध भयौं । हाम्रो छोरो भने पनि तँ नै होस्, छोरी भने पनि तँ नै होस्, यसरी तैंले पनि छोडेर गएपछि भरेदेखि हाम्रो भोकतीर्खा कसले हेर्ला ? छोरी हुँदा घरै कत्ति उज्यालो भएको छ, तर छोडेर गईस् भने शून्य र औंसीको रात झैं अँध्यारो हुनेछ, तँविना हामी बाँच्न सक्तैनौं । हाम्रो सेवा गरेर बस् । तेरा पुरुषलाई यस पटक एक्लै जान दे, दुई महिना पछि ती आई जालान् ।’ आफ्ना बाबा/आमाको कुरा सुनी गोमाले भनिन् – ‘हे पिता ! हे माता ! तपाईंहरूले सम्पूर्ण धर्मशास्त्र, श्रुतिस्मृति र पुराणहरूमा हेरेर मलाई पनि बुझाउनु भएकै छ – स्त्री जातिका निम्ति तीर्थ भने पनि, व्रत भने पनि, दान भने पनि, धर्म भने पनि आफ्ना पति नै हुन् । पुरुष रहेसम्म स्त्रीले तीर्थ, व्रत, दान, धर्म नगरे पनि हुन्छ । कुनै स्त्रीले आफ्ना पतिलाई रिसले हेरे डेरी हुन्छे, पतिको वचन काट्ने पापिनी हुन्छे । पतिका मुख लाग्ने, पतिलाई गाली गर्ने लाटी हुन्छे । लुकाएर खाने कुकुर्नी हुन्छे । पतिका महिमा कति छन् कति ? यसर्थ, मलाई नछेकी दिनुहोस्, म नगए मेरो बृद्ध पतिलाई जाँदा र आउँदा बाटाघाटामा र वहाँ घरमा रहँदा कसले स्याहार गर्छ ? वास्तवमा यो संसारको नियम अनुसार, हाम्रो कुल परम्परानुसार बढेकी चेली माइत बसेर हुँदैन तथापि तपाईंहरूका निम्ति छोरो भने पनि, छोरी भने पनि म एउटै हुँ । यसकारण, मैले फर्किएर आई जानुपर्छ, जति सक्तो चाँडो आउँला ।’

छोरी गोमाका कुरा सुनी शिव भट्ट र सतीले भने – ‘हे पुत्री ! अब हामीले के भनौ र ? तँ आफ्ना पतिका साथमा जानू, होशियार रहनू, पतिको सेवा राम्रो गर्नू ।’ यति भनी दुबैले बर्बर आँसु खसाई छोरीलाई नाना थरीका वस्त्र र गहना पहिर्याए । त्यसपछि प्रशस्त द्रव्य दिई, डोलीमा चढाई, ब्रह्मपुर सहरका बाहिरसम्म पुर्याउन गए । त्यहाँबाट डोलेहरूलाई ‘बाटामा राम्रो गरी लगे है’ भनी अह्राई छोरीसित ‘गोमा ! हामीलाई नबिर्से, भरसक चाँडो फर्की आए’ भनीकन विदा गरे । गोमा पनि डोलीबाट ओर्लिई, बाबा/महतारीलाई निहुरेर प्रणाम गरी आफ्ना साथीसंगीसित पनि विदा भई फेरि डोलीमा चढिन् र गहभरी आँसु पारी डोलेहरूलाई बाटो लाग्न आज्ञा दिईन् । डोलेहरूले काँधमा डोली बोकी त्यहाँबाट प्रस्थान गरे । यसरी सात वर्षको उमेरमा बृद्ध पति पाएकी गोमाले आफू जन्मिएको, बढेको, खेलेको ठाउँ हेर्दे माइतीघर त्यागेर कर्मगृहको यात्रा प्रारम्भ गरिन् ।

इति श्री स्कन्द पुराणे केदारखण्डे माघमहात्म्ये श्री स्वस्थानी परमेश्वर्याः व्रतकथायां गोमा-पतिगृहगमन–वर्णनं नामैकविंशोऽध्यायः ।।



ॐ उपनयतु मङ्गलं वः सकलजगन्मङ्गलालयश्रीमान्
दिनकर–किरण निबोधित–नव–नलिनदलनिभेक्षणः कृष्णः ।।
काले वर्षन्तु पर्जन्यः पृथिवीशस्यशालिनी ।
देशोऽयं क्षोभरहितो ब्राह्मणाः सन्तु निर्भयाः ।।
अपुत्राः पुत्रिणः सन्तु पुत्रिणः सन्तु पौत्रिणः ।
निर्धनाः सधनाः सन्तु जीवन्तु शरदां शतम् ।।
तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च ।
तीर्थानि सर्वाणि वसन्ति तत्र यत्राच्युतोदारकथाप्रसङ्गः ।।
या कुन्देन्दुतुषारहारधवला या शुभ्रवस्त्रावृता
या विणावरदण्डमण्डितकरा या श्वेतपद्मासना ।
या ब्रह्माऽच्युतशङ्करप्रभृतिभिर्देवैः सदा वन्दिता
सा मां पातु सरस्वती भगवती निःशेषजाड्यापहा ।।
कायेन वाचा मनसेन्द्रियैर्वा बुध्यात्मनावाऽऽनुसृतस्वभावात् ।
करोमि यद्यत् सकलं परस्मै नारायणायेति समर्पये तत् ।।
अनन्य चेतसा भक्त्या श्रुतं यच्च कथामृतम् ।
समर्पयामि तत्सर्वं स्वस्थानीं परमेश्वरीम् ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।
ॐ अष्टासु च दलेष्वेषु मातृकाष्टस्थितास्तथा ।
खड्गं त्रिशूलं चोर्ध्वञ्च वामे च वरमुत्पलम् ।।
चतुर्भुजा त्रिनेत्रा च सर्वालङ्कारभूषिता ।
सुवर्णवद्विकासाभा स्वस्थानी परमेश्वरी ।।
ॐ श्री स्वस्थानी परमेश्वर्यै नमो नमः।।

पिपलको पुजा गर्नाले मिल्ने सुख यस्ता छन ।

पिपलको नियमित पूजा गर्नाले दरिद्रता भाग्छ । सुख, ऐश्वर्य प्राप्ति हुन्छ । त्यसैले पिपलको पूजा गर्नु राम्रो मानिएको गीतामा उल्लेख छ ।पीपलको पुजा गर्ने नै हो भने जुन दिन पिपलको पूजा गर्नु छ त्यो दिन सूर्योदय हुनु भन्दा पहिले उठ्नुहोस र स्नान गर्नुहोस् ।
Image result for peepal ko bot
स्नानकार्य समाप्तपछि सफा सेतो कपडा लगाएर जहाँ पिपल भएको ठाँउमा जानुहोस् । पीपलमा गाईको दूध, तिल र चन्दन मिलाएको पानी चढाउनुहोस् । चढाएपछि फूलप्रसाद चढाउनु होस् । धूपबत्ति बालेर दियो पनि सल्काउनुहोस् र बसेर यो मन्त्र मूलतो ब्रह्मरूपाय मध्यतो विष्णुरूपिणे । अग्रतः शिवरूपाय वृक्षराजाय ते नमः १०८ पटक पढ्नुहोस् । यो मन्त्र उच्चारण गरेपछि:

पिपलको एक विरुवा लगाउनुहोस् र त्यसको रक्षा गर्नुहोस् जसले गर्दा तपाईंको कुण्डलीका सबै ग्रहदोष शान्त हुन्छ । जब जब विरुवा बढ्दै जान्छ । तपाईको घरपरिवारमा सुखसम्वृद्धि हुँदै जान्छ । कोही व्यक्ति पिपलको बोटको तलतिर शिवलिङ्ग स्थापना गर्छ र नियमीत रुपले त्यसको पूजा गर्छ उसका सबै समस्या समाप्त हुन्छन् । अशुभ समय शुभ हुँदै जान्छ ।

शनि दोष, शनि साढेसाती र अढैया जस्ता अशुभ प्रभावलाई टाढा राख्न हरेक शनिबार पिपलमा पानी चढाउँदै सात पटक परिक्रमा गर्नु शुभ र फलदायी मानिन्छ । साँझको समयमा पिपलको रुख मुनी दियो बाल्नु राम्रो हुन्छ । पिपलको रुखको मुनि बसेर हनुमान चालिसा पाठ गर्नाले छिट्टै तपाईंलाई शुभ फल प्राप्त हुन सक्छ । यस प्रकारले पिपलको पुजा गर्नाले घरमा सुखसम्बृद्धि र शान्ति भई रहन्छ । osnepal. बाट

- See more at: http://karnalikhabar.com/news/2017/02/01/48417.html#sthash.160TJcle.dpuf

सरस्वती पुजा किन , कहिले देखी , कसरी , के का लागि मनाईन्छ ?

सरस्वती पुजा किन , कहिले देखी , कसरी , के का लागि मनाईन्छ ? बिधार्थी बर्गले मात्र बढी किन मनाउछन जानकारी लिनुहोस !
अन्य प्रयोगको लागि वसन्त (स्पष्टता) हेर्नुहोस ।

वसंत पञ्चमीमा पूजाकोनिम्ति तयार सरस्वती प्रतिमा
‘वसन्त पञ्चमी हिन्दूहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ । यो पूजा पूर्वी भारत र नेपालमा ठूलो उल्लाससित मनाइन्छ । यस दिन महिलाहरू पहेंलो वस्त्र धारण गर्दछन् । यो पर्व वेदांगज्योतिषकालमा वसन्तऋतु मधु(आर्तव चैत्रमास)मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अँझै पनि वसन्तपञ्चमी भनिन्छ । प्राचीनकालमा वसन्त ऋतुमा मनाइने वसन्तपञ्चमीपर्व यो वर्ष वैदिक तिथिपत्रानुसार वसन्तऋतुमा मधुशुक्ल पञ्चमीकै दिन तथा लौकिक पञ्चांगानुसार निरयणमाघशुक्ल पञ्चमी भनिएको एकैदिन परेको थियो । सौरवर्षमा(वि.सं.२०७२ फाल्गुण १ गते तदनुसार सन् २०१६ फेब्रुअरी १३ तारिकका दिन परेको थियो

प्राचीन भारतवर्षमा प्रसिद्ध वेदांग ज्योतिषानुसार एकयुगमा ५ संवत्सर, एक संवत्सरमा २ अयन, एक अयनमा ३ ऋतु, एक ऋतुमा २ महिना, एक महिनामा २ पक्ष र एकमा १५ दिन हुने र एकदिनमा ३० मूहुर्त हुने कुरा बताईएको छ । वर्षमा ऋतुबद्ध ६ महिना हुन्छन् । वसन्त सृष्टिकारक तथा मानिसहरूको मनपर्दो ॠतु थियो । जब फूलहरूमा बहार आउँथ्यो, जौ र गहूँका बालीहरू लहलहाउँथे । आँप आदीका रुखहरूबाट नयाँ पालुवा पलाउथ्यो । पुष्पबाट सुगन्ध फैलिन्थ्यो र चारैतिर रंग-बिरंगी पुतलीहरू उडनथाल्थे । कोकिल कुहु कुहु गर्दथ्यो तब राज्यमा वसन्त ऋतुको स्वागत गर्न वसन्तोत्सव मनाइन्थ्यो । शुक्ल यजुर्वेद शतपथ- २॥१॥३॥४ मा “ब्राह्मणो वसन्ते अग्नी आदधीत)” भनेर वसन्तमा ब्रह्मवेत्ता ऋषिहरूले अग्न्याधान गरे भनिएको छ । माघ महिनाको निरयण चान्द्रमाण पञ्चाङ्ग अनुसार पाँचौं दिन तथा वेदांगज्योतिषको वैदिक तिथिपत्रानुसार मधु(सायन चैत्र) महिनाको पञ्चमी तिथिमा एउटा ठूलो उत्सव मनाइन्थ्यो जसमा विष्णुर कामदेवलाई पूजा गरिन्थ्यो, यसैलाई वसन्त पञ्चमीको पर्व भनिन्थ्यो । शास्त्रहरूमा वसन्त पञ्चमीलाई ऋषि पञ्चमी भनेर उल्लेख गरिएकोछ,र पुराण-शास्त्रहरू तथा अनेक काव्य ग्रन्थाहरूमा पनि अलग-अलग ढंगले यसको चित्रण पाइन्छ ।

आरम्भ
सृष्टिको प्रारम्भिक कालमा भगवान विष्णुको आज्ञानुसार ब्रह्माले जीवहरूको, विशेष गरि मनुष्य योनिको रचना गरे । आफ्नो सृष्टिसित उनी खुशी थिएनन् । उनलाई केही कमी भएको भान हुन्थ्यो । जसको कारण चारतिर मौनता छाएकोथियो । विष्णुसित अनुमति लिएर ब्रह्माले आफ्नो कमण्डलुबाट जल छरे, पृथ्वीमा जलकण छरिने बित्तिकै कंपन हुनथाल्यो । यसपछि वृक्षहरूका बीचबाट एक अद्भुत शक्तिको उत्पत्ति भयो । यो प्राकट्य एक चतुर्भुजी सुंदर स्त्रीको थियो जसको एक हातमा वीणा तथा अर्को हातमा वर मुद्रा थियो । अरु दुई हातहरूमा पुस्तक र माला थिए । ब्रह्माले देवीसित वीणा बजाउने अनुरोध गरे । जब देवीले वीणाको मधुरनाद गरिन्, संसारका समस्त जीव-जन्तुहरूलाई वाणी प्राप्त भयो । जलधारामा कोलाहल व्याप्त भयो । हावा चल्दा सरसर आवाज आउँन थाल्यो अथवा शव्दको प्रादुर्भाव भयो । तब ब्रह्माले ती देवीलाई वाणीकी देवी सरस्वती भने । संगीतको उत्पत्ति गरेको कारण यिनी संगीतकी देवी पनि हुन् भनिन्छ । वसन्त पञ्चमीको दिनलाई यिनको जन्मोत्सवको रूपमा पनि मनाइन्छ । पुराणहरू अनुसार श्रीकृष्णले सरस्वती सित खुशी भएर उनलाई वरदान दिएका थिए कि वसन्त पञ्चमीको दिन तिम्रो पनि आराधना गरिनेछ भारत र नेपाल का धेरै भागहरूमा वसन्त पञ्चमीका दिन विद्याकी देवी सरस्वतीको पनि पूजा हुन शुरु भयो जो आजसम्म चलिरहेछ । यस सम्बन्धमा मिथक पुराणहरूमा यस्तो भेट्टाइन्छ- एकपटक ऋतुहरूका राजा वसन्त ऋतुको सम्मान कार्यक्रमको आयोजना अन्य पाँचौ ऋतु जम्मा भएर गर्ने विचार गरेछन् । यसै क्रममा आफ्ना राजा वसन्तलाई अभिवादन गर्दै पाँचवटा ऋतुले आफ्नो ऋतु कालबाट आठ आठ दिन वसन्तलाई समर्पण गरेछन् । यसैले वसन्त ऋतु अरू ऋतुभन्दा ४० दिन बढी हराभरा भएर लोकजीवनलाई आनन्दमय बनाउने भएकाले यही दिनदेखि वसन्त याम आएको हो भन्ने भनाइ छ । यसैले यो दिनलाई वसन्त पञ्चमीको नामले चिनिने मान्यता छ । हातको अघिल्लो भागमा लक्ष्मी मध्यभागमा सरस्वती र मूल भागमा ब्रह्माको निवास छ । अतः यही कर्मवादी हातलाई ब्रह्माको सिर्जनाशीलता, लक्ष्मीको सम्पन्नतालाई जोड्ने र गतिशील संसारलाई मोड्न मध्यभागमा सरस्वतीलाई राखेर सम्मान गर्ने परम्परा रहि आएको छ ।

पौराणिक महत्व
यसका साथै यो पर्वले हामीलाई अतीतका अनेक प्रेरक घटनाहरूको स्मरण गराउँछ । सर्वप्रथम ता यसले त्रेता युगमा रावणद्वारा सीता हरणपछि श्रीराम उनको खोजीमा दक्षिणतर्फ बढेका थिए । यसमा जुन स्थानहरूमा उनी गए, तिनमा दंडकारण्य पनि थियो । यहीं शवरी नामक तपस्विनी रहन्थिन् । जब राम उनको कुटीमा पुगे, उनले सुध-बुध हराई र चाखेर मीठा बयर फल रामलाई खुवाउन लागिन् । प्रेममा जुठा बयरहरू खुवाइएको यस घटनालाई रामकथाका सबै गायकहरूले आ-आफ्नो ढंगमा प्रस्तुत गरेकाछन् । दंडकारण्यको त्यो क्षेत्र अचेल गुजरात र मध्य प्रदेशमा फैलिएकोछ । गुजरातको डांग जिल्लामा त्यो स्थान छ जहाँ शबरी माताको आश्रम थियो । वसन्त पञ्चमीको दिन नैं राम त्यहाँ पुगेका थिए । त्यस क्षेत्रका वनवासी आज पनि एक शिलालाई पूज्दछन्, जसको बारेमा उनीहरूको विश्वास छ कि श्रीराम आएर त्यहीं बसेका थिए । त्यहाँ शबरी माताको मन्दिर पनि छ ।

वाणिकी देवी
संसारका सर्जक ब्रहृमाको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन्। राजहंसवाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन्। सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन्। भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको ‘सरस्वती कवच’को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरे। आवश्यकताअनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत्सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान हुन्छिन्।

संगीत र विद्याकी देवी

विद्याकी देवीमानिने सरस्वती
स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि सं देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको आकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजाका विधान छन्। बौद्धधर्मीहरूले उनैलाई मञ्जुश्रीका नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् भने बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्। वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सकेझैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ। संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्नेदेखि अन्य उद्यमशीलताका कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन। विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आˆना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन्। धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कति फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, शफ्, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन्। उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन्। सबैभन्दा उत्तम धन भनेको विद्या नै हो जसका धेरै प्रकार छन्। जसमध्ये चार वेद, चार उपवेद, सयौँ वेदाङ्गहरू, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष, मीमांसा, न्याय, धर्मशास्त्र, अठार पुराण, अठार उपपुराण, पञ्चमवेद, महाभारत, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद, स्थापत्यवेद -वास्तुशास्त्र) र अर्थशास्त्र प्रमुख छन्। विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ। भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ र यसको सदुपयोग हुन्छ। विद्याहीन व्यक्ति भाग्यबाट पनि टाढा रहन्छ। नैतिकता, लज्जा, त्याग, सेवा र समर्पण भाव नै विद्याका गहनाहरू हुन्।

नेपालमा सरस्वती पूजा

सरस्वतीका प्रसिद्ध पीठहरूमध्ये काठमाडौँ उपत्यकामा जयवागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा,भक्तपुर जिल्लाको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन देखिन्छ। श्रीपञ्चमीका दिन कामदेव र रतीको पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्तराग गाउने पनि चलन रहेको छ। प्राचीन कालमा नेपालमा वेदांगज्योतिषका आधारमा कालगणना गरिन्थ्यो | लसायन मकर संक्रान्तिको नजिक पर्ने शुक्लपक्ष प्रतिपदाबाट वेदोक्त तपोमास(आर्तव माघमास) मानिन्थ्यो |प्रत्यक्ष सौर उत्तरायण आरम्भ हुने दिनबाट सौरवर्ष आरम्भ मानिन्थ्यो |यसो हुँदा पनि उत्सवहरू चान्द्रवर्षका आधारमा मानिन्थ्यो |पछि निरयणवादको अवधारणा विकशित भयो| वैदिकज्योतिष गणितबाट सिद्ध जो दृक्सिद्ध सायनवादलाई पाखा लगाउने काम भयो | यही सायन र निरयणको तालमेल मिलाउन न सक्दा आज माघै महिनामै वसन्त पञ्चमी पर्व आउने भयो वैदिक कालगणनाका आधारमा चान्द्रवर्ष मान्दा आज पनि वसन्तऋतुमै वसन्तपञ्चमी आउने गर्दछ | चान्द्रऋतुक्रममा दोस्रोऋतु वसन्तागमनको पाँचौं दिनलाई उत्सवको रूप दिन तथा शृङ्गारिक बनाउन वसन्त रागले प्रेरणा दिन्छ। लगभग २०००वर्ष यताको कालगणनाको विग्रँदो स्थिति अँझै न सुधार्ने हो भने पछि गएर दुई ऋतुको फरक पारी वसन्तोत्सव मनाउने दिन न आउला भन्न सकिदैन|वर्तमान सरकारी पञ्चांग निर्णायक समितिद्वारा निर्णित तिथिमिति करीव एक महिना जति फरक परेको वास्तविकता त नेपाल सरकारले पर्वसुधार आयोग गठन गरी पर्व सुधार गरेर क्यालेणडर निर्माण गरी प्रचार प्रसार गरेको कुराबाट पनि बुझ्न सकिन्छ |अब यस तर्फ सबैको घ्यान जानु जरुरी छ|काव्यविनोदी,स्रष्टा,सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्तराग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी वा वसन्तपञ्चमीलाई मानिन्छ । @विकिपिडिया बाटImage result for saraswati mandir

नेपाली समाजमा SLC मा ८६% ल्याएर पनि कलिलो १७ बर्षमै जिन्दगीभरको लागि जेलसजाए पाएकी मेरिना सँगको दुखदायी सम्बाद !

नेपाली समाजमा SLC मा ८६% ल्याएर पनि कलिलो १७ बर्षमै जिन्दगीभरको लागि जेलसजाए पाएकी मेरिना सँगको दुखदायी सम्बाद ! काठमाडौं । “अभियुक्तलाई कर्तव्य ज्यानतर्फ जन्मकैद (२० वर्ष), अपहरणतर्फ १० वर्ष, गम्भीर प्रकृतिको अपहरण भएकोले दुई र महिलाको भएकाले थप दुई गरी १४ वर्ष कैद सजाय तोकिएको छ”, ६ वर्षअघि न्यायाधीश बालेन्द्र रुपाखेतीको इजलासले सजाय तोक्दा भर्खर १७ वर्षकी थिइन् मेरिना शाक्य। उनलाई लाग्यो संसार रोकियो। संसार सकियो। पढाइमा तीक्ष्ण उनको प्रतिभा देखेरै नेपालस्थित अमेरिकी दूतावासले राष्ट्रपति बाराक ओबामाको नीतिका बारेमा विश्लेषण गर्ने विद्यार्थी समूहको सदस्य उनलाई चयन गरेको थियो। तर अमेरिका हैन, अर्कै संसारमा पुगिन् उनी।

उनको उमेर र सजायको प्रकृति आकाश जमिनको फरक थियो। नेपालको कानुनले जस्तोसुकै अपराधमा पनि २० वर्षभन्दा बढी सजाय दिन मिल्दैन। शाक्यले रोएरै समय कटाइन्। तर जीवन लामो छ। जेलमा सबैभन्दा कान्छी उनी जेल जीवनमा अभ्यस्त हुन थालिन्। सुन्धारा केन्द्रीय कारागार पछाडि। घनाबस्ती बीचको पुरानो पर्खालले घेरिएको पुरानै भवन।

त्यहाँको अवस्थाले ‘महिला सुधार गृह’ को बोर्डलाई नै जिस्काइरहेथ्यो। त्यही भवनभित्रका ३ सय अस्थायीवासी मध्येकी एक युवती भेट्नु थियो । भेट्न मान्लिन् र ! मनमा शंका भए पनि लागेँ गेटतिर।गेटमा पुग्दा बर्दीसँगै बन्दुकधारी महिला घाम तापिरहेका थिए। उनीहरुसँग कुरा गर्न केही असहज लाग्यो। बर्दीधारीका बीच सामान्य पोशाकमा रहेकी एक युवती देखिइन्। म उनी भएतिर लागेँ। ‘साथी भेट्न कता जानु पर्छ?’ ‘साथी त भेट्न मिल्दैन होला तै पनि ट्राई गर्नु न’ भन्दै उनले भित्र जाने बाटो देखाइन्। म त्यतैतिर लागेँ।

गेटभित्र एक महिला प्रहरी सुन्तला छोडाउनमा व्यस्त थिइन्। ‘किन आएको?’ ‘साथी भेट्न’ भन्दै नाम लिएँ – ‘मेरिना शाक्य’। उनले मतिर घोरिँदै भनिन्, ‘यस अगाडि त कहिल्यै देखेकी थिइनँ त!’ भेट्न दिन्नन् कि क्या हो! मन चिसो भयो। ‘म विदेशमा थिएँ, बल्ल नेपाल आएकाले भेट्न आएको,’ मैले बाध्यतावश झुटो बोलिदिएँ। उनले चिट दिइन्। भित्र गएर त्यही चिट अर्की महिला प्रहरीलाई दिए लगत्तै उनले ठूलो स्वरमा बोलाइन्, ‘मेरिना शाक्य, तिम्रो साथी भेट्न आको छ।’

अघि गेटमा जसले ‘साथी त भेट्न नदेलान्’ भन्दै ट्राई मार्नु न भन्दै भित्र जाने बाटो देखाएकी थिइन्, उनै युवती पो म भएतिर आइन्। मेरिना उनै रहिछिन्। ५ फिट ३ इन्च जति उचाइ, अलिकति मोटो शरीर। पुक्क परेका गाला अनि ठूला सुन्दर आँखा। गाजल र लिपस्टिक, कपालको केही भाग अगाडि निकालेर अरु पछाडि बाटेको। रातो हुडी र नीलो पाइन्टमा थिइन् उनी। नजिकै आएर मलाई हेर्दै उनले भनिन् ‘चिन्दिनँ।’ सँगै प्रहरी पनि थिइन्। ढुकढुकी बढ्ने नै भयो।

भेट भएर पनि कुरा गर्न नसिकने भइयो भन्ने त थियो नै, ढाँटेर जेलभित्र आएको भनेर प्रहरीले केही गर्ने पो हुन् कि भनेर थप मन काँप्यो। २०६६ जेठ २२ मा अनामनगर बस्ने १९ वर्षकी ख्याति श्रेष्ठ हराइन्। ‘भाउ’ म्यागजिनमा अन्तर्वार्ता दिन घरबाट हिँडेकी उनी घर फर्किनन्। भोलिपल्ट ‘तेरे बेटी मेरे कब्जेमे हे, जिन्दा चाहिए तो १० लाख तयार रखना’ भन्ने सन्देश आएपछि उनी अपहरणमा परेको खुलेको थियो। तराईको भूमिगत समूहको नाममा फिरौती मागिएकाले महानगरीय प्रहरी अपराध महाशाखा र काठमाडौँ परिसरसँगै तत्कालीन प्रतिआतंकवाद निर्देशनालय समेत ख्यातिको खोजीमा खटिएको थियो।

दुई सातापछि ललितपुरको कार्यविनायक नजिकै टाउको, हातखुट्टा नभएको शरीरको भाग फेला परे पनि कसको हो पहिचान भएन। असार ७ मा सोह्रखुट्टेबाट वीरेन श्रेष्ठ पक्राउ परे। ख्यातिसँग परिचित श्रेष्ठको पक्राउपछि खुल्यो – नेपालको अपराध इतिहासकै एउटा क्रुरतम हत्या काण्डको पाटो। क्यासिनोमा जुवा खेल्दा लागेको ऋण तिर्न उनले ख्यातिको अपहरणमात्र गरेनन्, हत्या समेत गरे। वीरेनको सहयोगी खोज्दा १७ वर्षीय किशोरी फेला परिन्। उनी त्यही मेरिना थिइन्।

भाउ म्यागजिनको प्रतिनिधि बनेर ख्यातिलाई पुतलीसडकबाट नयाँबजारमा रहेको वीरेनको कोठामा लग्ने, ख्यातिको हत्यापछि सामान फाल्ने, वीरेनले ख्यातिको परिवारसँग लिएको फिरौति रकम राख्ने लगायतका घटनामा मेरिना संलग्न देखिएको भन्दै काठमाडौँ जिल्ला अदालतले वीरेनलाई मुख्य दोषी र मेरिनालाई सहयोगी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। मेरिना अहिले महिला कारागारमा बसेर त्यही कैद काटिरहेकी छिन्। मेरिनाले चिनेको छैन भने पनि पूरै अस्वीकार भने गरिनन्।

उनी त्यहीँ उभिइरहेकी थिइन्। प्रहरीकै अगाडि धेरै कुरा गर्दा बिग्रने सम्भावना धेरै थियो। अलि पर लैजान पाए कुरा गर्न सकिन्छ झैँ लाग्यो। ‘प्लिज एकछिन कुरा गरौं न’ भन्दै उनलाई प्रहरीभन्दा अलि पर जान आग्रह गरेँ। मानिन्। उनैले प्रहरीभन्दा करिब सय मिटर पर लहरै राखैको कुर्सीतिर लगिन्। मैले आफ्नो परिचय र भेट्नुको उद्देश्य बताएपछि उनी केही सहज भइन्। ‘कति ठूलो हुनुभएछ त,’ कुराकानी सहज बनाउन मैले भनेँ। ‘२४ वर्षको मान्छे ठूली हुँदैन त,’ उनले ठाडो जवाफ दिइन्। सिधै पुराना कुरा कोट्याउँदा बिच्किने सम्भावना थियो नै। ख्याति हत्या अभियोगमा पक्राउ पर्दा उनी एसएलसी दिएर बसेकी थिइन्। वातावरण सहज पार्न पढाइको कुराले सघाउन सक्थ्यो।

उसलाई नहेरी सोधेँ, ‘पढ्दै हुनुहुन्छ कि छोड्नु भयो?’ ‘एमबिएस गर्दैछु’ हौसिँदै एक्कै सासमा उत्तर दिइन्। पहिलो प्रश्नको छनौटले काम गर्‍यो। जव ख्याति हत्यामा सघाएको अभियोगमा उनी पक्राउ परिन्, त्यो बेला एसएलसी परीक्षा दिएर उनी ब्रिजकोर्स गर्दै थिइन्। अनुसन्धानका लागि उनी महानगरीय प्रहरी परिसर हनुमानढोकाको फलामेबार भित्र हुँदा एसएलसीको फलामे बार ८६.८७% ल्याएर पार गरेको खबर आएको थियो। ‘जति आतुर हुँदै रिजल्ट कुरेको थिएँ, त्यो रिजल्ट सार्वजनिक हुँदा बाँकी रहेन,’ प्रहरी हिरासत कक्षमा एसएलसीको नतिजा सुन्दाको मनस्थिति सम्झिइन् उनले।

अहिले उनी पिपुल्स क्याम्पसबाट मास्टर्स इन बिजनेस स्टडिज दोस्रो वर्षको परीक्षा दिने तयारीमा छिन्। ‘जेलमा परेको वर्ष त अब त पढेर के गर्नु भन्ने भएको थियो। एक वर्ष ग्याप भयो’, केही निराश हुँदै थपिन्,’नत्र अहिले मास्टर्स सकिन्थ्यो।’ सुरुमा उनले रोएरै समय कटाइन्। २०६७* सालमा आमाबुबाको सहयोगमा कान्तिपुर इन्टरनेशनल कलेज भर्ना भइन्। डिस्टिङ्सन होल्डर मेरिनाको सपना थियो साइन्स पढ्ने।

तर गुरु र कक्षाकोठामा हुने पढाइबाट टाढा रहेकी उनले आँटिनन्। व्यवस्थापन विषयमा भर्ना भएपछि उनी केही ढुक्क भइन्। ‘लाग्यो कम्तिमा पढाईलाई त निरन्तरता दिँदैछु।’ दिनभर रोएर वा मनमा कुरा खेलाएर बस्ने उनी अब पढ्न थालिन्। किताब, कलम र कापी पाएपछि आफूमा भएको नैराश्यतामा कमि आएको सम्झिन्छिन् मेरिना। भन्छिन्, ‘जिन्दगीमा परेर ठूलो पाठ सिकें। तर पढेर पुगेको थिएन।

प्लस टूको परीक्षा दिंदा, बल्ल सिक्ने क्रम सुरु भयो भन्ने लागेको थियो।’ उसो त आफ्नो पढाई निरन्तरता दिने निर्णय बुबा आमाको लामो संघर्षको परिणाम भएको जिकिर गर्छिन् उनी। आमाबुबाले हिम्मत हारिदिएको भए र मलाई पढ्नका लागि प्रेरणा नदिएको भए आफू आजसम्म पनि नैराश्यतामै रुमल्लिरहेको हुने अनुमान गर्छिन् उनी। प्लस टूको प्राप्ताङ्क याद गर्न सकिनन्। तर उल्लाससहित भनिन्, ‘फस्ट डिभिजनमा म्यानेजमेन्ट क्लियर गरेँ।’ गर्व गर्दै सुनाउँछिन्, ‘त्यो रिजल्ट मेरो मिहेनतको हो। एक्लै बसेर परीक्षा दिएँ। आफै पढेको भरमा।

न कसैको सारे न चोरें। मैले बुझेको थिएँ हरेक किसिमको परीक्षामा एक्लै उभिन सक्नु पर्छ, चाहे त्यो एग्जाम जीवनको होस् वा पढाइको।’ २०७० मा प्लस टूको परीक्षा सकियो। उनी सम्झिन्छिन्, आफ्नो सबैभन्दा राम्रो साथी किताब बनेको। सुरुमा उनलाई कारागारको वातावरणमा कसरी पढ्ने होला भन्ने थियो। तर आफूसँगै थुनिएकादेखि महिला प्रहरीहरुले पनि उनलाई पढ्नको लागि प्रोत्सहान दिए, हौसला दिए। सबैभन्दा राम्रो स्वअध्ययन गर्ने वातावरण दिए।

मेरिना ठूला-ठूला निस्कर्ष निकाल्न सक्दिनन् तर कम्तिमा नकारात्मक घटनाहरुले पढ्दै सिक्दै गरेकालाई असर नगरोस् भन्ने लाग्छ उनलाई। भन्छिन्, ‘समाज अझै पनि गल्ती गर्नेलाई भूल सुधार्न सिकाउनुको सट्टा गाली गरेर बस्ने स्तरमै छ जसले गर्दा मोटिभेसन नै गलत जान्छ। विशेष गरी सिक्दै गरेकाहरुमा।’ स्कूलका एकजना पनि साथी आजसम्म भेट्न नआउनु, आफन्तहरुको अनुहार स्मरणमा धमिलो हुँदै जानु, सम्झेर आउनु परको कुरा, सम्झाउन पनि आमा, बुबा र भाइबाहेक कोही नआउनु, यस्तै कुराहरु सम्झन्छिन् उनी।

मेरिना आफूले अनुभव गरेका भोगेका, सिकेका र बुझेका कुराहरुबाट पनि सकारात्मक उत्प्रेरणा दिन सकिने विश्वास राख्नसक्ने भएकी छिन्। ‘मेरो जेल जीवन जुन अवस्थाबाट सुरु भयो त्यस दिनबाट सिक्न थालें। आमाले खाजा बना छोरी भन्दा चाउचाउ उमाल्न नसक्ने म खाना बनाउन सक्ने भएँ। उपलब्धिहरुको कथा यस्तै साना साना सिकाइबाट सुरु भयो।’ ३०० महिला रहेका महिला कारागारमा बढीमा १० जना छन् आफ्नो पढाइलाई निरन्तरता दिने।

तीमध्ये मेरिना एक हुन् जो अहिले अन्य बन्दीहरुको पेशी तयारीमा सहयोग गर्ने, फर्महरु भर्न सहयोग गर्ने, निवेदन लेखिदिने। छोटो कुराकानी गर्दासमेत उनी व्यस्त देखिन्थिन्। कसैले बोलाउँथ्यो। कुनै कागजमा घोप्टिएर केही लेख्थिन्, मिले नमिलेको हेर्थिन् र फेरि नजिक आएर कुरा गर्थिन्। कान्तिपुर कलेजबाटै बिबिएस सक्काएकी उनी अहिले बन्दी कम प्रहरी सहयोगी ज्यादा लाग्छिन्। हातमा कलम र कागजपत्रहरु बोकेकी उनी खुशी देखिन्छिन्।

उनमा एउटा प्रतिबद्दता छ नकारात्मक भावनाहरुबाट टाढा बस्ने। भन्छिन्,’नराम्रो घटनाहरुले नै त राम्रो गर्ने प्रेरणा दिन्छ। थाहा हुन्छ नि त नराम्रो कामले राम्रो फल दिँदै दिँदैन भन्ने।’ काठमाडौं जिल्ला अदालतले उनलाई २० वर्षको जेल सजाय दियो। सर्वोच्चको सुनुवाई कुरिरहेकी मेरिना भन्छिन्,’जेलभित्र बसेर आफन्तहरु त कमाएकै छु। जेलभित्र पढेर कमाएको पनि छु। मेरो प्लस टू र ब्याचलर्सको सर्टिफिकेट नै मेरो सम्पत्ति हुन्।’

ब्याचलर्समा भने ५७% मात्र आएकोमा चित्त बुझेको रहेनछ उनलाई। ‘सँधै पढ्ने र बस्ने मात्र काम हुँदा पनि सेकेण्ड डिभिजन मात्र आयो’, आफैलाई सम्झाए जसरी भन्छिन्,’तर टियुको रिजल्ट प्रायको सोचे जस्तो आउँदैन भन्छन्।’ उनी आफ्नो पढाईलाई समाजको नकारात्मक धारणासँग जुध्नका लागि सञ्चय गरेको शक्तिको संज्ञा दिन्छिन्। केही आत्मविश्वाससहित बोल्छिन्, ‘अध्ययनशिलताको परिणाम काम नलाग्ने त पक्कै हुँदैन।

विगतमा जे भए भए। अब सकारात्मक परिवर्तन र परिणामको उदाहरण बन्न चाहन्छु।’ पहिले उनीमा डर थियो समाजले गर्ने टिप्पणी र उनको बारे बनाउने धारणासँग। तर उनले जेलमा बसेर धेरै घटनाहरु देखिन्, सुनिन्। आफूले बुझेको कुरा यसरी सुनाउँछिन्, ‘समाजमा नकारात्मक विषयहरुले ठाउँ चाँडै पाउने रहेछन्। सोही विषयमा भएको वा हुनसक्ने सकारात्मक परिवर्तन स्वीकार्न सक्ने निकै कम छन्। त्यसैले मैले आफ्नो ठाउँबाट परिवर्तनको लागि प्रयास गर्नुपर्छ।

आफ्नो ठाउँबाट माथि नउठी। तर नउठ्नुको अर्थ लुक्नु, भाग्नु, लजाउनु नहुँदो रहेछ।’ कारागारमा रहेर, अदालत धाएर र कागजी कामहरुमा संलग्न भएर आफूले थोरै भए पनि कानुनी विषयहरुको अध्ययन गर्न पाएको उनको दाबी छ। ‘अब एमबिएस सक्काएर एलएलबी गर्छु’, आफ्नो पढ्ने भोक अझै नमेटिएको जानकारी यसरी दिन्छिन्, ‘पढेर र परेर कहिले पनि सक्किँदैन होला। म पढेर, पर्न नहुने समस्यामा परेकाहरुका लागि धेरै गर्न चाहन्छु।’

सँधै हाँसी रहने मेरिना अरुको सहयोग गरेर थाक्दिनन्। उनीसँगै थुनामा रहेकी एक दिदी भन्छिन्,’पढ्न लेख्न मात्र होइन कुरुस काँटा चलाउन पनि जानेकी छिन्। स्वेटर, मोजा, पञ्जा बुन्न जानेकी छिन्। भान्सामा जान्ने अनि अरु विषयमा पनि उस्तै।’ दिदीले त्यति भनिसक्दा केही लजाउँदै पर हेर्छिन् उनी। ‘भूल भएका कुराहरुमा पश्चताप गर्न सक्नुले ऊर्जा दिने रहेछ’,उनको अनुभव यसरी बोल्छ,’जिन्दगीका धेरै कथनहरु समयसँगै सुनाउन अयोग्य हुने रहेछ।

तर म यहाँ बिताएको समयलाई खेर जान दिन्नँ।’ गोविन्द मैनालीको किताब ‘परिबन्दमा १५ वर्ष’ पढेर आफू धेरै प्रेरित भएको सुनाउँछिन् मेरिना। ‘म आफ्नो जेल अनुभवलाई त्यसैगरी प्रस्तुत गर्न चाहन्छु’, यसरी भन्छिन्,’लेख्नका लागि पढ्नु पर्छ। अहिले पढ्दै छु। कुनै दिन मलाई अरुले पढुन्।’ ‘जे नहुनु पर्ने त्यो भयो। मैले जानेर, बुझेर गरेको थिइनँ’, उनले भनिन्। पहिलो पोस्टबाट

गुगल ब्वाई आदित्यले गरे मृत्युका विषयमा कहिल्यै नगरेको भविष्यवाणी

काठमाडौँ । गुगल ब्वाई आदित्यको अनौठो भबिस्यबाणी गरेका छन् । एक प्रश्नमा उनले आफू १२ वर्षको भएपछि विश्वले चिन्ने उद्घोष गरेका थिए ।

उनका सन्देशहरु कहिलेकाहीँ निकै साहित्यिक पनि हुने गर्छन् । गत शुक्रबार सत्संगपछि उनले लेखेको सन्देश यस्तो थियो प्रेम यस्तो अमृत हो,जसले मृत्युको आवरणभित्र अनावरण भएको जीवन फर्काउन सक्छ । @ओसनेपालबाट

आजको दिन बालबालिकाहरूलाई अक्षर चिनाँउदा शुभ हुने!

माघ १९, काठमाडौं । आज श्रीपञ्चमी अर्थात विद्याकी देवी सरस्वती माताको पुजा गरिने दिन हो ।यो दिन बालबालिकाहरुलाई पहिलो अक्षर चिनाउने चलन रहँदै आएको छ । आजको दिन अक्षर चिनाउँदा शुभ हुने र बालबालिकाहरुले छिटो सिक्ने विश्वास गरिन्छ ।
Image result for saraswati mandir
यो शुभ दिनमा बालबालिकालाई लेख्न र पढ्न सिकाएमा पछिसम्म सिक्ने विश्वासले अक्षराम्भ गराउने प्रचलन छ । त्यसैले आजका दिन आफ्ना बालबालिकलाई अक्षराम्भ गराउन मन्दिर र विद्यलय तथा सरस्वतीको मन्दिरमा बिहानै देखि अविभावकहरुको घुईचो देखिन्छ ।

आजकै दिन विद्यालयहरुले विद्यार्थीहरुलाई नयाँ भर्ना गर्न विषेश छुट सहितको व्यावस्था गरेका छन् ।


Tuesday, 31 January 2017

सबैभन्दा पहिला गणेश भगवानकाे पुजा किन गरिन्छ ? यस्तो छ कारण

गणेश भगवान् हिन्दू धर्मावलम्बीहरूले सबैभन्दा पहिले पूजा गर्ने देवताको नाम हो गणेश । हात्तीको शिर तथा मान्छेको जस्तो शरीर भएका ठूलो भूँडीवाल भगवान गणेशलाई विघ्न हर्ता तथा सिद्धि दिने सिद्धि विनायक भनेर पूजा गरिन्छ। ऋद्धि र सिद्धि यीनका श्रीमती हुन्। नेपाल तथा भारतमा धेरै मानिसहरूको नाम गणेश राखिएको हुन्छ।शिवमहापुराणमा गणेशको नामबाट परिचित भगवान गणेशको जांतहुने,पुजागर्ने तिथि ,मिति ,बिधि,बिधानमा एकरुपता छ | तर नेपालको सूदुरपश्चिम डोटी क्षेत्रमा गणेश भगवानलाई फरक नामले पनि चिन्ने गरिन्छ |

जस्तै
डोटी बोगटानमा धिरगाणी (गणेश) भनिन्छ |
डडेल्धुरामा गन्याप लाटो (बडालको लाटो देवता) भनिन्छ |
दार्चुलामा लटिनाथ /लट्बाव (गणेश ) भनिन्छ |
गणेश शब्दको उत्पत्ति गण+ईश मिलेर भएको हो जसको अर्थ हुन्छ गण हरूका देवता। शिवगणमा प्रमुख गण नन्दी कहलाईन्छन्। नन्दी सहित सवै गणहरूका देवता चाहीँ गणेश कहलाईन्छन्।

गणेशको रूपले के बुझाउछ ?
(भगवान श्री गणेश)
भगवान श्री गणेशको रूपमा भिन्नता रहेको छ।यो भिन्नताले आफ्नो-आफ्नो छुट्टा छुट्टै महत्व देखाउँछ। भगवान श्री गणेशको पूजा सबै देवताहरू भंदा पहिले हुन्छ।काममा कुनै बिध्न बाधा उत्पन्न न होस् भनेर कुनै पनि काम थालनी गर्नु भन्दा पहिले सबैले भगवान श्री गणेशको आरधना र स्मरण गर्दछन्। यहाँ भगवान श्री गणेशको रूपले के भन्दै छ ? भन्ने बारेमा टिप्पनी गरिदै छ।

शिर
भगवान श्री गणेशको शिर हात्तीको छ।हात्तिलाई संसारको सबै भन्दा ठूलो थल चर प्राणिको रूपमा लिइन्छ। कुनै मान्छेले कुनै काम गर्दा समाजमा आफ्नो शिर ठाडो रहोस् आफुले समाजमा शिर झुकाउनु न परोस् भन्ने सोच सबैको हुन्छ। भगवान श्री गणेशको शिरले कसैले पनि जो सुकै कामको थालनी गर तर समाजमा शिर झुक्ने काम न होस् भन्ने बुझाउछ। यसैले हामीहरूले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको हात्तिको शिरको स्मरण गरी समाजमा शिर ठाडो रहोस् समाजको अगाडी शिर न झुकोस् भन्ने शिक्षा पाउनु पर्छ। जिव विज्ञानका अनुसार हात्ती ठूलो प्रणी भए पनि यसले अरु सबै चिजहरू आफु भन्दा ठूलो देख्द छ। यसैले गणेश भगवानको हात्तीको शिरले के पनि बुझाउँछ भने संसारमा कुनै पनि जिव छ त्यसलाई आफु भन्दा ठूलो मान भन्ने भावना राख्नु पर्द छ।

कान
भगवान श्री गणेशका कानहरू ठुला छन्। मानिसले कुनै पनि कामको थालनी गर्दा सबैको कुरा सुन्नु पर्ने र बुझ्नु पर्ने हुन्छ। सबैको कुराहरू ध्यान दिएर सुन्यो भने त्यो मान्छेलाई कुनै पनि कामको सुरु देखि अन्त सम्म कुनै बिध्न बाधाहरू पर्दैन। कामको पनि फतेह हुन्छ। अरुसँग न सोधेर अरुको कुरालाई न गनेर आफ्नो मन मर्जी गर्ने मान्छे कहिल्यै पनि सफल हुन सक्दैन। कसैले आफ्नो बारेमा नराम्रो भन्यो पनि त्यो सुन्नको लागि ठूलो कानको आवश्यक पर्दछ। यसैले हामीले कुनै पनि कामको थालनिमा भगवान श्री गणेशका ठुला कानहरूलाई स्मरण गरी हामी जो काम गर्न गैरहेका छौँ त्यसमा अरुको राम्रो कुरालाई सुनेर व्यवहारमा ल्याउने। नराम्रो कुराहरू कानले पचाउनु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

नाक
भगवान श्री गणेशको नाक लामो छ। हाम्रो समाजमा कसैले केही नराम्रो काम गरेमा भनिने गर्छ “यो मानिसले त नाक कटायो”। मान्छेले कुनै पनि काम आफ्नो लाज (इज्जत) बचाएर गर्नु पर्ने हुन्छ। यदि समाजमा इज्जत बचाउने काम गरेन आफ्नु इज्जत फाल्यो भने सबैले नाक कटुवा भन्ने छन्। यसैले हामीले कुनै पनि कामको थालनीमा भगवान श्री गणेशको नामो नाकको स्मरण गरेर हामी जुन काम गर्न गैरहेका छौँ त्यसमा हाम्र नाक नकाटियोस्। हाम्रो इज्जत बचोस् भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

पेट
भगवान श्री गणेशको पेट ठूलो छ। मान्छेले कुनै पनि कामको थालनी गर्दा अरुले रिश पनि गर्न सक्छन्, भए नभएका कुराहरू भन्न सक्छन्, राम्रा नराम्रा कुरा सुन्नु पर्ने हुन्छ। यि सबै कुराहरूलाई पचाउनु पर्ने हुन्छ। राम्रा कुराहरूलाई मन भित्र केन्द्रित गर्नु पर्छ र न राम्रा कुराहरूलाई पचाउनु पर्ने हुन्छ। पचाउनको लागि ठूलो पेट बनाउनु पर्ने हुन्छ।यदि कसैले केही भन्यो भन्यो भन्दैमा झगडा गर्न लाग्यो भने आफ्नो काममा बाधा उत्पन्न हुन्छ।यस कारण हामीले कुनै पनि कामको थालनी गर्दा भगवान गणेशजीको ठूलो पेटलाई स्मरण गरेर हामीमा कुनै पनि विवादलाई पचाउन सक्नु पर्छ भन्ने शिक्षा पाउनु पर्ने हुन्छ।

हातहरू
भगवान श्री गणेशका चार वटा हातहरू छन्।ति हातहरूमा क्रमशःबन्चरो, लड्डु, बर मुद्रा र फूल रहेका छन्। जो दया, दण्ड, कोमलता र मिठासको प्रतिकहरू मानिन्छन्। मान्छेले कुनै पनि कामको थालनी गर्दा उक्त कार्यमा ध्यान दिनु आवश्यक छ।

वाहन
भगवान श्री गणेशको बाहन मुसो हो। मुसो सानो भए पनि चलाख प्राणीको रूपमा तुलना गरिन्छ। भनिन्छ मुसाले नै अन्नहरूको बिउ समुन्द्र पारीवाट ल्याएको हो। हामीहरूले कुनै पनि कामको थालनी गर्दा भगवान श्री गणेशको रूप र वाहन मुसाबाट चलाख या बुद्धिमान छ भने आफु भन्दा सानो प्राणिको पनि सहायता लिएर आफ्नो काम पुरा गर्नु पर्छ भन्ने धारणा राख्नु पर्द छ।

भगवान श्री गणेशको जन्म
(भगवान श्री गणेश आफ्ना माता पिताका साथ) भगवान श्री गणेशका पिता शंकर र माता पार्वतीलाई भनिएको छ। पौराणिक कालमा पार्वतीले शिव जीको शरीरको मयल (जो खरानी घसेर जम्मा भएको थियो) एकत्र गरिन्। भगवान शिव जी बाहिर गएको बेला माता पार्वतीले त्यही मयलको बालक बनाएर ढोकाम राखि आफु भित्र बसिन्। यो काम उनले भगवान शिव जीलाई छकाउनको लागि गरेकी हुन्।

तर माता आद्य शक्तिको हातबाट बनेकाले ति बालक जिवित भएर द्वार पालेको काम गर्न लागे बाहिरबाट कोही पनि आएमा भित्र प्रवेस गर्न न दिने भए। यो थाहा पाएर नन्दिश्वरादी शिवका गणहरू आएर ति बालकसँग लडे तर कसैले पनि लड्रन सकेन अंतमा भगवान शिव स्वयम गएर लडे शिवले पनि बडा मुस्किलले आफ्नो त्रिशुले बालको शिर काटेर अलग गरी भित्र प्रवेस गरे। भित्र गएर माता पार्वती सँग भने “आज तिमीले ढोकामा कसलाई राखेकी थियौ त्यसले मलाई भित्र आउन नै दिएन बडो मुस्किलले मारेर आञँ।”
Image result for ganesh god
यसो सुनेर माता पार्वति त्यो त मेरो पुत्र हो तपाईँले त्यसलाई मारी दिनु भयो भनि रुन लागिन्। यो देखेर भगवान शिवलाई पनि दु:ख लाग्यो उनले भगवान बिष्णुलाई भने “मैले बालकको टाउँको फुटाली दिञँ अब त्यो टाउको काम लाग्दैन तपाईँ गएर कुनै पनि प्राणीको टाउको ल्याएर आउँनुहोस् बालकलाई जिवित गर्नु पर्छ” यो सुनेर भगवान विष्णु बाहिर गई हात्तिको टाउको ल्याएर आए। त्यो टाउको काटिएको हात्तीलाई पनि गँगटाको रूपमा अर्को प्राणी बनाए।त्यही हात्तीको टाउको लगाएर बालकलाई जिवित गरियो पछि गएर उनको नाम गणेश राखियो ।

गणेश शब्दसँग सम्बन्धित बिषयहरू
गणेश शव्दले धेरैवटा अर्थ बोकेको हुन्छन्:

गणेश लेखनमा सिद्धहस्त मानिएका छन्। त्यसैले कसैले धेरै राम्रोसित र तीब्र गतिमा लेख्न सक्छ भने उसलाई गणेश उपमा दिइन्छ।

गणेश शब्दले चाकडी तथा चाप्लुसी भन्ने पनि जनाउँछ।
गोवरगणेश भन्नाले चैं केही पनि नजान्ने बुद्धु भन्ने बुझिन्छ।
श्रीगणेश शव्दले भनें कुनै पनि कुराको शुरूवात भन्ने जनाउँछ। बिभिन्न अनलाइनहरूकाे सहयाेगमा

अशुभ घटना हुनु अघि देखिने यी ८ लक्षण के के हुन्? जानी राख्नुहोस्


ज्योतिष शास्त्रका अनुसार हाम्रो जीवन ग्रहको आधारमा चल्छ । हाम्रो जीवनमा हुने हरेक घटनामा ग्रहको प्रभाव हुन्छ । अफ्ठेरो भनिएको शनि ग्रहको स्थानान्तरणसँगै मानिसको जीवनमा परिवर्तन हुने सम्भावना हुन्छ । शनि अशुभ भएका राशिका ब्यक्तिलाई विभिन्न संकेत देखिने ज्योतिष शास्त्रको भनाइ छ ।

थाहापाइ राख्नुस् शनिका अशुभ संकेतः

१- शनि प्रतिकुल भएपछि मानिसमा नराम्रा कुराप्रति बढी ध्यान जाने हुन्छ, कुसंगति, नशा वा परस्त्री वा परपुरुष गमन तर्फ मात्र मन लाग्यो भनेपनि शनि प्रतिकुल भएको बुझ्नु पर्छ । यस्ता ब्यक्तिको धन र ब्यक्तित्वमा समेत नकारात्मक प्रभाव पर्न सक्छ ।

२- शनि प्रतिकुल भएमा सदैव आलस्य हुने र कुनै काम गर्न जाँगर नलाग्ने हुन्छ । यस्ता ब्कयक्तिको अनुहारमा थकान, तनाव देखिन्छ ।

३- जूते-चप्पल चुँड्ने वा च्यातिने भैराख्नु पनि शनि प्रतिकुल भएको लक्षण हो ।

४- शनि विपरीत भएमा आँखा पोल्ने वा कमजोर हुने, कमर दुख्ने जस्ता लक्षण देखिन्छन् ।

५- यदि कुनै विद्यार्थीको जीवनमा शनि प्रतिकुल भएमा पढाइमा मन नलाग्ने र असफलता हात लाग्छ ।

६- विवाह हुनासाथ ससुरालीको घरमा आर्थिक क्षति भयो भने शनि सकारात्मक छैन भन्ने बुझ्नुस् ।

७- यदि तपाइ घर बनाउँदै हुनुहुन्छ र भनेको जसरी काम नहुने र अनेक अवरोध आउने भएपनि बुझ्नुस् शनि प्रतिकूल छ ।

८- साना साना कुरामा समेत झगडा हुने र तनावको अवस्था पनि शनि प्रतिकुल भएको लक्षण हो ।

स्वस्थानी व्रतकथा, भाग – १९ (७ वर्षे गोमाको ७० वर्षका शिव शर्मासँग विवाह)


कुमारजी आज्ञा गर्नुहुन्छ । हे ! अगस्त्य मुनि ! भिक्षुकको श्राप पाई अति मलीन मुख लगाएर गोमा खिन्न भई बसिरहेकी थिई । उता गङ्गास्नान, हरिहरको पूजा र सुवर्ण, अन्न, वस्त्रादि दान गर्न गएका मातापिता आई पुगेर रोइरहेकी छोरीलाई देखी ‘तँलाई के भयो ? किन रोएर बसिरहेकी ?’ भनी बाबामहतारीले सोधनी गर्दा गोमा भन्छिन् — ‘हे बाबाआमा ! तपाईहरू गङ्गास्नान गर्न गएका बेला म पूजाका निम्ति अक्षता केलाइरहेकी थिएँ, त्यसबेला एक भिक्षुक आई बलेंसीबाट अलख जगाए । तब मैले ‘अक्षता केलाउँदैछु, एक छिन पर्खनुहोस्’ भनी अक्षता केलाई सकेपछि भिक्षा लिई सिकुवामा आई ‘हे भिक्षुक ! भिक्षा लिनुहोस्’ भनें । ती भिक्षुकले मलाई ‘यति बेलासम्म पर्खाएर भिक्षा दिन आईस् ? म त्यो भिक्षा लिन्न, दिने भए तेरा बाबाले पूजा गर्ने तैंले केलाएका अक्षता भिक्षामा दे’ भने । मैले पनि ‘लिने भए, यही भिक्षा लेऊ, अक्षता त दिने होइन’ भन्दा ती भिक्षुकले रिसाएर भने — ‘हे पापिनी ! तैंले अहङ्कार गरी मलाई भिक्षा दिईनस्, तँ सात वर्षकी हुँदा सत्तरी वर्षका बुढासित तेरो बिहे होस्, तेरा बाबामहतारीले कष्टसाथ गणेशको सेवाबाट पाएको सारा सम्पत्ति नष्ट होस्, तँलाई नाना थरीका दुःख आई लागून्, अनि तेरा बाबाआमासित चाँडै तेरो वियोग होस्’ भनी यति चार थोक श्राप दिई जान्छु भनी डमरु बजाई अलप भए । यति भनेर गोमा बलिन्द्र आँसुका धारा बगाउँदै डाँको छोडी रुन लागिन् ।

शरिरमा मौरी राखेर प्रदर्शन

पर्वत महोत्सवको छैटौ दिन आज शरिरमा मौरी राखेर प्रदर्शन गर्दै मौरी उद्यमी डिलबहादुर खत्री । बलेवाका मौरी उद्यमी खत्रीको उक्त प्रस्तुतीले दर्शकहरुको मन लोभ्याएको थियो ।

लक्ष्मीप्रसाद सापकोटा÷रासस÷पर्वत

शिवको जटामा बसेर जल फ्याँक्ने देवी को हुन? यस्तो छ कथाप्रसङ्ग -

हिन्दु धर्ममा सबैभन्दा ठूलो भगवान मानिने शिव भगवानका तस्विर अनि मूर्तीहरूमा उनको जटा (कपाल) माथि बसेर पानी फ्याँकिरहेकी एक स्त्रीलाई त सबैले याद गरेकै होला। यी देवी को हुन् भन्ने चाहिँ सायद कोहिकोहिलाई मात्रै थाहा छ होला। यी हुन् ‘गङ्गादेवी’, जसलाई निर्मल, स्वच्छ अनि कञ्चन जलको प्रतीक मानिन्छ।Image result for shiva

विभिन्न हिन्दु धर्मग्रन्थका अनुसार त पार्वतीलाई शिवजीकी पत्नी भनिएकै छ। तापनि फरक फरक कथाका कारण कतिपयले गङ्गादेवी पनि शिवजीकै पत्नी हुनकी भन्ने गरेको सुनिन्छ। गङ्गा र शिवका बारेमा हिन्दु पुराण तथा ग्रन्थहरूमा केहि कथाप्रसङ्गहरू उल्लेख गरिएका छन्। वास्तवमा गङ्गादेवीको जन्म ब्रह्माको कमण्डलुबाट भएको विश्वास गरिन्छ।

स्कन्दपुराणका अनुसार, शिव भगवानले ‘हिमावन’की दुवै पुत्री- उमा (पार्वती) र गङ्गालाई आफ्नी पत्नी बनाएका थिए। त्यसैले नै गणेशलाई ‘गङ्गेय’ भनेर पनि चिनिन्छ।

त्यसैगरी ब्रह्मवैवर्तपुराणका अनुसार, भगवान विष्णुका तीनवटा पत्नी थिए भन्ने उल्लेख गरिएको छ- लक्ष्मी, गङ्गा र सरस्वती। तीनवटै पत्नीहरूले विष्णुलाई बराबर माया गर्थे र उनको माया पाउने इच्छा गर्थे। जसको कारण उनीहरूमा मनमुटाव उत्पन्न हुन पुग्यो। आफ्ना पत्नीहरूबीच झगडा नहोस् अनि विष्णुले आफ्नो अर्को दुईवटा रूप प्रकट गराए – ब्रह्मा अनि शिव। लक्ष्मीलाई आफुसँगै राखी, गङ्गालाई शिवसँग अनि सरस्वतीलाई ब्रह्मासँग पठाइदिए।
नेपाल हेडलाइनबाट