काठमाडौं, ५ माघ । राष्ट्रपति विद्यादेवि भण्डारी र पूर्व राष्ट्रपति रामबरण यादवका नातिबिचमा सम्पन्न भएको विवाहा भोजमा मात्रै ३० लाख बढी खर्च भएको खुलासा भएको छ ।
दिवंगत कम्युनिष्ट नेता मदन भण्डारीकी जिवनसंगिनीसमेत रहेकी भण्डारी बिचारले कम्युनिष्ट हुन् । नेकपा एमालेका तर्फबाट राष्ट्रपतिमा निर्बाचित भण्डारीले छोरीको विवाहामा निम्त्याइएका निम्तालु नै कानुनभन्दा बाहिर रहेको चर्चा चलिरहँदा लाखौं रकम भोजमा अर्च भएको तथ्य बाहिर आएको हो ।
कानुन त ५१ जना जन्ती र आफन्त बोलाउन पाउने व्यवस्थालाई लत्याउँदै भण्डारीले १५ सयभन्दा बढी पाहुना निम्त्याएकी थिइन् । विवाहा भोजमा खानपानको जिम्मा लिएको कार्की पार्टी प्यालेसले भने भिआइपीको खर्च र लागतका बारेमा बोल्न नमिल्ने बतायो ।
तर शितल निबास सुत्रका अनुसार कार्की प्यालेसले १ जना बराबर भ्याट बाहेक १८ सय रुपैयाँमा खानाको जिम्मा लिएको थियो । १८ सयको भ्याट जोड्दा २ अजार ३४ रुँपैया हुन आउँछ । १५ सय मानिसहरुका लागी खानाको अर्डर गरेकी भण्डारीले पार्टी प्यालेसलाई मात्रै ३० लाख ५१ हजार बुझाएकी छिन् ।
शितलनिबासमा कार्यरत कर्मचारीले भण्डारीकी छोरीको विवाहामा भएको खर्च रकम नीजि रहने बताएपनि खानामा भ्याटसमेत जोडिनुलाई राज्यको ढुकुटीबाट खर्च भएको वा हुनसक्ने अनुमान गर्न सकिन्छ ।
एउटी कम्युनिष्ट राष्ट्रपतिले छोरीको विवाहा भोजमा मात्रै ३० लाख भन्दा बढी खर्च गरेकी छिन् भने उनले गरगहना तथा लत्ताकपडामा कति खर्च गरिन् होला ? यो मानिसहरुका लागी कोतुहलताको विषय बनेको छ ?
No comments:
Post a Comment