Monday, 23 January 2017

३७ हजार अण्डा सडकमा पोखिएर फुटेपछि…

भारतको चेन्नईस्थित गुण्डीको काठिपारा फ्लाइओभरको सडक हालै अण्डाले भरिभराउ भयो । सडकको धेरै हिस्सा बुधबार अण्डाको झोलले भरियो, जब सडकमा अण्डा भरिएको एउटा मिनी भ्यान पल्टियो ।



उक्त दुर्घटनामा ३७ हजार गोटा अण्डा सडकमा पोखिए र फुटे । अण्डाको भित्री झोल सडकमा पोखिएपछि सडकमा अण्डाको खोलो बग्न थाल्यो र चिप्लो भयो । जसले गर्दा दुइपांग्रेलाई त सडकमा गुड्न हम्मे हम्मे भयो ।

दुर्घटनाका कारण धेरैबेरसम्म ट्राफिक जाम भयो त्यहाँ । पछि अण्डा पोखिएको ठाउँमा बालुवा ल्याएर पोखियो र मात्र सडक गाडी गुड्न लायक भयो । दुर्घटनामा भ्यान चालक पनि सामान्य घाइते भएका छन् ।

No comments:

Post a Comment