एजेन्सी । भारत उतर प्रदेसको महाराजगन्ज जेलमा रहेका एक कैदीले आफ्नो श्रीमतीको यादमा ताजमहल बनाएका छन । चरेसको तस्करीमा २०१४ मा पक्राउ परेका फ्रान्सका अलबर्ट पास्कल शाईने सलाईको काँटीलाई जोडेर ताजमहलको प्रतिरुप तयार गरेका छन् । एचआईवीबाट पिडित अल्बर्टले उक्त ताजमहल बनाउन ३० हजार सलाईको काँटी र २ केजी फेविकोल लागेको बताईन्छ । भाषाको समस्याका कारण जेलमा कसैसंग नबोल्ने अल्बर्टले आफ्नो एक्लोपन दुर गर्न उक्त ताजमहल निर्माण गरेको बताइन्छ । अब ताजमहल पछि सलाईको काँटीबाट हेलिकप्टर बनाउन चाहन्छन उनि ।
No comments:
Post a Comment