काठमाडौं – होटल संघ नेपाल (हान) ले होटल र रेस्टुराँमा मेनुमा भएको बिलको अतिरिक्त ग्राहकसँग लिदै आएको १० प्रतिशतको सेवा शुल्क अव्यवहारिक भएको बताएको छ ।
हानले आइतबार पत्रकार सम्मेलन गरी विश्वव्यापी रुपमा होटल रेष्टुराँको सेवा लिँदा ग्राहकलाई अतिरिक्त शुल्क नलिने परम्परा रहेको भन्दै नेपालमा पनि खारेज गर्न लागिएको बताएको छ ।
१० बर्ष अगाडिबाट विभिन्न पाँच वटा पर्यटनसँग सम्बद्ध ट्रेड युनियनको दवाबमा सुरु भएको यस्तो शुल्क अहिले अव्यवहारिक भएको तर्क हानको छ ।
केहि दिनअघि भारतीय अदालतले पनि होटल रेस्टुराँमा ग्राहकसँग लिइने सेवा शुल्क अव्यवहारिक भएको ठहर गर्दै यस्तो नियम हटाउन आदेश दिएको थियो । र भारतका होटल रेष्टुराँमा सेवा शुल्क खारेज गरिएको छ ।
No comments:
Post a Comment