Tuesday, 17 January 2017

सन् २०१७ को लागी कोरियाले नेपाली कामदार माग कटौती गर्यो ! सीबीटी परीक्षा पनि अन्योलमा -

दक्षिण कोरिया, २ माघ । रोजगार प्रक्रिया प्रणालीको माध्यमबाट बिश्वका पन्ध्र राष्ट्रबाट आप्रबासी कामदारलाई भित्राउँदै आएको दक्षिण कोरिया सरकारको बिदेशी कामदार संङख्या निर्णाधरण समितिको २४औ बैठकको निर्णय अनुसार सन् २०१७ को लागि कुल ५६००० कामदारको कोटा निर्धारण गरेको छ ।
Image result for nepali in south korea

सन् २०१५ मा कुल ४२,४०० मध्ये नयाँ कामदारका लागि ३२,८९० र बाँकी कोटा कोरियाको बैधानिक भिषा पूरा गरी स्वदेश फिर्ता भएका र पुनः कोरिया आउन चाहनेका निम्ति भन्दै ९,५१० छुट्टाएकोमा यसलाई बृद्धि गरेको हो । सन् २०१६ का निम्ति नयाँ कामदार ४५,००० र पूनः कोरिया आउँन चाहनेको निम्ति १३,००० सहित कुल ५८,००० कोटा निर्धारण गरेको थियो ।


सन् २०१७ का लागि पूनः कोरिया प्रबेश गर्न चाहनेको कोटा संङख्यामा गतवर्र्षकै यथावत कायम गरेको छ भने नयाँ कामदारका निम्ति यसवर्षमा गतवर्षको श्रमकोटाभन्दा दुई हजारले कम गरि ४३,००० सहित कुल ५६,००० मात्र कायम गरेको छ ।


सन् २०१३ बाट अबैधानिक रुपबाट कोरियामा भियतनामी कामदारको संङख्या बृद्धिको कारण देखाउँदै भियतनाममा कोरियन भाषा परीक्षा बन्द गरिएकोमा सन् २०१७ बाट पुनः सुचारु गरिने भएको छ । यसबाट नेपाल लगायत अन्य राष्ट्रको श्रमकोटाको संङख्यामा कटौती हुनेछ ।

सन् २०१६ मा कोरियाली उत्पादन बस्तुको खपतमा कमी, जहाज निर्र्र्माण एंवम ढुवानी ब्यबस्थाको अबस्था दयनीय लगायतका कारणबाट कोरियाको श्रमबजारमा श्रमिकको माग कम हुँदै गएकाले श्रमकोटाको संङख्या बृद्धि गर्न नसकिएको र अर्थबजारमा केहि सुधार हुँने बित्तिकै अर्को वर्ष श्रमकोटा बढाउँन सकिने रोजगार तथा श्रम मन्त्रालयले बताएको छ ।


No comments:

Post a Comment