मलेसिया, ४ माघ । मलेसियाले गैरकानुनी रुपमा रहेका विदेशी कामदारहरुलाई ‘अस्थायी श्रम स्वीकृति’ दिने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार मंगलबार बसेको संसदीय समितिको बैठकले विदेशी एवं गैरकानुनी कामदारहरुलाई काम गर्न पाउने गरी ‘अस्थायी श्रम स्वीकृति’ दिर्ने निर्णय गरेको छ ।
बैठकपछि मलेसियाली उपप्रधान तथा गृहमन्त्री अहमद जहिद हमिदीले यसबारे जानकारी दिएका हुन् । मलेसियाले गत वर्ष जनवरीमा संशोधित बजेट भाषणसँगै गैरकानुनी आप्रवासी कामदारलाई बैधता दिने घोषणा गरेको थियो ।
त्यसरी गैरकानुनी कामदारलाई बैधता हुन दिइएको समयावधि सकिएको झण्डै तीन सातापछि मलेसियाको यस्तो निर्णय आएको हो । औद्योगिक क्षेत्रहरुमा भएको माग पूर्ति गर्न र गैरकानुनी कामदारको संख्या घटाउन यस्तो अवसर दिन लागेको जनाइएको छ ।
मलेसिया सरकारले गरेको निर्णय कार्यान्वयनमा आए गैरकारनी तवरमा रहेका हजारौं नेपालीहरुले काम गर्ने अवसरमा प्राप्त गर्नेछन् । गैरकानुनी कामदारले बैध हुन पूरा गर्नुपर्ने पूरा प्रक्रिया एवं शुल्क र समयावधिबारे पनि हाल केही पनि खुलाइएको छैन ।
यसअघि विदेशी कामदारलाई रोजगारी दिन अवलम्बन गरेको सामान्य प्रक्रियाअनुसार नै यसपाली पनि गैरकानुनी कामदार राख्न पाउनेछन् । रोजगारदाताले कामदारको लेभी रकम र आवश्यक प्रक्रिया पूरा गरी कामदारको लागि अस्थायी श्रम स्वीकृतिका लागि आवेदन दिनुपर्नेछ ।
थप चार क्षेत्र खुला
यस्तै, विदेशी कामदारहरुलाई लक्षित गरेर मलेसियाले रोजगारीका विभिन्न चार क्षेत्रहरु पनि खुला गरेको छ ।
मलेसियाले गैरकानुनी हैसियतमा रहेका कामदारका लागि अस्थायी श्रम स्वीकृति लिई सेवा, निर्माण लगायत अन्य क्षेत्रका साथै पोल्ट्री फार्म, खानी तथा उत्खनन्, कार्गो ह्याण्डिलिङ र ट्राभल एण्ड टुरिजम् लगायत चार क्षेत्र समेत खुला गरिएको उल्लेख गरेको छ ।
प्राप्त खबरअनुसार उत्खनन् र टुरिज्म क्षेत्र आगामी सन् २०२० सम्मका लागि खुला हुनेछ । नेपाली कामदारहरु बढीजसो सेवा, सुरक्षा र उत्पादन क्षेत्रमा कार्यरत छन् । ‘प्रमुख समस्या’
आगामी सन् २०२० सम्ममा आफूलाई विकसित राष्ट्रको रुपमा उभ्याउने लक्ष्य बोकेको मलेसियाले गैरकानुनी कामदारका लागि दिएको झण्डै ७ वर्षयताको यो चौंथो ठूलो अवसर हो ।
करिब २२ लाखभन्दा बढी बैधानिक अवस्थामा कार्यरत आप्रवासी कामदार रहेको मलेसियामा अझै पनि लाखौंको संख्यामा गैरकानुनी अवस्थामा रहेको अनुमान छ ।
No comments:
Post a Comment