एजेन्सी । जीवनभर ननुहाएको तपाई कल्पना गर्न सक्नुहुन्छ रु तपाईलाई गाह्रो पर्छ होला । तर अफ्रिकाको नर्थ नामिबियास्थित कुनैन प्रान्तमा बस्ने हिम्बा जातिका महिलाहरुले सिंगो जिन्दगी नै ननुबाईकन नै फाल्छन् ।
ति महिलाहरुले आफ्नो रहरले नभई समाजले बनाइदिएको बन्देजका कारण उनीहरुले मुख धुन र पानी समेत छुन पाउँदैनन् ।
हिम्बा जनजातिमा कुल २० हजारदेखि ५० हजार मानिसहरु भएका मध्ये यहाँ पुरुषहरुको भन्दा महिलाहरुको जनसंख्या धेरै छ ।
तरपनि यहाँका महिलाहरुले आँफ्नो शरीरलाई गन्हाउन नदिनका लागी बोट बिरुवाहरु पानीमा उमालेर त्यसको बाफ लिएरफ्रेस हुने गरेका छन् । जसका कारण उनीहरुको शरीर गन्हाउँदैन ।
त्यस्तै छालालाई बचाइराख्न भने उनीहरुले जनावरको बोसो र हेमाटाइटको धुलोबाट तयार गरिएको विशेष प्रकारको लोसन प्रयोग गर्छन् ।
No comments:
Post a Comment