Sunday, 22 January 2017

सूसू गरेपछि फ्लश नगर्नुस्, यस्ता छन् कारण

काठमाडौं — जाडोमा त सूसू पनि धेरै आउँछ है । अलिकति पानी पिएपनि च्यापिहाल्छ अनि दौडिनैप–यो ट्वाइलेटतिर । पातलो निद्रा भएका मान्छेलाई त राति पनि तनाव । आँखा खुल्यो कि सूसू गर्न परिगो ।


अनि सूसू गरेपछि फ्लश गर्ने कि नगर्ने ? यो पनि ज्वलन्त प्रश्न हो । कमोड भएको ट्वाइलेटमा एउटा बटन थिचेर ह्वाल्ल पानी निकाल्दा सूसू बगेर जान्छ । पुरानो खाले एसियन ट्वाइलेटमा पनि ख्वाल्ल पानी हालेर बगाइन्छ सूसू गरेपछि । पानी नहाल्दा पनि त सूसू गनाएर खपिनसक्नु हुन्छ । तर फ्लश नगर्दा पनि हुन्छ ।

फ्लश गर्दा महंगो पर्न जान्छ । एकचोटि फ्लश गर्दा ह्वाल्ल थुप्रो पानी आउँछ । अनि यसकारण जमिनमा पानीको मात्रा घट्दै जान्छ ।

ताजा पानी भनेको महत्वपूर्ण प्राकृतिक स्रोत हो । आजकल ताजा पानी पाउन मुश्किल हुँदै गइरहेको छ । अनावश्यक फ्लश गरेर पानी खेर फाल्नु ठीक हुन्न ।

पातलो निद्रा भएका मान्छेलाई राति सूसू गर्न उठ्दा फ्लशले झन् निद्रा खल्बल्याउँछ । फ्लश गर्दाको आवाजले तपाईंलाई फेरि सुत्न गाह्रो बनाउँछ ।

खासमा मूत्र सोचेजति फोहोर हुँदैन । तपाईंको थुकभन्दा त यो धेरै नै सफा हुन्छ । कोहीकोही त स्वास्थ्यका लागि आफ्नै सूसू पिउँछन् । कमोडमा सूसू छोड्दा खासै फरक पर्दैन ।

फ्लश गर्दा कीरा फैलिन्छन् । फ्लश गर्दा ह्वाल्ल थुप्रो पानी आयो भने अलिअलि ट्वाइलेटको भुइँमा पनि पर्छ । मूत्रमा भएका पानीमा ब्याक्टेरिया हुन्छ ।

सबभन्दा राम्रो उपाय भनेको सूसू गरिसकेपछि अलिकति मात्र पानी हाल्नु हो । फ्लश गर्नु चाहिँ पानी सक्नु मात्र हो ।

एजेन्सी


No comments:

Post a Comment