Thursday, 19 January 2017

संसारका दश ठूला र सुन्दर शिव मन्दिर, जसले काठमाण्डुको समेत शीर ठाडो पारिदिन्छन् ! (फोटोफिचर) -

शिवको पूजा–आर्धना गरी संसारभरका हिन्दु धर्माबलम्बीहरुले यो पर्व मनाइरहेका छन् । यो पर्व हिन्दुहरुको महान पर्व हो, जुनबेला भगवान शिवको आर्धना गरेर शिवलिंगको पूजा समेत गरिन्छ । यसै सन्दर्भमा हामीले संसारभर शिवरात्रीका लागि चर्चित र विशेष महत्व राख्ने शिवका मन्दिरहरुलाई यहाँ प्रस्तुत गरेका छौ । नेपालमा मात्र होइन भारत, न्युजिल्याण्ड, मलेसिया, अमेरिका लगायतका मुलुकमा समेत शिवरात्री भब्यताका साथ मनाउने गरिन्छ । प्रस्तुत छ, संसारका विश्वविख्यात शिव मन्दिरहरुको फोटो फिचर :
१.शिव हिन्दु मन्दिर– जुईदोस्त, एमस्टर्डम
यो मन्दिर लगभग ४ हजार किलोमिटरमा फैलिएको छ । यस मन्दिरको ढोका भक्तहरुले सन् २०११ मा खोलेका थिए । यस मन्दिरमा भगवान शिवका साथै भगवान गणेश, देवी दुर्गा, भगवान हनुमानको समेत पूजा हुने गरेको बताइएको छ । यो मन्दिरमा भगवान शिव पंचमुखी शिवलिंगको रुपमा रहेका छन्
२.अरुल्मिगु, श्रीराजा कलिअम्मन मन्दिर–जोहोर बरु, मलेसिया
यो मन्दिरको निर्माण सन् १९२२ सालको आसपासम भएको बताइएको छ । यो मन्दिर मलेसियाको पूराना अन्य मन्दिरहरु मध्येमा पर्दछ । यो मन्दिरको सबैभन्दा तलको भवनमा ३ लाख मोतीका दानाहरुद्धारा सजाइएको छ । यो मन्दिर मलेसियाको भव्य मन्दिर हो ।
३. मुन्नेश्वर मन्दिर–मुन्नेश्वरम, श्रीलंका
यस मन्दिरको इतिहास रामायणसँग जोडिएर आएको विश्वास गरिन्छ । रामायणका अनुसार भगवान रामले रावणलाई वध गर्नुअघि यसै मन्दिरमा गएर शिवको आरधना गरेका थिए । यो मन्दिर वरिपरि अन्य पाँच मन्दिर रहेका छन् । यी मध्ये सबैभन्दा सुन्दर मन्दिर शिवको रहेको छ ।
४.शिव टेम्पल, ज्युरिख, स्विटजरल्यान्ड
यो एक सुन्दर शिव मन्दिर हो । यो शिव मन्दिरसँगै पार्वतीको पनि मूर्ति रहेको बताइएको छ । यस मन्दिरमा भगवान शिव र पार्वतीको शिवरात्रीका दिन धुमधामसँग पूजा आरधना गरिन्छ ।
५.कटासराज मन्दिर, चकवाल, पाकिस्तान
यो शिवको मन्दिर पाकिस्तानको चकवाल गाउँबाट लगभग ४० किमीको दूरी पार गरेपछि एउटा पहाडमा पुगेपछि भेटिन्छ । यो मन्दिर महाभारत कालको त्रेता युगमा स्थापना भएको विश्वास गरिन्छ । यस मन्दिरसँग पाण्डवहरुको कथा पनि जोडिएर आएको छ । यस मन्दिर अगाडि एउटा कुण्ड पनि रहेको छ, जुन जलकुण्ड भगवान शिवको आँसुले बनेको किंबदन्ती रहेको छ । कथाअनुसार जब सतिदेवीको मृत्यु भयो, त्यसपछि भगवान शिवले दुःख पर्दा बगाएको आँसुले यो कुण्ड निर्माण भएको हो ।
६. शिव–विष्णु मन्दिर, मेलबर्न, अष्ट्रेलिया
भगवान शिव र विष्णुको सुन्दर मूर्ति रहेको यस मन्दिर लगभग १९८७ को आसपासमा निर्माण भएको बताइन्छ । मन्दिरको उद्घाटनमा श्रीलंकाका दशजना पूजारीहरु पुगेर पूजा गरी गरिएको बताइन्छ । यो मन्दिरको वास्तुकला हिन्दु र अष्टेलियाली परम्पराको संयुक्त कलाको मिश्रण हो । मन्दिर परिसरमा भगवान शिव र विष्णुका साथसाथै अन्य देवीदेवताहरुको पनि मूर्तिहरु रहेका छन् ।
७.शिव मन्दिर, आंकयान्ड, न्युजिल्यान्ड
न्युजिल्यान्डमा निर्माण भएको यो मन्दिरको मुख्य कारण हिन्दु धर्मप्रति विश्वास जगाउनु रहेको बताइन्छ । यो मिन्दरको निर्माण २००४ सालको आसपासमा भएको थियो । यो मन्दिरको आचार्य महामंडलेश्वर स्वामी शिवंदेव महाराजले दिएको मार्गदर्शन अनुसार निर्माण भएको बताइन्छ । यस मन्दिरमा भगवान नवदेश्वरको शिवलिंग रहेको छ ।
८.शिव–विष्णु मन्दिर–लिवेरमोरे, क्यालिफोर्निया
यो मन्दिर अमेरिकामा बस्ने हिन्दुहरुकै सबैभन्दा ठूलो मन्दिर मानिन्छ । वास्तुकलाका हिसाबले यो मन्दिर उत्तर भारत र दक्षिण भारतको सुन्दर कला मिश्रण गरिएको छ । मन्दिरमा भगवान शिवका साथै भगवान गशेण, देवी, दुर्गा, लक्ष्मी लगायतको पूजा गरिन्छ । यस मन्दिरका अधिकांश मूर्ति सन् १९८५ मा तमिलनाडु सरकारले दान दिएको बताइएको छ ।
९.पशुपतिनाथ मन्दिर, काठमाण्डु, नेपाल
पशुपतिनाथको अर्थ हो, संसारका सबै जीवहरुका भगवान । धार्मिक मान्यताअनुसार यस मन्दिरको निर्माण ११ औं शताव्दीमा भएको मानिन्छ । त्यसको लगत्तै यस मन्दिरमा ठूलो नोक्सानी समेत भएको मानिन्छ । त्यसपछि यस मन्दिरलाई लगभग १७ औं शताव्दीतिर पूननिर्माण गरिएको थियो । मन्दिर निर्माणपछि पनि पटक–पटक यसलाई निर्माणका लागि सौन्दर्य र कलाहरु प्रस्तुत भएको देखिन्छ । मन्दिरमा भगवान शिवको एक चारमुखे मूर्ति पनि रहेको छ । यस शिवको मन्दिरमा चाँदीका चारढोका रहेका छन् । यस मन्दिरमा हिन्दु र नेपाली वास्तुकलाको सुन्दर मिश्रण भेटिन्छ ।
१०.प्रम्बानन मन्दिर, जावा, इन्डोनेशिया
हिन्दु संस्कृतिमा आधारित देवी देवतामा समर्पित यस प्राचिन शिव मन्दिर इन्डोनेशियाको जावा भन्ने स्थानमा रहेको छ । दशौं शताव्दीमा निर्माण भएको मानिएको यस शिव मन्दिर प्रम्बानन मन्दिरका नामले विश्वभर चर्चित रहेको छ । यो शहरभन्दा करिब १७ किलोमिटर टाढा रहेको छ ।
उल्लेखित विश्वभर चर्चित शिव मन्दिरहरुले हिन्दुधर्मलाई विश्वका कुना कुनामा पु¥याउन ठूलो मद्धत गरेका छन् । जसको चर्चा अहिले पनि विश्वमा भैरहेको हुन्छ । शिवरात्रीमा यी सबै हिन्दु मन्दिरमा अरबौं हिन्दुहरुले पुजा र आरधना गरिरहेका हुन्छन् । साभार: काठमान्डु टुडे


No comments:

Post a Comment