डडेल्धुरा, माघ २४ । डडेल्धुरा सहित देशभरका स्थानीय निकाय ट्रेड युनियन आन्दोलित भएका छन् ।
स्थानीय निकायहरुमा जनप्रतिनिधिहरुको रिसक्तताका कारण सेवा प्रवाह देखी विकास निर्माण सम्मका बिभिन्न कृयाकलापहरु प्रभावित हुने गरेको भन्दै चाँडो स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग सहित आन्दोलित भएका हुन् ।
ट्रेड युनियले मुख्य पाँच वटा मागहरु अघि सार्दै आन्दोलनका कार्यक्रम समेत सार्वजनिक गरेको छ । आन्दोलनका लागि तय गरिएका कार्यक्रम अन्तरगत आज पहिलो दिन प्रमुख जिल्ला अधिकारी मार्फत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ज्ञापनपत्र पेश गरेका छन् । भोली पनि प्रमुख जिल्ला अधिकारी मार्फत संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयमा ज्ञापनपत्र पेश गर्नुका साथै स्थानीय निकायहरुमा मागहरु सहितका ब्यानर राख्ने घोषणा गरिएको छ ।
यस्तै सम्पूर्ण स्थानीय निकायहरुमा कालोपट्टि बाँधेर बिरोध जनाउने, कालोपट्टि बाँधेर कलम बन्द अर्थात पेन डाउन गर्ने, आ–आफ्ना कार्यालयमा धर्ना दिने, स्थानीय निकायले प्रवाह गर्ने सेवाहरु नै ठप्प पार्ने सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरिएको छ ।
ट्रेड युनियनले माग २३ गते देखी फागनुन १ गते सम्मका बिभिन्न आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । साथै मागहरु सम्बोधन नभएमा अतिआवश्यक सेवा बाहेक स्थानीय निकायका अन्य सबैसेवाहरु अनिश्चितकालिन रुपमा बन्द गर्ने र स्थानीय निकायमा कार्यरत कार्यालय प्रमुखहरुलाई मन्त्रालय फिर्ता पठाउने लगायतका आन्दोलनका कार्यक्रमहरु सञ्चालन गर्ने चेतावनी दिएको छ ।
No comments:
Post a Comment