काठमाडौं, माघ २४ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो निर्देशन लागु गर्न नदिने अदालती निर्णयका कारण कुनै गम्भीर परिस्थिति सृजना भए त्यसको जिम्मेवारी निर्णय गर्ने न्यायाधीश र अदालती पद्धतीले नै लिनुपर्ने चेतावनी दिएका छन् ।
सात मुस्लिम मुलुकका नागरिकलाई रोक्न जारी गरिएको कार्यकारी आदेश लागु गराउन गरिएका सबै प्रयास एकपछि अर्को गर्दै अदालतले विफल पारिदिएपछि क्रूद्ध बनेका ट्रम्पले अदालतप्रति रोष प्रकट गरेका हुन् ।
उनले सीमाहरुमा उच्च सुरक्षा सतर्कता अपनाउन भन्दै अमेरिका भित्रनेहरुको निकै सावधानीपूर्वक जाँच गर्न पनि अधिकारीहरुलाई निर्देशन दिएका छन् ।
अदालतले आफ्नो कामलाई निकै कठीन पारिदिएको पनि उनले बताए । आफ्नो निर्देशन लागू गर्न नदिने न्यायाधीशको निर्णयलाई उनले बेतूकको संज्ञा दिएका थिए ।
आफ्नो निर्देशनविरुद्ध अन्तरिम आदेश जारी गर्ने संघीय अदालतको निर्णयविरुद्ध ट्रम्प प्रशासनले अपील गरेपनि पुनरावेदन अदालतले उक्त अपील अस्वीकार गरिदिएको छ ।
राज्यका न्यायाधीशहरुले राष्ट्रपतिको आदेश असंवैधानिक र विभेदकारी रहेको तर्क गर्दै तत्काल कार्यान्यवन नगर्न अन्तरिम आदेश जारी गरेका थिए ।
त्यसविरुद्धको अपील पनि आफ्नो पक्षमा नभएपछि राष्ट्रपति ट्रम्प सुरक्षा अधिकारीतर्फ फर्किएका थिए ।
ट्रम्पले इराक, सीरिया, इरान, लीबिया, सोमालिया, सूडान र यमनबाट ९० दिनसम्म कोहीपनि व्यक्ति अमेरिका प्रवेश गर्न नपाउने कार्यकारी आदेश जारी गरेका थिए ।
यसै आदेशको पालना गर्दै अमेरिकाले चार महिनासम्मका लागि शरणार्थी प्रवेशमा रोक लगाएको छ भने सिरियाई शरणार्थीले भने अर्को आदेश नहुँदासम्म प्रवेश नपाउने निर्णय गरेको छ । एजेन्सी
Sunday 5 February 2017
सीमाहरुमा सुरक्षा जाँच कडा गर्न ट्रम्पको निर्देशन्, अदालतप्रति आक्रोश
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment