Sunday, 5 February 2017
राजेश हमालले नचाए, बद्री पंगेनीले रुवाए (फोटोफिचर)
बर्दिया, माघ २३ – बर्दियाको भुरीगाउँमा प्रथम बबई नगर महोत्सवमा महानायक राजेश हमाल र लोक गायक बद्री पंगेनीले महोत्सवका दर्शकलाई आफ्ना प्रस्तुती सुनाउँदै नचाए । महानायक राजेश हमालले सज्जनको लागि नायक, दुर्जनको लागि खलनायक, दुश्मनको नाम राम नाम सत्य छ, अन्यायमा न्याय दिन राजेश दाई आउँदैछ, साथीहरुका लागि यो हात सलाम, दुश्मनहरुका लागि यो हात फलाम छ, लगायतका विभिन्न फिल्मी संवाद प्रस्तुत गरेपछी र गायक बद्री पंगेनी आफ्नो गीत प्रस्तुत गरेर दर्शकहरुलाई भरपुर मनोरञ्जन दिएपछी बर्दिया भुरीगाउँको महोत्सव तातेको हो । राजेश हमाल स्टेजबाट दर्शकतर्फ ओर्लिएर ख्याल ख्यालमै दिल बस्यो कान्छी सालीमा… बद्री पंगेनीको गीतमा नाच्न थालेपछी महोत्सव निक्कै तात्यो । एकैछिनमा माहोल नै खल्बलीयो । प्रहरीलाई दर्शकहरु सम्हाल्नै हम्मे हम्मे पर्यो । भिडभाडमा केहीका पर्स र मोबाइल समेत हराएको सूचना आउन थाल्यो । तर लोक गायक बद्री पंगेनी स्टेजमा उक्लिएसँगै पररर ताली बज्यो । गायक बद्री पंगेनीले सुरुमा महोत्सवका दर्शहरुलाई आमा भन्न मन लाग्छ, आमाको माया लाग्छ भन्दै त्यो आमा जस्को छोरो बिदेश कमाउन गएको छ उ आमा दुखी हुनुहुन्छ होला भन्दै देशमा रोजगार नपाएका कारण वर्षेनी हजारौँ युवाहरु बिदेशी भूमिमा जानु परेकाले आमा बिदा पाउँदिन अहिलेको सालपनि घरमा आउँदिन भन्दै अधिकांश आमाका छोराहरु बिदेशमा यसै भन्दै होलान् भन्दै यस्तै एउटा गीत सुनाउँछु भने ।जव उनले बिदेश कमाउन गएको छोरो चार्डपर्व र रमाइलोमा घर नर्फिएको कथा ब्यथा समेटेर आमाहरुका लागि भन्दै आफूले गाएको आमा बिदा पाइएन, अहिले भुरीगाउँको महोत्सवमा घरमा आइएन……. गीत जब सुनाए अधिकांश सबै भावुक भए चुपचाप, शान्त अनि आमाहरु रुन, थाले महिलाहका आँखा आँसुले भरिए ।
Labels:
Manoranjan
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment