काठमाडौं, २३ माघ — छाती बढी देखाएको भन्दै विमान कर्मचारीले आफूलाई विमानबाट निकालेको एक २१ वर्षीया महिलाले आरोप लगाएकी छन् ।
ब्रेन्डा नाम गरेकी महिला स्पिरिट एयरलाइन्सको विमान चढेकी थिइन् । कर्मचारी आएर पहिला उनी टिल्ल परेको आरोप लगाए ।
उनले रक्सी पिउँदै नपिएको दाबी गरेपछि कर्मचारीहरूले उनको शारीरिक बनावटका विषयमा झर्को लगाउन थाले ।
आफ्नो थर बताउन नचाहने ब्रेन्डाले भनिन्, ‘उनीहरूले मेरो शरीरका बारेमा टीकाटिप्पणी गर्दै मेरो छाती धेरै देखिएको भन्दै छोप्न लगाए ।’
‘मेरो स्तन नै ठूलो छ अनि साना स्तन भएकी महिला मेरो ठाउँमा भएको भए समस्या नै हुने थिएन,’ उनले भनिन् ।
कर्मचारीहरूले आफूलाई कोट लगाउन लगाएको अनि विमानबाट निकालेको उनले बताइन् ।
उक्त घटनापछि आफू कैयौं रात सुत्न नसकेको र तनाव थपिएको उनले बताइन् । उनी रेस्टुराँमा वेट्रेसको काम गर्छिन् ।
स्पिरिट विमानसेवाका प्रवक्ताले भने ठूलो छाती भएका कारण ब्रेन्डालाई विमानबाट ननिकालिएको बताए । ‘कसैलाई पनि क्लिभेज देखाएका कारण विमानबाट निकालिँदैन, खराब व्यवहार देखाए मात्र निकालिने हो,’ उनले भने ।
तर अर्की यात्रुले भने विमान कर्मचारीले ब्रेन्डालाई साँच्चिकै हैरान पारेको बताउँदै कर्मचारीको निन्दा गरिन् । एजेन्सीको सहयोगमा
Sunday 5 February 2017
छाती ठूलो भएको भन्दै महिला यात्रुलाई विमानबाट निकालियो !
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment