Thursday, 12 January 2017

वेश्यावृत्तिसँग जोडिएका केही छक्क लाग्दा तथ्य

त्यसैले नेपालमा यति नै वेश्यावृत्तिसँग गाँसिएकाहरु छन् भनेर यकिन गर्न सकिएको छैन । तर विश्वमा कतिपय देशहरु यस्ता छन्, जहाँ वेश्यावृत्तिलाई कानुनी मान्यता प्राप्त छ ।



कानुनी मान्यता होस् न होस् विश्वभरि नै वेश्यावृत्ति गर्नेहरु यौनकर्मीहरुलाई राम्रो दृष्टिले हेरिदैन ।



यद्दपी उनिहरु मध्ये धेरैजसो चाँही स्वेच्छाले भन्दा पनि मानव तस्करहरुको फन्दामा परेर यौनकर्मी बन्न पुगेको तथ्य छ । प्रस्तुत छ, वेश्यावृत्ति सम्बन्धि केही तथ्य जसले उनीहरु प्रति हेर्ने आमदृष्टिकोण परिवर्तन हुनसक्छ :

१. विश्वमा चार करोड यौनकर्मीहरु छन् ।

२. विश्वव्यापी तथ्य अनुसार वेश्यावृत्तिमा प्रवेश गर्नेहरुको औषत उमेर १३ वर्षको छ । यसको अर्थ सो भन्दा कम उमेरका बालिकाहरु पनि यस पेशामा छन् भन्ने खुल्न आउँछ ।

३.छिमेकी देश भारतको मुम्बइमा संसारकै सबैभन्दा बढी यौनकर्मीहरु छन् । यहाँ करिब दुई लाख वेश्यावृत्ति गर्नेहरु छन् । त्यसमध्ये केही मानव तस्करको चँगुलमा परेर पुगेका नेपाली चेलीहरु पनि छन् ।

४. मुम्बई र कलकत्ताका लगभग आधाजसो यौनकर्मीहरु एचआईभी एड्स रोगबाट ग्रस्त छन् ।

५. एक अनुमानित सर्भेका अनुसार वेश्यावृत्ति गर्नेहरु मध्ये ५ प्रतिशत आमाबाबुले भनेका कारण गर्ने, १४ प्रतिशत साथीभाइको प्रभावमा परेर गर्ने तथा पैसा कमाउन लालचमा वेश्यावृत्ति गर्ने छन् । त्यसैगरि २३ प्रतिशत दलालको फन्दामा पर्नेहरु, १३ प्रतिशत आफ्नो नातासम्बन्धि यस पेशामा आबद्ध भएका कारण, १० प्रतिशत प्रेमसम्बन्धमा धोका खाएका वा प्रेमीले जबरजस्ती यो पेशामा धकेलेकाहरु छन् भने २ प्रतिशत श्रीमानको सहमतिमा छिरेका तथा बाँकी अन्य कारणले यौनकर्मी बनेकाहरु छन् ।

६. हालका समयमा पुरुष वेश्वाको संख्या पनि बढ्दो क्रममा रहेको पाइएको छ, जसलाई जिगेलो भन्ने गरिन्छ ।

७. प्राचीन धर्मशास्त्रहरुमा पनि वेश्याहरु रहेको उल्लेख पाइन्छ । त्यसबखत वेश्याहरुलाई सामाजिक मान्यता प्राप्त थियो । वेश्यावृत्ति संसारको सबैभन्दा पुरानो पेशा हो ।

८. संसारका दुईसय देशहरु मध्ये २२ देशमा वेश्यावृत्ति गैरकानुनी मानिदैन । जसमध्ये बेलायत, क्यानडा, इटाली, इस्राइल, पोर्चुगल, स्पेन, जर्मनी, आयरलेन्ड, टर्की, फ्रान्स, फिनलेन्ड, बेल्जियम आदि मानिन्छन् ।

९. वैधानिक वेश्यावृत्तिका लागि संसारमै नाम कहलिएका १० मुख्य देशहरु –
थाइलेन्ड (हालै गैरकानुनी बनाइएको भएता पनि वेश्यावृत्तिको लागि प्रख्यात), ब्राजिल, स्पेन, इन्डोनेशिया, कोलम्बिया, फिलिपिन्स, केन्या, नेदरलेन्ड, कम्बोडिया, डोमेनिकन गणराज्य

१०. विश्वव्यापी आँकडा अनुसार १० मध्ये १ पुरुषले यौन क्रियाकलापका लागि वेश्यालाई रकम दिने गर्दछन् ।


No comments:

Post a Comment