ब्राजिलियन युवक पाउलो ग्याब्रियल डा सिल्भा बारोस र युवती केट्युसिया होसिनो बोरोसले आठ वर्ष लामो अफेयरलाई विवाहमा परिणत गराएका छन् । उनीहरूको विवाहसँगै उनीहरू संसारकै होचो जोडीमा दरिएका छन् । गिनिज बुकले समेत उनीहरूलाई संसारकै होचो जोडीको मान्यता दिइसकेको छ । ३१ वर्षका पाउलो ३५ दशमलव ५४ इन्चका छन् भने २८ वर्षकी केट्युसिया ३५ दशमलव ८८ इन्चकी छिन् । उनीहरूको कुल उचाइ ७१ दशमलव ४२ इन्च छ । -
No comments:
Post a Comment