चन्द्रौटा, ११ माघ । कपिलवस्तुको शिवपुर इलाका वन कार्यालय कपिलवस्तुले सोमबार सात ओटा छर्रासहित चार थान भरुवा बन्दुक बरामद गरेको छ ।
सहायक वन अधिकृत रघुनाथ दास नेतृत्वको गस्ती टोलीले जिल्लाको शिवराज नगरपालिका २, मैनार खोला नजिकै झाडीमा लुकाई छिपाई राखेको अवस्थाबाट बरामद गरेको हो ।
वन रक्षकको गस्ती टोलीको चाल पाई वन्यजन्तु चोरी सिकारी गर्न गएका समूह हतियार छोडेर भागेपछि बेवारिसे अवस्थाबाट हतियार बरामद गरिएको टोली प्रमुख दासले जानकारी दिनुभयो ।
बरामद गरिएको हातहतियार चन्द्रौटा सेक्टर वन कार्यालयमा राखिएको बताइएको छ । वन गस्ती टोलीमा सहायक वन रक्षक कुलबहादुर विसी, वन रक्षक सुरेन्द्र क्षेत्री, वन हेरालु घनश्याम भुसाल, त्रिवेणी यादव, गंगाराम यादव, प्रभु दयाल भर, सलिम नाउको सहभागिता रहेको थियो ।
साभार : दैनिक नेपाल
No comments:
Post a Comment