Sunday, 22 January 2017

१८ औँ शताब्दीको इतिहास बोकेको मन्दिरमा मानव कंगाल भेटियो -

१८ औँ शताब्दीको इतिहास बोकेको जैसीदेवल मन्दिरको उत्खननका क्रममा मानव कंकाल भेटिएको छ। पुरातात्विक महत्वको सो सम्पदा २०७२ साल वैशाख १२ गतेको भूकम्पले ध्वस्त भएपछि उत्खनन गर्ने क्रममा डढेको अवस्थामा कंकाल भेटिएको हो। यो खबर हामीले आजको नेपाल समाचारपत्रबाट लिएका हौ।

कंकाल भेटिएपछि पूरातत्व विभागले परीक्षणका लागि बेलायत पठाउने भएको छ ।करिब १ सयफिट जमिनमुनि भेटिएको मानव कंकाल र अन्य वस्तुको अनुसन्धान गरिने भएको छ । पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवरले केही जनावर र मानव हड्डी भेटिएको जानकारी गराउँदै सो विषयमा अध्ययन भइरहेको बताए ।मानव अवशेष मात्र नभएर थुप्रै पुरातात्विक महत्वका सामग्री भेटिएको र ती सामग्री कहिले बनेका हुन् भन्ने विषयमा तिथि र मिति पत्ता लगाउने काम भइरहेको उनले बताए । setopati


No comments:

Post a Comment