Monday, 23 January 2017

पर्वतमा सरकारले एकसय घर बनाईदिने

पर्वत, ११ माघ २०७३ । राष्ट्रिय दलित आयोगको सुचिमा सुचिकृत भएका दलित, विपन्न, मुसलमान, तथा लोपोन्मुख र अति सिमान्तकृत समुदायका पर्वतका विपन्न वर्गहरुलाई सरकारले घर बनाईदिने भएको छ । नेपाल सरकार शहरी विकास तथा भवन निर्माण विभागको आर्थिक सहयोगमा पर्वतका दुबै निर्वाचन क्षेत्रमा यो कार्यक्रम लागु गरिएको हो ।

दुई निर्वाचन क्षेत्रमा गरि लक्षित समुदायलाई एक सय वटा घर निर्माण गरिदिने कार्यक्रमको लक्ष्य रहेको छ । जनता आवस कार्यक्रम नाम दिएर सरकारले यो कार्यक्रम जिल्लामा ल्याएको हो ।

कार्यक्रमकोे योजना तथा नीतिगत व्यवस्था, लागत लगायत विषयमा सरोकारवाला विच छलफल भई विभिन्न निर्णय भएको छ । जनता आवास कार्यक्रमका जिल्ला संयोजक एवं व्यवस्थापिका सांसद सदस्य अर्जुनप्रसाद जोशीको अध्यक्षतामा जिल्ला विकास समितिमा वसेको वैठकले आवास निर्माणका लागि गाविसहरु छनौट गरेको छ । जस अन्तर्गत क्षेत्र नम्बर १ मा कुनपा ५, भुकताङले, आर्थरडाँडाखर्क र खौलालाँकुरी गाविस छनौट भएका छन् । क्षेत्र नम्बर २ मा देविस्थान, वाच्छा, कार्किनेटा, शंकरपोखरी, शालिग्राम र फलामखानी छनौट भएका छन् ।

तस गाविसमा स्थलगत रुपमा अनुगमन गरि लक्षित समुदायको वसोवासको अवस्था जिल्ला विकास समितिमा सिफारिस गरि पठाउन गाविस सचिवहरुलाई परिपत्र गरिएको साँसद जोशीले जानकारी दिए । जनता आवास कार्यक्रम संयोजक जोशीले क्षेत्र नम्बर १ मा ४० वटा र क्षेत्र नम्बर २ मा ६० वटा घर निर्माण गर्ने गरि प्रारम्भिक रुपमा खाका तयार गरिएको बताए । एउटा गाविसमा १० वटा घर निर्माण गर्ने गरि अहिले योजना तयार भएको छ ।

अवको केहिदनमा १५ दिने सुचना निकालेर लाभग्राही संग निवदेन माग गरिने छ । भवनका लागि विभिन्न खालका मापदण्ड तोकिएका छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद मरासिनी, स्थानीय विकास अधिकारी यूवराज पौडेल, जिल्लाका विभिन्न सरकारी कार्यालयका प्रमुखहरु सहभागी भएका थिए ।

No comments:

Post a Comment