माघ २२, काठमाण्डौँ – भारतीय टेलिभिजन रियालिटी शो ’झलक देखलाँ जा सिजन ९’ की बिजेता नेपाली चेली टेरिया फौजा मगरलाई नेपालमा भब्य स्वागत गरियो ।
डान्सिङ रियालिटी शो झलकी विजेता बनेपछि पहिलो पटक शुक्रबार नेपाल आएकी टेरियाले शनिबार पत्रकार सम्मेलन गरेर आफ्नो जितमा सहयोग गर्नुहुने सबै नेपाली र मिडियालाई धन्यवाद दिएकी छिन् ।
टेरिया मगर फाउण्डेशन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले नेपालमा टेरियाको रुपमा चिनिएपनि देश बाहिर नेपाली भनेर परिचित हुन पाउँदा धेरै खुशी लाग्ने बताएकी छिन् ।
फाउण्डेशन मार्फत नेपालमा रहेका बालबालिकामा लुकेर रहेका प्रतिभालाई उजागर गर्न लागिपर्ने टेरियाले बताएकी छिन् । पत्रकार सम्मेलनमा प्रमुख अतिथिको रुपमा रहेका रक्षामन्त्री बालकृष्ण खाँडले नेपालको नाम विश्वमा चिनाएकोमा टेरियालाई बधाई ज्ञापन गरे भने अझै अगाडि बढ्नको लागि शुभकामना समेत व्यक्त गरे । टेरियाकै गाउँले समेत रहेका खाँडले उनलाई शान्तिदूत घोषणा गर्न पहल गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।
रुपन्देही रुद्रपुरमा जन्मिएकी टेरियाले यस अघि भारतीय टेलिभिजन जि टिभीको शो डान्स इण्डिया डान्स लिटिल मास्टर सिजन ३’ को उपाधी समेत जितेकी हुन् । झलकको अन्तिम तीन प्रतिष्पर्धी मध्ये टेरियाले उपाधी जितेकी हुन् । भोटिङ मार्फत विजेता घोषित भएकी टेरियाले ३० लाख भारतीय नगद सहित ट्रफी हात पारेकी छिन् ।डिसी नेपालको सहयोगमा
Saturday, 4 February 2017
टेरिया मगर भन्छिन् - ’नेपाली भनेर परिचित हुनुमा गर्व छ’
Labels:
Feature
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment