Saturday, 4 February 2017

मृगौला पिडितको उपचारका लागि अमेरिका बस्ने नेपाली महिलाद्वारा सहयोग


काठमाडौं : दुबै मृगौला फेल भएर उपचार गराइरहेका जयबहादुर पाइजा मगरको उपचारका लागि अमेरिकमा बस्ने नेपाली महिलाहरुले सहयोग गरेका छन्।
कालिका–३ बर्दिया निवासी ३१ वर्षिय जयबहादुरको उपचारका लागि टेक्सास बस्दै आएका याशिका बाँठामगर र कमल थापाको पहलमा त्यहाँस्थित नेपाली महिलाहरुले ५० हजार पाँच सय ३५ रुपैयाँ  सहयोग गरेर पठाएका हुन।
यसरी सहयोग गर्नेहरुमा कमला थापा र साथीहरु २०१, जिया थापा मगर ५१, याशिका बाँठा मगर ५०, सविता आले थापा ५०, बिरपती र मानबहादुर बाँठामगर ४०, देवी थापा २५, देविका चापागाई २५, मञ्जु कार्की २५ डलर सहयोग गर्नुभएको हो।
लामो समयदेखि दुबै मृगौला फेल भएर काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जमा उपचार गराइरहेका जयबहादुरलाई बिहिवार काठमाडौंमा रकम हस्तान्तरण गरिएको छ।
पारिवारिक आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा सहयोग गर्न जयजबहादुरले सबैसँग आग्रह गरेका छन। नबिल बैंकको अकाउन्ट नम्बर अथवा नेपाल इन्भेस्टमेन्ट बैंकको अकाउन्ट नम्बर मार्फत सहयोग गरेर आफ्नो ज्यान बचाइदिन जयबहादुर पाइजा मगरले आग्रह गरेका छन। साथै सम्पर्कका लागि आफ्ना दाजु पुर्ण मगरसँग मा सम्पर्क गर्न सकिनेछ। जयबहादुरको मुटुमा समेत समस्या देखिएको पारिवारिक स्रोतले जनाएको छ।

No comments:

Post a Comment