Wednesday 1 February 2017

तपाईको कपालमा चाया परेको छ भने यसो गर्नुहोस केहीदिन मा नै निर्मुल !

तपाईको कपालमा चाया परेको छ भने यसो गर्नुहोस केहीदिन मा नै निर्मुल ! कपालमा चाया परेका मानिसहरु निकै हैरान हुने गरेका छन् । यसले मानिसको व्यक्तित्वमा समेत असर गर्ने भएकाले हैरानमा पर्नु स्वभाविक पनि हो । तर, यसलाई हटाउन घरेलु उपाय अपनाएको भने पनि त्यत्ति देखिँदैन । मेडिकल औषधिको प्रयोग पनि फाइदाजनक नभएका कुरा सुन्ने गरिएको छ ।

चाया परेर हैरान हुनु भएको छ भने यी ५ घरेलु उपाय अपनाउनुहोस् :

१. एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने अथवा अमला र रहरको रिठ्ठालाई बराबरी मात्रामा मिलाएर टाउकोमा लगाउने । यो टाउकोमा लगाएको दुई घण्टापछि राम्रोसँग धुने ।

२. नुहाउनुभन्दा एक घण्टा अगाडि सधैंकागतीको रसले टाउको मालिस गर्ने ।

३. कपालमा बास्ना आउने खालका तेल नलगाउने तर नियमित रुपले नरिवलको शुद्ध तेल भने लगाउने गर्ने ।

४. आफुले प्रयोग गरेको सामाग्री र काँइयो, ब्रस, तकिया आदि अन्य मानिसलाई प्रयोग गर्न नदिने ।

५. रासायनिक स्याम्पुको प्रयोग नगर्ने ।

No comments:

Post a Comment